गर्मी बढेसँगै कीटजन्य रोगको संक्रमण फैलिने सम्भावना पनि उत्तिकै बढ्छ। लामखुट्टे, भुसुना जस्ता परजीवीको टोकाइबाट हुने संक्रमणले गर्मीको मौसममा धेरै सताउने गर्छ। लिस्मेनिया परजीवीको संक्रमणबाट तीन प्रकारका रोग उत्पन्न हुन्छन्।

१) क्युटेनिएस लिस्मेनियासिसः जसले छालामा असर गर्छ।

२) म्युको–क्युटेनिएसस् जसले मुख, नाक, घाँटीको आवरण अर्थात् म्युकस मेम्ब्रेनमा असर गर्छ।

३) भिसरल लिस्मेनियासिसस् जसलाई 'कालाजार' भनिन्छ। यसले कलेजो, स्प्लिन जस्ता शरीरका भित्री अंगमा असर गर्छ। कालाजारले शरीरको प्रतिरोधात्मक शक्ति घटाउँछ। उपचार नगरेको खण्डमा यो रोगले मान्छेको ज्यानै लिन्छ।

अस्ट्रेलिया र अन्टार्कटिकाबाहेक नेपाल लगायत संसारभरि यो रोग पाइन्छ। तथापि यो रोगका ९० प्रतिशतभन्दा बढी बिरामी भारत, बंगलादेश, इथियोपिया, ब्राजिल र सुडानमा भेटिन्छन्। यो रोगबाट प्रयःजसो गरिब, अशिक्षित, कुपोषित, प्रतिरोधात्मक शक्ति कमजोर भएका मानिसहरु पीडित हुन्छन्।

कसरी सर्छ कालाजार:

यो रोगको कारक परजीवी लिस्मेनिया पोथी भुसुनाको टोकाइबाट कालाजार मानिसमा सर्छ। प्रायस् गर्मीयाममा साँझपख र राति भुसुनाहरु बढी सक्रिय हुन्छन्। लिस्मेनिया परजीवी कुकुरमा पनि पाइन्छ। संक्रमित कुकुरलाई टोकेका भुसुनाले मान्छेलाई टोक्दा पनि यो रोग सर्न सक्छ। संक्रमित रगत ट्रान्स्फ्युज गर्दा वा एउटै सिरिन्ज रोगी तथा अन्य मानिसलाई प्रयोग गर्दा यो रोग सर्छ।

रोगका लक्षण

भुसुनाले टोकेपछि यो रोगका लक्षणहरु देखिन २–८ महिना लाग्छ।

दुब्लाउनु, कमजोर हुनु, खोकी लाग्नु, महिनौँ ज्वरो आउनु, जिउको रङ कालो हुँदै जानु, छाला खस्रो हुनु, रक्त अल्पता, राति पसिना आउनु, पेट फुल्नु, कलेजो तथा स्प्लिनको आकार बढ्नु, रगत बग्नु आदि कालाजार रोगका लक्षणहरु हुन्।

निदानः रगतको जाँच तथा हाडभित्रको मासी जाँच गरेर यो रोगको निदान गरिन्छ।

उपचारस् कालाजार उपचारबाट निको हुने रोग हो। एम्फोटेरेसिन बि, सोडिएम स्टिबोग्लुकोनेट, मिल्टेफोसिन आदि कालाजार विरुद्ध प्रयोग गरिने औषधि हुन्।

बच्ने उपाय

कालाजार विरुद्ध अहिलेसम्म खोप उपलब्ध छैन। 'भुसुनाको टोकाइबाट बच्नु नै रोगबाट बच्ने एक मात्र उपाय हो।' यसबाट बच्न निम्न उपाय अपनाउन सकिन्छः

लामो बाहुला भएको कमिज, लामो पेन्ट र मोजा लगाउने।

भुसुना भगाउने तेल वा क्रिमले शरीरमा मालिस गर्ने।

साँझको बेला घरबाहिर नघुम्ने।

यथासम्भव, माथिल्लो तलामा सुत्ने।

झुल लगाउने। मच्छडभन्दा भुसुना साना हुन्छन् त्ययसैले झुलभित्र घुस्न सक्छन् भन्ने कुरामा ध्यान दिने।

भुसुना नियन्त्रण गर्ने रासायनिक पदार्थ छर्किन स्वास्थ्य निकायलाई जानकारी गराउने।

भुसुना फैलिन नदिन घर तथा घर वरिपरि सरसफाइमा ध्यान दिने।