पृथ्वीमा जन्मने हरेकको मनमा उठ्ने साझा प्रश्न हो यो । जन्मपछि मृत्यु हुन्छ नै । तर, मृत्युपछि के हुन्छ ? अक्सर मानव-मनमा यो जिज्ञासा रहिरन्छ । किनभने, यो यस्तो रहस्य हो जसलाई पृष्टि गर्ने सर्बमान्य आधार र प्रमाणहरु छैनन् । त्यसैले पुस्तौदेखि पुस्तौसम्म यो प्रश्न अल्झी रहेको छ, ‘आखिर मरेपछि के हुन्छ ?’ विभिन्न धर्म, संस्कार अनुसार यसको आ-आफ्नै व्याख्या छ । कसैले मृत्युपछि आत्मा जीवित रहने बताएका छन् भने कसैले सम्पूर्ण कुरा शरीरसँगै नष्ट हुने भनेको छ । पुर्नजन्मको कुरा भगवान कृष्णले भनेका छन्, ‘न यो शरीर तिम्रो हो, न तिमी यस शरीरका हौ । यो शरीर पाँच तत्वले बनेको छ । अग्नी, जल, बायु, पृथ्वी र आकास । एकदिन यो शरीर यहि पाँच तत्वमा विलिन हुन्छ ।’ एक लेखमा उल्लेख अनुसार, शरीर तीन किसिमको हुन्छ, शारीरिक (स्थूल), मानसिक (मनोदेह), बौद्धिक (कारण देह) र सुक्ष्म अहं (महाकारण देह) । व्यक्तिको मृत्युपछि स्थुल शरीर माटोमा विलय हुन्छ । सुक्ष्म शरीर रहन्छ । सुक्ष्म शरीर बिस्मृत भएपछि नै मानिसले दोस्रो शरीर धारण गर्छ । अर्को लेखमा के भनिएको छ भने, मृत्युपछि भौतिक शरीरको अस्तित्व समाप्त हुन्छ । तर, अन्य घटक र चेतनाको अस्तित्व बाँकी रहन्छ । भौतिक शरीरका अतिरिक्त मनुष्यका अस्तित्वका अन्य घटक हो, सुक्ष्म शरीर (लिंग देह), जो मनोदेह, कारण देह र महाकाराण देहबाट बनेको हुन्छ । यो सुक्ष्म शरीर भूलोक (पृथ्वी)छाडेर अन्य १३ सूक्षम लोकमध्ये एकमा पुग्छ । त्यस लेखमा भनिएको छ, ‘यो ब्रम्हान्डमा १४ लोक छ । यसमध्ये ७ लोक सकारात्क र ६ नकारात्मक । सारमा के बुझिन्छ भने, मान्छेले पृथ्वीलोकमा बाँचुञ्जेल गर्ने कर्मको लेखाजोखाको आधारमा ऊ त्यही किसिमको लोकमा पुग्छन् । जीवनमा साधना गरे, कुनै छलकपट नगरेका, नराम्रो कृत्य नगरेकाहरु सकारात्मक लोकमा पुग्ने बताइएको छ । गरुड पुराणले मृत्युपछि आत्मासँग हुने व्यवहारको व्याख्या गरेको छ । त्यहाँ भनिएको छ, ‘जव आत्माले शरीर छाड्छ, आत्मालाई लिन दुई यमदुत आउँछन्, एउटा धर्मात्माको लागि र अर्को पापीका लागि । जसले जीवनमा राम्रो काम गरेका छन्, पृष्यको काम गरेका छन्, उसको प्राण निस्कन गाह्रो हुँदैन । तर, पापीले धेरै पीडा सहनुपर्छ । आत्मा जीवित मृत्युपछि के हुन्छ रु यसमा हरेक धर्मले अलग अलग जवाफ दिएको छ । कुनै धर्मले भनेको छ, मृत्युपछि राम्रो मान्छे स्वर्ग जान्छ, नराम्रो नर्क । अर्कोले भनेको मृत्युपछि मानिस आत्मिक लोकमा आफ्ना पूर्वज भएका ठाँउमा पुग्छन् । फेरी अर्कोले भनेको छ, मृत्युपछि मासिन पाताल लोकमा जान्छन्, जहाँ उनको कर्म लेखिएको हुन्छ । यि सबैको सार भनेको मृत्युपछि पनि एक यस्तो अंश हुन्छ, जो जीवित रहन्छ । र, यो सधै अमर हुन्छ । सबैकुरा नष्ट हुन्छ बाइबलले भने मृत्युपछि शरीरसँगै सबैकुरा नष्ट भएर जाने उल्लेख गरेको छ । त्यसमा भनिएको छ, हामी मर्छौ, हाम्रो शरीर माटोमा विलय हुन्छ । शरीरसँगै त्यसभित्र रहेका भावना, कल्पना, चेतना, संवेदना सबै समाप्त हुन्छ । हाम्रो शरीरभित्र कुनै अमर आत्मा हुँदैन । के हुन्छ मृत्युपछि सामन्य व्यक्ति जब शरीर छाड्छन्, सबैभन्दा पहिला उसको आँखामा गहिरो अध्याँरो छाउछ । उसले कुनैपनि किसिमको अनुभव गर्न सक्दैन । केहि समयसम्म केहि आवाज सुन्न सक्छ, दृश्य देख्न सक्छ जस्तो सपनामा हुन्छ । र क्रमस ति सबैकुरा हराउँदै र विलिन हुँदै जान्छ । यो गहिरो सुषुप्तिमा केहि मान्छे अनन्तकालका लागि हराउँछन्, कोहि यहि अवस्थाबाट दोस्रो गर्भमा जन्म लिन पुग्छन् । प्रकृतिले उसको भाव, विचार र जागरणको अवस्था अनुसार गर्भ उपलब्ध गराउँछ । तर, व्यक्ति स्मृतिवान छन् भने सुषुप्तिमा गएर केहि कुरा सम्झने कोसिस गर्छन् । फेरी ऊ जाग्रत वा स्वप्न अवस्थामा रहेको भेद पाउँदैनन् । यस्ता व्यक्ति त्यसबेलासम्म पुर्नजन्म लिदैनन्, जब उसले पूर्ण रुपले आफ्नो स्मृति गुमाउँदैन । अपवादको रुपमा कसैले स्मृति बाँकी रहदा नै जन्म लिन्छ । उनीहरुलाई पूर्व जन्मको ज्ञान पनि हुन्छ । मरेको मान्छेले तर्साउँछ ? जो व्यक्ति स्मृतिवान, जाग्रत हुन्छ, उसको लागि दोस्रो जन्म कठिनाइ हुन्छ , किनभने प्राकृतिक प्रक्रिया अनुसार दोस्रो जन्म लिनका लागि बेहोश वा स्मृतिहीन अवस्था चाहिन्छ । उनीहरु भूत-प्रेत योनीमा रहन्छन् र केहि समयसम्म गर्भको खोजीमा भौतारिन्छन् । कसले राम्रो गर्भ पाउँछन् ? यसलाई गतिमा बिभाजन गरिएको छ । गति तीन किसिमको हुन्छ, सामान्य गति, सद्गति र दुर्गति । तामासिक प्रवृत्ति वा भड्किलो व्यक्तिलाई दुर्गती प्राप्त हुन्छ, जसको कुनै ग्यारेन्टी हुँदैन कि, कहिले, कहाँ र कसको योनीमा जन्म लिने हो ।