शरद ३० वर्षे, मध्यम वर्गीय किसान हो । ऊ जहिले पनि बिरामी भएको अनुभव गर्छ । तीन वर्षदेखि ऊ बिरामी छ । उसलाई पेट दुख्छ । पेटमा अप्ठेरो महसुस हुन्छ । टाउको पनि दुख्छ । खानामा अरुची छ । हात खुट्टा झमझम गर्छन् । त्यसो त उसले धेरै डाक्टरसँग सरसल्लाह लिइसक्यो।
रगतसम्बन्धी विभिन्न जाँच, इन्डोस्कोपी, मुटुको जाँच, दिशा पिसाब जाँच गर्दा पनि खासै कुनै खराबी देखिएन । तर उसको रोग बढ्दो छ, निको हुने त कुरै भएन । अहिले उसले लामो समय देखिको पिडाबाट छुट्कारा पाउन थालेको छ।
उसलाई सोमाटोर्फम डिसअर्डर रोग लागेको छ । यो यस्तो रोग हो, जसमा बिरामीले शरीरमा विभिन्न भागमा समस्या देखापर्छ । बिरामीहरु वषौंसम्म अनौंठो लक्षणले ग्रसित हुन्छन् । आफ्नो रोग निको नहुँदा बिरामीहरू धेरै डाक्टरकहाँ भौतारिँदै पुग्छन् साथै बिरामीले आफैं धेरै इन्भेस्टिगेसन जाँच जस्तै एक्सरे, रगतको जाँच, इन्डेस्कोपी आदि पटक पटक गराउँछन्, जसमा कुनै खराबी हुँदैन । बिरामी आफ्नो समस्या समाधान भएको पाउँदैन । कोही बिरामी आफूलाई क्यान्सर भयो भन्ने शंका गर्छन्, कोही एड्स भयो भनेर डर मान्छन्।
यस्ता बिरामीहरु धेरै फिजिसियन तथा सर्जन कहाँ बारम्बार पुग्छन् तर समस्या साइकोलोजिक हुन्छ । कसै–कसैमा वंशाणुगत रुपमा यो रोग भएको पाइन्छ । कसैमा घरयासी तनाव भएको पाइन्छ तर तनाव नभएको मानिसमा पनि यो रोग पाइन्छ । कतिपय टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा निलो भएको, सुन्निएको गुनासो गर्छन तर त्यस्तो भएको पाँइदैन । कोही आफ्नो शरीरको कुनै अंग जस्तै नाक, मुख आदिमा गडबढी भएको वा बिग्रेको शंका गर्छन । कोहि मेरो आन्द्रा कुहिएको छ भनी डाक्टरकहाँ आइपुग्छन् । शरीरमा एकै ठाँउमा दुख्ने होइन, सरीसरी दुख्ने, पेटमा अप्ठ्यारो हुने, नसा झमझम ग¥योे, नशा दुख्ने अनि कोहि क्यान्सर भयो भनि आत्तिने रोगी धेरै छन् । त्यसैगरी घाँटीमा अड्कियो, छाती भड्कियो, छाती दुख्यो र धेरै जसो बिरामी धेरै अंगको लक्षण एकैचोटी देखिने, तालु पोल्यो, पैतला पोल्यो, कान तात्योे भन्ने बिरामी नशाको समस्या वा सौमाटोफर्म डिसअर्डर भनिन्छ । कति मानिसहरु पाठेघरको अपरेशन पछि यस्ता लक्षण लिई आँउछन् ।
लक्षणहरु धेरै लक्षणहरु एकैचोटी देखिने
शरीर तातो महसुस हुने
गुप्ताङ्गमा गडबढी भएको महसुस गर्ने
एड्स र क्यान्सर भएको महसुस हुने
अपच भएको महसुस हुने
पेट पोल्ने, पेटमा अप्ठ्यारो महसुस गर्ने
टाउको दुख्ने
मुटुको ढुकढुकी बढेको भान हुने
ढाड दुखेको महसुस गर्ने
पखाला वा कब्जियत भएको महसुस हुने
शरीरको अंग बिग्रिएको जस्तो लाग्ने
श्वास छिटो छिटो फेर्ने
रोग कसरी छुट्टाउने ? यो रोगको लक्षण एकपटक मात्र देखिदैन । यो बारम्बार दोहोरिन्छ र बिरामी उपचारबाट सन्तोष नभई धेरै रगत, एक्सरे परीक्षण गराउँदछन्, तैपनि रोग निको भएको महसुस हुँदैन । यो रोग प्रायः ३५ वर्ष अगाडि नै सुरु भई सक्छ र वर्षौसम्म रहन सक्छ । यो रोगका धेरै कारण छन् । तर मनोवैज्ञानिक समस्या नै प्रमुख कारण पाइन्छ ।
दिनहुँ हुने नराम्रा घटनाहरु, चिन्ता, रोगबारे थोरै जानकारी आदिले गर्दा बेहोसी मस्तिष्कमा यस्ता नराम्रा कुरा संचित भई बसेको हुन्छन् । जसले गर्दा यस्ता लक्षण आँउछ भन्ने विश्वास गरिन्छ । यसबाहेक मस्तिष्कको नशामा न्युरोट्रास्मिटरमा गडबडी हुन्छ, जुन सिटी स्क्यान र एमआरआइ जस्ता आधुनिक साधनले पनि देखाउँन सक्दैन । यो रोगको सही उपचार गरे यो रोग निको हुन्छ ।
यस्ता बिरामी औषधि सेवन गरेको एक हप्ता पछिमात्र समस्या समाधान भएको महसुस गर्छन् । यस्ता बिरामी आफ्नो समस्याबाट निकै चिन्तित हुन्छन् । जुन आत्तिनु पर्ने नै हुँदैन । यो रोगबारे राम्रो जानाकारी नहुँदा बिरामी धेरै उपचार केन्द्र पुग्छन् । तर रोग निको भएको हुँदैन।