बिमारी आफ्नो उपचारको लागि ७ बजे विपी प्रतिष्ठान धरान आउँछन् । ८ बजे टिकट खुल्छ । त्यस पछि रोगसँग सम्बन्धित डाक्टर भएको कोठामा पुग्छन् । निकै लामो पालो कुर्नु पर्ने हुन्छ । अगाडी आउने पालो पनि कर्मचारी, चिकित्सकको लापरवाहीले ढिलो आउँछ । ताप्लेजुङ, संखुवासभा, जनकपुरसम्मका बिमारी यहाँ आउँछन् । जाँच गरेर घर फर्कने धेरैको सपना हुन्छ । स्वभावैले आफ्नो पालो कतिखेर आउँछ भनेर डाक्टरसँग सोधि रहन्छन् । तर त्यस बेला चिकित्सकको व्यवहार साह्रै रुखो हुन्छ । तल्लो स्तरको गाली गर्न पनि डाक्टर पछि नपरेको देखियो । ‘छिटो चाहिए, मर्न लागे इमेरजेन्सी जानु’ भन्ने रुखो बचन पनि त्यही सुन्न पाइयो । सर्जिकल ओपिडीको डाक्टर गुणराज पौडेलको रुममा उहाँका सहयोगीहरु यस्तै भन्दै थिए । विपी प्रतिष्ठान राम्रो चिकित्सक उत्पादन गर्ने शिक्षालय पनि हो । पब्लिकसँग कस्तो व्यवहार गर्ने भन्ने पनि विषय यहाँ पढाई हुन्छ । बिमारीलाई भेडा बाख्रा सम्झने केही डाक्टर महोदयहरुलाई शिक्षाध्यक्ष डा. विक्रम श्रेष्ठज्यू राम्रो ज्ञान दिनु भएन की ? अनुगमन पो गर्न पर्छ की ? भगवान सम्झेर आफु भित्र भएको पीडा निको पारिदिने डाक्टरहरुलाई बिहान ७ बजेदेखि भोक भोकै १ बजेसम्म कुर्छन् । पालो नआएर निरास भएर कति त फर्कन्छ पनि । सिमित खर्च लिएर आएका बिमारीको पीडा चाही प्रतिष्ठान र यहाँका चिकित्सकहरुले खोई बुझेको ? बिहान ९ बजे ड्युटी तोकिँदा ११ः३० बजेसम्म ओपिडीमा नआउने डाक्टरहरुले बिमारीको भीड भयो भनेर दुव्र्यवहार गर्न सुहाउँदैन । सबै व्यवस्था सुधार गर्छु भनेर फुटानी लगाउने नव नियुक्त उपकुलपतिले कर्मचारी, चिकित्सकहरुको काम कारवाही, बिमारीलाई दिने सेवा सुविधा कस्तो भइरहेको छ भनेर अनुगमन गर्नु पर्छ की पर्दैन ? उपकुलपति चिकित्सक ज्यू, कि घोषणा गर हामी बिमारी लुट्न बसेको भनेर । होइन भने बिमारीलाई सम्झाई बुझाई सेवा देऊ । ओपिडीहरुमा व्यवस्थापन गर । उनीहरुकै रगत पसिनाले प्रतिष्ठान चलेको छ भनेर हेक्का राख । (कार्कीको फेसबुक स्टाटसबाट