इटहरी/ एक दश अघिसम्म उनी विराटनगरको एक पोल्ट्री फर्ममा काम गर्थे । तलबको भरमा परिवार चलाउन गाह्रो हुन थाले पछि आँट गरेर उनले आफैं व्यवसाय शूरु गरे ।
बैंकबाट पाँच लाख रुपैयाँ ऋण काडेर इटहरी–२ मा कुखुरा पालन शूरु गरेका शंकर अधिकारीले परिवार मात्रै चलाएका छैनन् । फर्म भएका ठाउँमा चार कठ्ठा जग्गा समेत जोडी सके । शंकर अधिकारी श्रीमति तुलास, छोरा उत्सव र बुहारी प्रतिमा पनि कुखुरा व्यवसायमै लागि परेका छन् ।
सात वर्ष अघि बोइलर कुखुरा उत्पादन गर्न थालेका अधिकारीले लेयर्स, गिरीराजसँगै अहिले चल्ला उत्पादन गराउने काम गर्छन् । मासिक २० हजार चल्ला उत्पादन गर्ने क्षमताको ह्याच मेसिन भारतबाट खरिद गरेसँगै उनले आम्दामी बढाए ।
‘क्षमता २० क्षमताको मेसिन छ’ उनले भने ‘तर अहिले अहिले १५–१६ हजार चल्ला उत्पादन भइरहेका छन् । परिवारका चार जना सँगै खट्ने गरेको र वार्षिक २०–२५ लाख आम्दामी हुने गरेको उनले सुनाए ।
केही समय अघि उनले विभिन्न पत्रपत्रिकामा पक्षी बट्टाईको व्यवसायिक उत्पादन गरेको समाचार पढे । त्यस पछि अहिले उनले बट्टाईको खोजी गरी त्यसको पनि चल्ला उत्पादन शूरु गरेका छन् । ‘बट्टाईको मासुको माग बढ्दो छ’ उनले भने ‘ प्रेसर, सुगर, मुटुका रोगीले पनि खान मिल्ने रहेछ ।’
बट्टाईका मासु भन्दा पनि चल्ला बढी विक्री हुने गरेको उनले बताए । दुई खोर कुखुरा पालेर चल्ला उत्पादन गर्न उनको मुख्य पेशा हो । त्यसा उनले बट्टाई थप गरेका हुन् । मासु पनि विक्री हुने चल्ला पनि विक्री हुने भएका कारण उनलाई बट्टाईको बजार खाँचो छैन ।
दुइ लट बट्टाईका चल्ला उत्पादन शूरु गरी सकेको उनले बताए । अहिले उनको कुखुरा फर्ममा १५ सय जति कुखुरा छन् । मासिक चल्ला १५ र १६ हजार चल्ला उत्पादन गर्छन् ।
उनले उत्पादन गरेका चल्ला झापादेखि सिन्धुलीसम्म निर्यात हुन्छ । मासिक तीन लाख रुपैयाँजति चल्लाको खोराकीमै खर्च हुन्छ । चल्ला नकाडीने अण्डा विक्री गर्ने गरेको उनले बताए ।