[caption id="attachment_36359" align="alignleft" width="531"]
क्याडेट टेवलटेनिस खेलाडि दिक्षा दाहाल[/caption]
धरान/धरान–१० महेन्द्र क्याम्पस हातामा रहेको क्यान्टिनमा सदैव व्यस्त हुने दिक्षाकी आमा सविता दाहाललाई छोरी के गर्दैछिन् भनेर हेर्ने फुर्सदै थिएन । दैनिक क्यान्टिनमा घोटिने उनले छोरीको प्रगति तव थाहा पाइन्, जव छोरीले राष्ट्रिय अन्तर्राष्टिय मेडलहरु जितिन् । त्यसपछि मात्रै छोरीको प्रगतिप्रति उनलाई विश्वास जागेको छ । अहिले छोरीले खेलहरु खेलोस् र अझै प्रगति गरोस् भन्ने उनलाई लाग्न थालेको छ ।
धरान–१० कलेज रोडको कभर्ड हलमा सधै टेवलटेनिस खेलेको देख्दा उनलाई पनि उत्सुकता हुन्थ्यो । समकक्षीहरुले व्याड नचाएको देख्दा उनमा पनि खेल्ने इच्छा जाग्थ्यो । र, त्यही रहरले उनलाई पनि टेनिस कोर्टसम्म पु¥यायो । आज त्यही कोर्टले उनलाई राष्ट्रियअन्तर्राष्ट्रिय खेलाडीको रुपमा परिचित गराउदै छ ।
जव उनी ९ वर्ष पुगिन् । पहिलो पटक उनले ब्याड समाउन सिकिन् । प्रशिक्षक विनोद शाक्यले उनलाई ब्याड समाउने ज्ञान मात्रै दिएनन् । खेलका कौशल बारे ज्ञान दिए । शाक्यको साथ पाएपछि प्रगतिपथमा लम्किन थालेकी उनले अहिले पछाडी फर्केर हेर्नु परकेो छैन् ।
कक्षा ४ मा पढ्दै गर्दा ब्याड समाउन पुगेकी उनले छोटो समयमै सोचेभन्दा धेरै प्रगति गरिन् । उनको सफलताको लिष्ट निकै लामो छ । २०७० सालमा सम्पन्न पुर्वाञ्चल क्षेत्रीय टेवुल टेनिस प्रतियोगिता, पुर्वाञ्चल स्तरीय अन्तरविद्यालय तथा कलेज टेवलटेनिस प्रतियोगितामा उनी प्रथम बनिन् । २०७३ सालमा सम्पन्न राष्ट्रव्यापी विद्यालय स्तरीय खुल्ला टेवलटेनिस प्रतियोगितामा प्रथम बन्दै
धरानको गौरव बनिन ।
सामुदायिक स्कुल पंचायत माविमा अध्ययरत उनी यसपटक एसईईको परीक्षा दिइरहेकी छन् । परीक्षाको उनलाई जति चिन्ता छ । त्यो भन्दा पनि बढी चिन्ता श्रीलंकामा हुन लागेको क्याडेट टेवलटेनिस प्रतियोगिताको छ । परीक्षा सकिने बित्तिकै त्यसका लागि तयारी गर्नुछ उनलाई ।एसईई परीक्षाको कारण पनि खेलभन्दा बढी पढाईमा केन्द्रीत हुन उनलाई परिवारले दवाव दिने गरेको छ । परीक्षाप्रति उनको लगाव उस्तै छ । र,खेललाई पनि उनी त्याग्न सक्दिनन् । ‘खेलले गर्दा केटाकेटीको पढाई बिग्रिन्छ भन्ने अभिभावकहरुले सोच्छन् । तर,मलाई चाही खेल पढाईको सहयोगीबनिरहेको छ ।’ उनी भन्छिन् ।
जिल्ला स्तरमा मात्रै हैन, अञ्चल स्तरीय, र राष्ट्रिय प्रतियोगितामै पनि उनी अब्बलछिन् । दर्जनौं मेडलहरु ल्याइसकेकी छन् । १४ वर्षीय दिक्षाले पाकिस्तानमा सम्पन्न साउथ एसिएन क्याडेट एण्ड जनियर टेवुलटेनिस च्याम्पियन सिपमा पहिलो पटक सिल्भर मेडल ल्याउदै देशको नामसमेत राखिन् ।पढाईमा मात्रै हैन, टेवल टेनिसमा नेपालकै नम्बर वानमा आउन सकु“ ।’ भन्ने सोचाई राख्छिन् उनी ।
प्रशिक्षक शाक्यको नजरमा पनि दिक्षा अब्बल छिन् । भन्छन् ‘उनी यो स्थानमा आउनुमा उनकै लगाव र मेहनतले हो । त्यस्ता प्रतिभाको खेललाई राज्यले सम्मान गर्न जरुरी छ ।’ उनको विचारमा राष्ट्रिय खेलकुद समितीले यस्ता खेलाडीहरुलाई सम्मान मात्रै गर्न सके हौसला मिल्थ्यो । कम्तीमा खेलाडीको न्युनतम आवश्यकता के हो ? त्यो समितिले बुझिदिए नया“ खेलाडीहरुलाई खेलप्रति थप उत्साहजाग्थ्यो ।खेलले शरीरलाई स्वस्थ्य राख्नुका साथै दिमागलाई पनि सन्तुलन बनाउने शाक्य बताउछन् । दैनिक जीवनमा खेल पनि उत्तिकै आवश्यक चिज हो । जसले स्मरण शतिm बढाउने मात्रै नभई समाजमा अपरिहार्य बस्तु झै बनेको प्रशिक्षक शाक्यको तर्क छ। दिक्षा भविश्यमा राम्रो खेलाडी बन्नेमा प्रशिक्षक शाक्य ढुक्क छन् ।