होलीमा विभिन्न रङले रंगिएर धेरैले रमाइलो गर्नु स्वाभाविकै हो । तर, यसरी विभिन्न केमिकलयुक्त रङहरू बढी खेल्दा त्यसको असर मानव स्वास्थ्यमा पर्न सक्छ । होली खेल्दै गर्दा सो विषयमा त्यति ध्यान दिइँदैन । तर, रङ पखाल्ने क्रममा बेवास्ता गर्दा त्यसले स्किनमा असर पर्न सक्छ । जसले गर्दा एलर्जी हुने, फोका देखिने तथा छाला खुइलिने समस्या पनि हुन सक्छ । त्यसैले होलीको रङ पखाल्दा पनि विशेष ख्याल राख्नुपर्छ । होली खेलिसकेपछि अपनाउनुपर्ने सावधानीका बारेमा

एलर्जी भए लोसन

होलीमा खेलिने विभिन्न रङ केमिकलको मिश्रणबाट बनाइएको हुन्छ । यस्तो केमिकलले कसैलाई खेल्दाखेल्दै वा केही दिनपछि पनि एलर्जी हुन सक्छ । छालामा रङको एलर्जी देखिन थाल्यो भने तत्काल रङ खेल्न बन्द गर्नुपर्छ । रङ राम्रोसँग पखाल्न पनि लोसनको प्रयोग गर्नु राम्रो हुन्छ । लोसनले पनि एलर्जी कम भएन भने छालारोग विशेषज्ञलाई देखाउनुपर्छ ।

रङ पखाल्ने तरिका

होलीमा सामान्य रमाइलो गर्ने विचार गर्दागर्दै पनि कहिलेकाहीँ धेरै नै कलरफुल भइन्छ । जसले गर्दा शरीरमा लागेको कलर सजिलै तरिकाले पखाल्न सकिँदैन । धेरै नै रङ शरीरमा लागेको हुन्छ । त्यसैले होली खेलिसकेपछि मस्चराइजर साबुनसँगै मनतातो पानीमा केही थोपा बेबी आयल राखेर छाला सफा गर्न सकिन्छ । यसरी कलर सफा गर्दा अनुहारलगायत शरीरको छालामा बढी रगट्नु हुँदैन । छालामा अन्य समस्या छ भने बेसन र दूधको प्रयोग गरी रङ हटाउन सकिन्छ ।

रङ पखालेपछि कागती

रङ पखालेपछि या नुहाएपछि पूरै शरीरमा मस्चराइजर प्रयोग गर्नु राम्रो हुन्छ । एलोभेराको तेल या क्रिम लगाउनु पनि फाइदाजनक हुन्छ । अनुहार र शरीरमा हल्का कागती दल्दा राम्रो हुन्छ । छालाका छिद्रमा गडेको रङलाई कागतीले बाहिर निकाल्न मद्दत गर्छ ।