इलाम / सरकारले लागू गरेका् पहिलो चरणको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम गत चैत २५ बाट कैलालीबाट सुरु भएको एक पूरा भएको छ । इलाम र बाग्लुङ्ग जिल्लामा २०७३ असार १५ गते दर्ता शुरु गरिएको थियो जसमा सोही समयमा दर्ता गर्ने सेवाग्राहीहरुले भदौ १ बाट सेवा पाएका थिए । इलाम,कैलाली र वाग्लुङ्गमध्ये हालसम्म सबैभन्दा बढी स्वास्थ्य बीमा गराउनेको संख्या इलाम जिल्लामा रहेको तथ्याङ्कमा उल्लेख छ । सुरुका तीन जिल्लामध्ये इलाम जिल्लामा नौ हजार आठ सय २८ जनाले स्वास्थ्य बीमा गरिसकेका छन् । त्यस्तै कैलालीमा नौ हजार दुई सय ७२ रहेको छ भने वाग्लुङ्गमा सात हजार दुई सय २२ जनाले स्वास्थ्य बीमा गरिसकेका छन् । यस्तै सरकारले तीन जिल्लाबाट सुरु गरेको सामाजिक स्वास्थ्य बीमा कार्यक्रम हालसम्म सुरुका तीन जिल्ला सहित बैतडी,आछम,म्याग्दी,पाल्पा र कास्की जिल्लामा कार्यक्रम सुरु भईसकेको छ । यसपछिका १० जिल्लामा भने स्थानीय निकायको निर्वाचन पश्चात कार्यक्रम सुरु हुनेछ । सरकारले ७५ वटै जिल्लामा तीन वषर््ा भित्रमा सामाजिक स्वास्थ्य बीमा पुर्याउने उद्येश्य राखेर तीन जिल्लाबाट कार्यक्रम सुरु गरेको थियो । स्वास्थ्य बीमा सेवा बिगत लामो समयको प्रयास पश्चात सुरु भएको सामााजिक स्वास्थ्य सुरक्षा कार्यक्रम २०७२ चैत्र २५गतेदेखि कैलाली जिल्लाबाट दर्ता प्रकृया शुरु भई २०७३ जेष्ठ १ गतेबाट स्वास्थ्य बीमा सेवा प्रदान शुरु भएको थियो । नेपाली जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सरल, सहज तथा प्रभावकारी रुपमा प्रदान गर्ने उद्देश्यले ग्रामीण ,पीछडिएका क्षेत्रमा रहेका नेपालीलाई स्वास्थ्य सेवामा सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम सुरुवात भएको हो । आर्थिक अभावका कारण कुनै पनि नेपालीले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । बीमा कार्यक्रममा सदस्य हुन पाँच जनासम्मको परिवारले बार्षिक २५ सय रुपैयाँ प्रिमियम बुझाउने परिवारका सदस्यहरुलाई ५० हजार रुपैंयासम्मको सेवा सुविधा तोकिएको छ । जसमा बीमा गर्नेले तोकिएको स्वास्थ्य संस्था र अस्पतालबाट सेवा सुविधा पाउने छन् । त्यस्तै पाँचभन्दा बढी सदस्य भएमा प्रति व्यक्ति चार सय २५ का दरले थप गर्दै जानुपर्ने छ । जसको अधिकतम् सुविधा एक लाखभन्दा बढी हुने छैन । उक्त सेवा एक वर्षमा पुन ः योगदान रकम बुझाई नविकरण गर्नु पर्नेछ । इलाम जिल्लामा सेवा प्रदान गर्ने चार वटा प्राथमिक स्वास्थ्य केन्द्रहरु पशुपतिनगर, फिक्कल, मंगलबारे र प्याङ्ग रहेका छन् । तोकिएको सबै प्राथमिक स्वास्थ्य केन्द्रमा डाक्टरहरुको समस्या नभएकाले ग्रामिण क्षेत्रका जनताले सोही क्षेत्रबाट स्वास्थ्य सेवा लिईरहेको पत्रकार भेटघाट कार्यक्रमका प्रबन्धक हार्दिक सापकोटाले जानकारी दिए ।

इलाम जिल्लामा असार १५ बाट पुस मसान्त सम्म बीमा गराउनेको दुई हजार एक सय ८५ परिवारका संख्या बीमा गराउने कुल संख्या नौ हजार आठ सय २८ सदस्यहरुले स्वास्थ्य बीमा गराइसकेका छन् । जिल्लाको माईजोगमाई गाउँपालिका ६ साबिकको प्याङ्ग गाविसमा चार सय ६९ जनाले स्वास्थ्य बीमा गरेका छन् त्यस्तै साविकको बरबोटे गाविसमा तीन सय ४३ जनाले बीमा गराएका छन् । यस्तै सूर्योदय नगरपालिका,इलाम नगरपालिसबैभन्दा धेरै स्वास्थ्य बीमा गराएका छन् । इलाम जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएतापनि सात वटा गाविसहरुमा दर्तासहयोगीको अभावले गर्दा दर्ता गर्न सकिएको छैन स्थानीय निकायको संरचना अनुसार नयाँ निर्णय हुन नसकेकाले काम गर्न कठिनाई भएको प्रबन्धक हार्दिक सापकोटाले बताए । सुरुमा स्वास्थ्य बीमा कार्यक्रम मार्फत तोकिएका अस्पतालहरुबाट एक सय ६८ प्रकारका औषधिबाट सेवा सुरु गरिएकोमा स्वास्थ्य बीमितको समस्या र मागका कारण हाल बढाएर पाँच सय ३० प्रकारका औषधिहरु स्वास्थ्य बीमाले समेटेको छ । त्यस्तै सुरुमा औषधि लिदाँ १५ प्रतिशत स्वभुक्तानी गर्नुपर्नेमा हाल स्वास्थ्य बीमा प्याकेज मार्फत नै उपलब्ध गराउन थालिएको सापकोटाले बताए ।