इटहरी/ सफा शहर घोषणा गरिएको इटहरीको मुख्य बजार क्षेत्रमा आजदेखि फोहोर उठाउन बन्द गरिएको छ । फोहोर उठाउने जिम्मा पाएको इन्भारो केयर कन्सर्नले विभिन्न तीन बुँदे माग राख्दै बजार क्षेत्रको फोहोर उठाउन बन्द गरेको हो ।
राखिएका मागपुरा नभए एक सता पछि इटहरीका अन्य वार्डको समेत फोहोर नउठाउने इन्भारो केयर कन्सर्नका कृष्ण भट्टरार्इले बताए ।
फोहोर फ्याक्ने ठाउँ नहुँदा फोहोरबाट निस्कने कवाडीबाट आम्दामी गर्न नसिकीएको र कम्पोष्ट मल बनाउन नपाएको कारण सो बापतको क्षतिपुर्ति इटहरी उपमहानगरपालिकाले दिनु पर्ने इन्भारोको माग छ ।
दावी गरिएको रकम कवाडीबाट हुनु पर्ने आम्दामी एक करोड ७४ लाख ७२ हजार रुपैयाँ प्राङ्गारिक मल विक्रीबाट आउने ६ करोड २४ लाख रुपैयाँ छ । यो रकम २०७३ असार मसान्त सम्मको हो ।
आज (बुधबार) इन्भारोले पत्रकार सम्मेलन गरी आर्थिक क्षतिको कुरा उपमहानगरपालिका, यहाँका राजनीतिक दलसँग पटक पटक राखिए पनि बेवास्ता गरिएको कारण बाध्य भएर फोहोर उठाउन बन्द गर्नु परेको सम्पनीका कृष्ण सापकोटाले बताए ।
यसै गरी सेवाग्राहीबाट ६० रुपैयाँ उठाउँदै आएकोमा तत्कालिन कार्यकारी अधिकृत पशुपति खतिवडाको पालामा ४० रुपैयाँमा झारिएको र बीचको रकम उपमहानगरपालिकाले दिनु पर्ने पनि कम्पनीको माग छ ।
फाहोर व्यवस्थापनको लागि उपमहानगरपालिकाले मासिक ५ लाख ९० हजार उपलक्ध गराउने सम्झौता छ। २०७० सालमा गरिएको सम्झौता ५ वर्षका लागि हो ।
अहिले इटहरी उपमहानगरपालिकाले साविक खनारमा डम्पिङ साइड निर्माण गर्दै छ । वायो ग्याँस सहितको डम्पिङ साइडका लागि उपमहानगरपालिको नयाँ डेण्डर आह्वान गरि सकेको छ । फोहोर फाल्ने ठाउँ अभाव हुँदा हाल चारकोशे जंगलमा फोहोर फ्याकिदै आएको आएको इन्भारो कन्सर्नका अध्यक्ष मानध्वज मोक्तानले बताए ।
इटहरीमा ०५८ सालमा जनसंख्या ४१ हजार दुई सय १० जन संख्या रहेको नगरमा अहिले एकलाख नाघी सकेको छ । फोहरमैला व्यवस्थापन ऐन ०६८ ले फोहरलाई घरमा नै कम्तीमा कुहिने र नकुहिने छुट्याउनुपर्ने, नगरपालिकाको तोकेको ठाउँ र समयमा फाल्नुपर्ने व्यवस्था गरेको छ । तर, त्यो नियम नगरवासीले पालना गरेको अवस्था छैन ।