धरान/घाटा माथि घाटा थोपरिदै गएमा कृषकले के गर्ला ? धेरैको अड्कल हुन्छ, कृषिमा विरक्तिएर अन्यत्र पलायन हुन्छन् । तर, धरान–१५ की लाखमाया याक्खा (लिम्बू) को हकमा अली मेल खादैन । उनको टाउकोमा घाटाको चुली भइसक्दा पनि उनी पेशामा उत्तिकै दत्तचित्त छिन् । संखुवासभाबाट धरान झर्दा लाखमायाका लाख सपना थिए । छोराछोरी हुर्काउने जिम्मा मात्रै थिएन् । श्रीमानको गतिलो साथ नपाउँदा एक्लो हिम्मतले छोराछोरी र परिवार चलाइन । केही वर्ष धरानको भानुचौकमा सानोतिनो होटलसमेत सञ्चालन गरिन् । त्यही होटलबाटै छोराछोरी पढाउनेसँगै घरको गर्जो टार्थिन् । एक्लो ज्यानले होटल थाम्न नसकेपछि धरान–१५ बगरकोटमा आएर कुखुरामा हात हालेकी थिइन् । तर, कुखुरामा पनि टाउको उठाउन नसक्ने गरी ऋण परेपछि त्यसलाई छाडेर बंगुरमा हात हालिन् । त्यसमा पनि घाटा बेहोरिन् । बरु व्यवसाय परिवर्तन गरिन । तर, हिम्मत हारिनन् । एउटाबाट घाटा भयो, अर्कोमा, अर्कोबाट घाटा भए अर्को गर्दै अहिले बाख्रापालन र गाईपालनमा आएर अड्किएकी छन् । ११ वर्ष अघि बोइलर कुखुराबाट कृषिमा प्रवेश गर्दा लाखमायाले रेडियोमा सुनकै भरमा व्यवसाय थालेकी थिइन् । अक्षर खुट्याउन नसक्ने भए पनि सुनेकै भरमा गरेकी उनले मुनाफा त के साँवा नै गुमाइन् । पुनः टिभीमा बंगुर पालन बारे देखिन्, रेडियोमा सुनिन् त्यसपछि फेरी बंगुरको फर्मको लागि लगानी गरिन् । तालिम लिइन । त्यसका लागि विभिन्न ठाउँको बंगुर फार्महरु हेरिन् । एक्लो प्रयासबाट थालेको बंगुरले केही समय राहत त दियो । तर, बंगुरको व्यवसाय खस्केसँगै उनको व्यवसाय पनि चौपट भयो । मासुका लागि बंगुर पालेकी थिइन् । तर, एकाएक खस्किए पछि उनको सपना पनि उसैगरी खस्किए ।
अन्य व्यवसायबाट ऋणमा चुर्लुम्मै डुवेकी कारणले पनि उनलाई व्यवसाय बढाउ कि नबढाउ भन्ने दोधार घरीघरी हुने गर्दो रहेछ । भन्छिन्, ‘५० पुगिसके, सक्छु सक्दिन्, छोराले गर्ने आँट गरो भने गाईमा हात हाल्छु ।’
फेरि मासुको बंगुर छाडेर माउ बंगुरमा हात हालिन् । त्यसमा पनि उस्तै गरी व्यापार खस्कियो । बंगुरको बच्चाको मूल्य घटेसँगै कमाउने आशा नै सकियो । त्यसपछि माउहरु पनि घटाइन् । अहिले उनले दुईवटा माउ मात्रै पालेकी छन् । उनको लगाव गाईतिर बढेको छ । गाईमा राम्रै आम्दानी देखेकी छन् । कुखुरा, बंगुरबाट झण्डै १० लाख माथि ऋणमा डुबेकी उनी गाईबाट उकासिने सोचमा छिन् । ‘गाईमा चाही अरुमा भन्दा हुने नै रै’छ ।’ उनले लामो स्वास फेर्दै भनिन्, ‘कुखुरा र बंगुरले चुर्लुम्मै डुवाको थियो ।’ प्राविधिक जानकारी बिना खोलेकै कारण कुखुरा र बंगुर व्यवसाय डुबेको हुन सक्ने उनी अहिले अनुमान लगाछिन् । भन्छिन्, ‘केही जानकारी थिएन । सुनेकै भरमा गरेको अनी कहाँबाट हुन्छ ?’ अहिले दुईवटा गाई दुहुना छन् । त्यसबाट झण्डै १५ देखि २० लिटर दुध उत्पादन गर्छिन् । बजारमा पु¥याउँछिन् । उनको लागि कान्छो छोरा सहयोगी बनेका छन् । गाईमा राम्रो हुने देखेपछि हालको धरान–४ पत्रङबारीमा भएको अढाई कठ्ठा जमिनमा गाई पालन गर्ने योजना बनाइरहेकी छन् । ‘छोरा कोरियादेखि आउँदै छ । आएपछि त्यहाँ १० माउ जति गाई पालुकी भन्दै छु ।’ उनी भन्छिन् । अन्य व्यवसायबाट ऋणमा चुर्लुम्मै डुवेकी कारणले पनि उनलाई व्यवसाय बढाउ कि नबढाउ भन्ने दोधार घरीघरी हुने गर्दो रहेछ । भन्छिन्, ‘५० पुगिसके, सक्छु सक्दिन्, छोराले गर्ने आँट गरो भने गाईमा हात हाल्छु ।’ गाईको दुध बेचेर अहिले मासिक ३५ हजारको हाराहारीमा अँम्दानी गर्छिन् । त्यसमध्ये आधा गाईको दानापानीमा खर्च हुन्छ । आधा बचाउछिन् । ‘दैनिक गर्जो चल्दो रहेछ । दुध, दही, घिउहरु खानको लागि कतै खोज्न नर्पने ।’ उनी भन्छिन् । एकपछि अर्को व्यवसाय डुबे पनि उनको हिम्मत भने डुबेको रहेनछ । त्यही भएर पनि अहिले उनी हिम्मत लिएर गाई थप्ने योजना रहेको सुनाउछिन् । गाई स्याहार्दै लाखमाया याक्खा लिम्बू । तस्बिरः ब्लाष्ट/भोजराज श्रेष्ठ