धरान/केन्द्रीय बालकल्याण समितिले छिमेकी देश भारतबाट ३३ बालबालिकाको उद्दार गरेको छ । विशेष सूचनाका आधारमा भारतको विहार राज्यका विभिन्न बालगृहमा रहेका ३३ जना नेपाली बालबालिकाको उद्दार गरिएको केन्द्रीय बालकल्याण समितिका सिर्जना खड्काले जानकारी दिनुभयो । घटनाको पूर्ण विवरणः – केन्द्रीय बालकल्याण समितिलाई भारतको विभिन्न भागहरुमा नेपाली बालबालिका रहेको जानकारी प्राप्त भएको । – सोही आधारमा त्यहाँ रहेका बालबालिकाको यथार्थ विवरण संकलन गरिएको । – बालबालिकासँग गरिएको कुराकानी तथा प्राप्त विवरणका आधारमा सम्बन्धित परिवारको खोजी गर्ने कार्य जारी रहेको । – सोही विवरणका आधारमा पटना स्थित समाज कल्याण विभागलाई उल्लेखित बालबालिका नेपाल फर्काउन सम्बन्धित बालकल्याण समितिहरुलाई निर्देशन दिन यस केन्द्रीय बालकल्याण समितिबाट पत्राचार गरियो । – उक्त पत्राचार पश्चात मुजफ्फरपुर स्थित १६ जना बालबालिकालाई र्फिता गर्नको लागि भारतको पटनास्थित समाज कल्याण निर्देशनालयले निर्देशन दिएको । – सो आधारमा यहि २०७३ साल चैत १ गते केन्द्रीय बालकल्याण समितिको नेतृत्वमा छोराछोरी नेपाल संस्थाका प्रतिनिधि÷कर्मचारीहरु समेत ७ जनाको टोली मुजफ्फरपुर प्रस्थान गरियो । – मिति २०७३ चैत २ गते (१५ मार्च २०१७) मुजफ्फरपुरको बालकल्याण समितिसँग बैठक तथा बालबालिका ल्याउने बारे छलफल गरी पटनास्थित समाज कल्याण निर्देशनालयमा पुगेको । – चैत ३ गते समाज कल्याण निर्देशनालयमा बैठक गरी मुजफ्फरपुरस्थित बाँकी बालबालिकाका निम्ति समेत नेपाल र्फिता गराउने सन्दर्भमा स्विकृति लिइयो । – यस प्रकार समाज कल्याण निर्देशनालय पटनाको स्विकृति लिई देहाय बमोजिमका बालगृहबाट बालबालिकाको उद्दार गरियो । (१) निर्देश बालगृह, मुजफ्फरपुर –१३ बालक (२) सेवा संकल्प बालिका गृह, मुजफ्फरपुर –२ बालिका (३) निर्देश बालगृहबाट मुजफ्फरपुर (बैंगलोरबाट पठाएका) –४ बालक (४) दरभंगा बालगृहबाट – १४ बालक जम्मा –३३ बालबालिका (२ बालिका) उद्दार गरिएका बालबालिकाको जिल्लागत विवरणः (१) सिराहा – ९ जना (२) सर्लाही –४ जना (३) धनुसा –१ जना (४) बारा –२ जना (५) रौतहट –२ जना (६) काठमाडौं –२ जना (७) काभ्रे –१ जना (८) रुकुम –१ जना (९) सिन्धुपाल्चोक –१ जना (१०) डोटी –१ जना (११) महोत्तरी –१ जना (१२) दार्चुला –१ जना (१३) पर्सा –२ जना (१४) नवलपरासी – १ जना (१५) रुपन्देही –१ जना (१६) गुल्मी –१ जना (१७) कञ्चनपुर – १ जना (१८) सप्तरी – १ जना जम्माः ३३ जना कसरी बालबालिका त्यहाँ पुगे ? – खुला सिमाको कारण तराई क्षेत्रका बालबालिका अधिक । – बालमजदुरमा काम लगाउन आफन्तले लगेका अथवा आफन्त भारतमा काम गर्न जाँदा एक्लै हिँडिरहेका बखत पक्राउ परेका । – मिठाई दिई फकाई लगेका/जुत्ता पालिस गर्ने मानिसले लगेको – घरेलु कामदारमा काम गराउन लैजाँदा बीचबाट भागेको – गुम्बाबाट भागेको । – आफै कामको खोजिमा भारत तर्फ लगेका । – पैसा कमाईन्छ भन्ने प्रलोभन देखाई लगिएका । – परिवारबाट हेलचक्रेयाँइ/अभिभावक विहिनलाई नातेदारबाटै लगिएको । समस्याहरुः – परिवारले जानकारी नपाउनु/पहिचान हुन नसक्नु – पटाना (सरकार) बाटै अनुमति लिनुपर्ने । भारतको बालकल्याण समितिले ले बालबालिका जिम्मा लगाउन नसक्ने । – आफन्त वोर्डर वारीपारी दुबैतिर पर्ने हुँदा बालबालिका एक्लै हिँडडुल गर्दा बीचमै पक्राउ पर्ने । भारतकै बालबालिकालाई पनि समस्या छ । – नेपाल सरकार र भारतका सम्बन्धित निकायको समन्वयको कमी – NGO को तहबाट मात्रै प्रयास हुँदा र्फिर्ती प्रक्रियामा दिगोपन नभएको । कहिले कुन NGO मा/कहिले कुन जाँदा विश्वसनियता नहुने । सरकारी पहल हुनुपर्ने । – कानूनसँग विवादमा रहेका बालबालिकाको समस्या देखिएको । नेपाली बालबालिका पनि छन् । – दुई महिना अघि सिन्धुलीका एक बालकको बालगृह भित्रै मृत्यु भएको ।