खनार (सुनसरी)/ नेपालकै नयाँ किसिमको बर्डफ्यु सुनसरीको इटहरी क्षेत्रमा भेटिए सँगै प्राविधिक टोलीहरु अहिले आसपासको गाउँमा पुगेका छन ।
खनारमा रहेको पाथीभरा पोल्टी फर्ममा रहेको लेयर्स कुखुरामा नँया प्रकारको बर्डफ्यु भेटिए सँगै प्राविधिक टोलीहरु नमुना संकलको लागी गाउँ छिरेका हुन ।
सुनसरी इटहरी वडा नं. १२ को पाथीभरा पोल्टी फर्ममा पालिएको कुखुरामा नँया प्रकारको बर्डफ्लुको संक्रमण भेटिएपछि आसपासका क्षेत्रमा नमूना संकलन थालिएको छ ।
नेपालमै पहिलोपटक इटहरीकै सन्जय गौतम र भोला अधिकारीले सञ्चालन गरेको फर्ममा पालेका लेयर्स जातका कुखुरामा नँया प्रकारको बर्डफ्लुको संक्रमण भेटिएपछि आसपासका क्षेत्रमा नमूना संकलन थालिएको हो ।
पोल्टी फर्म आसपासको दस किलोमिटर क्षेत्रमा नमूना संकलन थालिएको पूर्वाञ्चल क्षेत्रीय भेटनरी प्रयोगशालका डा. सन्जयकुमार यादवले बताए । पोल्टी फर्म आसपासका क्षेत्रमा नमूना संकलन गर्न सर्भेलेन्स टोली परिचालन गरिएको डाक्टर यादवले बताए ।
गौतम र अधिकारीले पालेको कुखुरामा नँया प्रकारको ‘एच फाइप एन एट’ नामक संक्रमण भेटिएपछि क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला विराटनगर, जिल्ला कृषि पशु सेवा कार्यालय र जिल्ला जनस्वाथ्य कार्यालय इनरुवाको टोलीले प्राविधिक काम गरीरेको पनि यादवको भनाई थियो ।
पाथीभरा पोल्टी फर्ममा बर्डफ्लु भएको पत्ता लागेसँगै त्यस वस्तीमा समेत विशेष निगरानी उपनाईएको प्रयोगशालाका डाक्टर यादवले बताए । विरामी कुखुराको मासु वाहेक स्वच्छ कुखुरा खाए हुन्छ उनले भने ।
केहि दिन यता तालतलैया तथा साविक खनारमा प्राविधिक टोलीले दैनिक खटाईएको जिल्ला पशु सेवा कार्यालय सुनसरीका प्रमुख शिवनारायण महत्तोले बताए। उनले भने तालतलैया ४२ दिनको लागी बन्द गरेका छौ ।
चराचुरुगी भएको ठाउँमा प्रवेशमा रोक लगाएको बताउँदै उनले दैनिक एक जना प्राविधिक खटाईएको बताए । तालतलैया आसपासको क्षेत्रमा केहि कुखुरा विरामी देखिए पछि त्यहाँबाट २० वटा भन्दा बढि नमुना संकलन गरीएको उनको भनाई थियो । सर्वसाधरणहरु पनि सचेत हुनु पर्छ प्रमुख महतोले भने ।
पाथीभरा पोल्टी फर्ममा फागुन ९ गते तीनवटा कुखुरा मरेपछि पशु सेवा कार्यायले नमूना लिएर क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला र केन्द्रीय पशु रोग अन्वेषण प्रयोगशाला परीक्षण गरेपछि बर्डफ्लुको पुष्टी भएपछि संक्रमति कुखुरा नष्ट गरिएको थियो ।
१० किलोमिटर क्षेत्रका आसपासमा विशेष निगरानीमा राखेको छ । तालतलैयाको पालेर राखेको पंक्षीमा वर्डफ्यु लागेर लोपउन्मुख पक्षीहरु समेत मरीसकेका छन ।
विरामी कुखुराको मासु वाहेक अन्य मासु खाए हुन्छ : चिकित्सक