विजयपुर/सरकारले सुर्तीजन्य पदार्थको प्रयोग तथा नियन्त्रण समन्धि एैन कार्यन्यनमा ल्याएको ७ बर्ष भयो तर यसको कार्यन्यनमा पक्ष भने फितलो भएको छ ।
ऐन कार्यन्वयनको हल्ला मात्र भयो कार्यन्वयन भएन जसका कारण सार्बजनिक स्थानमा सुर्तीजन्य पदार्थको प्रयोग र बिक्रि बढ्दो क्रममा छ ।ऐनमा सुर्तीजन्य पदार्थ बिद्यालय कलेज, छात्रबास, अस्पताल छेउछाउमा बेच्न पाइदैन भने र्साजनिक स्थानमा प्रयोग गर्नु दण्डनिय हो भनेर भनिएको छ ।
तर यसको कार्यन्यन तथा अनुगमन गर्ने निकायकोे निश्कृयताको कारण अहिले हरेक बिद्यालय कलेज तथा अस्पताल छेउमा चुरोट,खैनी ,रजनीगन्धा तथा गुड्खाहरुको बिकी्र बढेको ब्यापरिहरु बताउछन् भने प्रयोगकर्ताहरुले यसलाई फेसनका रुपमा प्रयोग गर्न थालेका छन् ।। त्यति मात्र हैन बिद्यालय तथा कलेज छेउमा हुक्का हाउस नै खुल्न थालेका छन तर यसको अनुगमन अहिले सम्म भएको छैन ।
धरान १० स्थित सब्जि बण्डिका होटल सञ्चलक सुन्दर गुप्ता भन्छन् चुरोट र पान पराग खाने बिद्यार्थी नै बढि छन् । केटा मात्र हैन केटि पनि ड्रेसमा नै चुरोट खान आउछन् उनले सुनाए । अहिले उनिहरुले हुक्का पनि माग्न थालेकाले आफुले राख्ने सोच बनाएको सुनाए ।
त्यसो त अहिले धरानका अधिकाशं होटल तथा सामान्य किराना पसलमा हुक्का बेच्ने गरेको पाइन्छ । ति सबै का लक्षित ग्राहक भनेको स्कुल कलेज पढ्ने बिद्यार्थी नै हुन । यसरि सुर्तिजन्य बस्तु बेच्ने कतिपय पसलहरु दार्ता समेत भएका छैनन् ।
अनुगमन गर्ने निकाय धरान उपमहानगरपालीका तथा आन्तरिक राजश्व कार्यलय तथा जिल्ला प्रशासन कार्यलय सुनसरिले भने यस बिषयमा कुनै कारबाहि गरेको पाइएको छैन ।
लागु औषध नियन्त्रणको क्षेत्रमा लामो समय देखि कृयाशिल किरात याक्थुङ चुम्लुङ पुर्नजिबन केन्द्रका कार्यक्रम निर्देशक कमल तिगेला ऐन कार्यन्यनका लागि प्रसाशनले कृयाशिलता देखाउनु पर्ने बताउछन् ।कानुन बनाएरमात्र हुदैन कार्यन्यनमा पनि जानु पर्छ उनले भने यदि प्रसाशनले कार्यन्यन गर्ने हो भने नागरिक स्तरबाट पनि सहयोग मिल्छ ।
सुर्तीजन्य पदार्थ भनेको लागु औषध नै हो यसले पनि स्वास्थ्यलाई हानी गर्छ यदि यसको प्रयोगमा नियन्त्रण गरिएन भने यसका प्रयोगकर्ताहरु प्रतिबन्धित लागुऔषध प्रयोग गर्न थाल्छन् पछि गएर यो नै ठुलो समस्या बन्छ तिगेलाले भने ।
आफ्ना अभिभाबकको आँखा छलेर चुरोट,खैनि,मधु,गुड्खा,जाँड ,रक्सि तथा हुक्का प्रयोग गर्नेहरुको संख्या पनि ठुलो छ भने अभिभाबकको अगाडि नै सेवन गर्नेहरु पनि कम छैनन् ।
सुर्ति तथा रक्सि जन्य पदार्थ को खुलम्खुल्ला बिक्री गर्न कसैले नरोके पछि बालबालिका,किशोर किशोरी तथा युवायुबतीहरु यसको पहुचमा सहज हुने भएकाले प्रयोगकर्ताहरु दिन प्रतिदिन बढ्न थालेको लागुऔषध बिरोद्धका अभियानकर्ता प्रबिन राई बताउछन् ।
सरकारले ऐनको कार्यन्वयन गर्नु पर्छ ,अभिभाबकहरुपनि सर्तक रहनु पर्छ उनी सुनाउछन् । लागु औषधको बिजारोपण धुमपान मध्यपानबाटै हुने भन्दै उनले नागरिक समाजले पनि ऐनको कडा कार्यन्यन्वयनमा दबाब दिनुपर्ने उनको भनाइ छ ।
बजारमा यहाँ हुक्का पाइन्छ भनेर साइनबोर्ड नै बनाएर बेच्ने गरेको समेत देख्न पाइन्छ । कानुनतःयसो गर्न नपाउने ब्यबसथा छ । आन्तरिक राजश्व कार्यलय धरानका प्रमुख धर्मेन्द्रकुमार बिष्टले सुर्तीजन्य पदार्थको प्रयोग तथा नियन्त्रण समन्धि एैन कार्यन्यन तथा अनुगमन गर्ने निकाय जिल्ला प्रशासन कार्यलय भएको जनाए ।
हामिले राजश्व छलि गरे नगरेको तथा दर्ता भए नभएको मात्र हेर्ने हो तर कारबहि गर्ने अधिकार जिल्ला प्रशासन कार्यलयलाई मात्र छ बिष्टले प्रस्ट्याए । उनका अनुसार सार्बजनिक स्थानहरु( ऐनमा ब्यबस्था भए अनुसार)मा धुमपान गर्नु दण्डनिय हो ।
मदिरा बेच्न पनि छुट्टै लाइसेन्स लिनु पर्ने कानुनी ब्यबस्था गरिएको छ यदि कसैले लाइसेन्स नलिकन बिक्रि बितरण गरेको पाइए हामि हाम्रो कारबाहिको दायरामा ल्याछौ बिष्टले भने थप कारबाहि जिल्ला प्रशासन कार्यलयबाट हुन्छ ।
धरान स्थित बिपि कोइराला स्वास्थ्य बिभाग प्रतिष्ठानका डा. रबिन भण्डारि नेपालमा ९० प्रतिसत क्यानसर धुमपानबाट हुने गरेको बताउछन् । बेलैमा यसको प्रयोग नियन्त्रणका लािग पहल थालिनु पर्छ उनले भने रोग को बिउलाई खुल्ला छाड्नु राम्रो हैन । अहिले पुर्बका धनकुटा र इलामको सदरमुकामलाई सार्बजनिक स्थानमा धुमपान निषेधित गरिएको छ । स्थानिय नागरिकहरुको अगुवाइमा अभियान चलाइएको हो