इनरुवा / आफ्नी छोरीले पतिबाट अंश प्राप्ति र छोडपत्र गरीपाउँ भन्दै दिएको मुद्दामा नौ महिना बित्दा पनि कुनै प्रतिक्रिया नआएको भन्दै धरानकी शर्मिला श्रेष्ठले जिल्ला न्यायाधीशसामु प्रश्न गरिन्, ‘मुद्दाको फैसला किन ढिलो हुन्छ श्रीमान् !’ श्रेष्ठ जस्ता धेरै सेवाग्राही सोमबार जिल्ला अदालत सुनसरीमा न्यायाधीशसामु आप्mनो दुखेसो र गुनासो पोख्दैथिए ।
नागरिकहरु अन्यायमा बस्न नपरोस् तथा अदालत र सेवाग्राहीबीचको सम्बन्ध सुमधुर रहोस् भन्दै जिल्ला अदालतले आयोजना गरेको न्यायाधीश तथा सेवाग्राही साक्षात्कार कार्यक्रममा सेवाग्राहीहरुले अदालतबारे खुलेर गुनासो गरी प्रश्न सोथे । अरु बेला वकीलको निर्देशनमा चल्ने सेवाग्राहीहरु आपूmहरुलाई वकीलले दिएको दुःखदेखि मुद्दा फैसलामा ढिलासुस्ती भएको भन्दै दुखेसो पोख्दैथिए । सेवाग्राही जतु खाले बाबुसँग अंश पाउँ भन्दै वर्ष दिनअघि हालेको मुद्दामा किन ढिलाइ भयो भन्दै प्रश्न गरे । यस्तै इटहरीका निश्चल पोखरेलले आफ्नो जग्गा मिचेको मुद्दामा सुनुवाई ढिलो भएको गुनासो गरे । उनले तामेली लिएर जानेले त्यो वकीलमार्फत् काम गरे मुद्दा जितिन्छ भन्ने गरेको समेत सुनाए । ‘श्रीमान् ! अदालत भन्नेबित्तिकै डर लाग्छ, मुद्दा कसरी लड्ने ?’, उनको प्रश्न थियो । अदालतकै कर्मचारीले समेत डर देखाउने गरेको उनको गुनासो थियो । ‘सामान्यतया मानिसहरु अदालतमा आएर आफूलाई परेको अन्याय सार्वजनिक गर्न सक्दैनन्’, पोखरेलले भने । भोक्राहका शिवलाल महतोले सुनसरी अदालतमा एक वर्षअघि लेनदेनको मुद्दा हालेको भएपनि अहिलेसम्म पैmसला नभएको गुनासो गरे । यस्तै समिमकुमार मेहताले प्रश्न गरे, ‘बुबाको मृत्युपश्चात् आमाले अर्कोसँग बिहे गर्नुभयो, मैले अंश मुद्दा हालेको २ वर्ष बित्यो, न्याय कहिले पाउने श्रीमान् ?’ आमा अर्कोसँग गएपछि घरको सम्पत्तिसमेत लगेकोले अदालतमा अंश मुद्दा हालेको उनले बताए । कार्यक्रममा उनी चौधरीले पनि अदालतको फैसला ढिलो आउँदा समस्या भएको बताइन् । मानसिक डर, कठिन कानुनी प्रक्रिया र न्यायाधीशसँगको लामो दूरीका कारण मानिसहरु सकेसम्म अदालत नै जान नपरे हुन्थ्यो भन्ने कामना गर्दछन् । प्रत्येक महिना अदालतका मुख्य न्यायाधीशसहित टोलीले सेवाग्राहीलाई परेको समस्या, कठिनाइ कुरा सुन्ने गरेको सुनसरी जिल्ला अदालतका मुख्य न्यायाधीश अर्जुन कोइरालाले बताए । अदालतमा सेवा लिन आउँदा पाएको असहजता, त्यहाँ वकीलहरुले गर्ने व्यवहार, मुद्दाको सुनुवाई लगायतका विषयमा कुरा राख्न सकिने उनले भने । न्यायाधीश कोइरालाले सेवाग्राहीहरुलाई अदालतका कुनै कर्मचारीले दःुख दिए वा दुःख दिने उद्देश्यले नियतवश कुनै कार्य गरे तुरुन्त उजुरी गर्न आग्रह गरे । पछिल्लो समय मुद्दाको सङ्ख्या समेत हवात्तै बढेको भन्दै महिला हिंसाविरुद्धको मुद्दा अदालतमा बढ्दो रहेको उनले जनाए । चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा साढे ४ हजार मुद्दा जिल्ला अदालतमा परेको छ । अदालतले गाउँगाउँमा गएर समेत अदालतको बारेमा जानकारी गराउने जनाएको छ । यसरी गुनासो आएको मुद्दालाई प्राथमिकतामा राख्ने जिल्ला अदालतले जनाएको छ ।