मानिसको शरीरमा हुने प्रत्येक हड्डीको बीच भागमा एउटा डिस्क हुन्छ । सो डिस्क कुरकुरे  हड्डीजस्तै हुन्छ । निरन्तर धेरै काम गर्दा, दुर्घटना हुँदा, धेरै मुभमेन्ट गर्दा तथा खेलकुदका क्रममा पनि सो डिस्क हड्डीको  बीचबाट बाहिर निस्कन सक्छ । यसरी हड्डीबाट डिस्क बाहिर निस्कँदा नसा च्यापिने सम्भावना अत्यधिक रहन्छ । यसको प्रत्यक्ष असर खुट्टातिर पर्छ । जसका कारण दैनिक गरिरहेको सामान्य काम तथा हिँडडुल पनि कठिन भइरहेको हुन्छ । उपचार हड्डीले कति नसा च्यापिएर समस्या बनाएको छ, सोहीअनुसार उपचार गर्नुपर्ने हुन्छ । आवश्यकताअनुसार शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ । यदि थोरै सामान्य तरिकाले नसा च्यापिएको छ भने थेरापी गर्दा पनि हुन्छ । शरीरमा नसा च्यापिएको उपचार समस्याका प्रकृतिअनुसार फरक–फरक हुन्छन् । नसा च्यापिए के हुन्छ ? शरीरको जुन भागको नसा च्यापिएको छ, सोही भागमा बढी दुखाइ महसुस हुन्छ । जस्तो : शरीरको देब्रे भागमा नसा च्यापिएको छ भने त्यसको असर देब्रे खुट्टामा पर्छ ।  शरीरमा नसा च्यापिएको छ भने अत्यधिक दुख्ने, पोल्ने, एक ठाउँमा बस्न नहुने, हात–खुट्टा दुख्ने हुन्छ । त्यस्तै, दैनिक सामान्य तरिकाले गरिरहेको काम पनि गर्न नसक्ने, निहुरिन कठिन हुने, पोल्नेजस्ता समस्या पनि देखापर्न सक्छन् । नसा च्यापिएमा शरीरको कुनै भाग चलाउन नै नसकिने पनि हुन सक्छ । यही कारणले गर्दा शरीरको एक भाग नचल्ने अथवा प्यारालाइसिस हुन सक्छ । नसा च्यापिएको अवस्थामा औषधिले दुखाइ कम गर्न केही सहयोग पुग्छ । तर, दीर्घकालीन रूपमा औषधि उपचार पद्धति ठीक होइन । यसका लागि फिजियोथेरापी नै आवश्यक पर्छ । तर, नसा पूरै बाहिर निस्किएको छ भने त्यसलाई शल्यक्रियामार्फत उपचार गर्नुपर्ने हुन्छ । यसरी बाहिर निस्किएको नसा पुनः पहिलाकै स्थानमा भित्र हाल्नुपर्छ । फिजियोथेरापीमार्फत बिरामीको उपचार गर्दा सबैभन्दा पहिले दुखाइ कम गर्न उसलाई इन्जेक्सन दिने गरिन्छ