सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो देखिँदैन । जसले दुर्घटना र त्यसबाट सिकार हुनेको संख्या बढेको बढ्यै छ ।
मुलुकका सहरी क्षेत्रका सडकको अवस्था बिजोग अवस्था छ । ग्रामीण सडक जीर्ण छन् । साँघुरा भत्केका सडकमा मनपरी सवारी हाँक्ने गरिएको छ । ट्राफिक नियम पालना हुँदैन । सवारीको गतिमा एकरूपता छैन । अधिकांश घटनामा चालकको लापरबाही मुख्य कारण हुने गरेको प्रहरी अनुसन्धानले देखाएका छन् ।
सडकको अवस्था, चालकको लापरबाही र अस्वस्थ प्रतिस्पर्धाले गर्दा दुर्घटना बढेको छ भन्दा फरक नपर्ला । तीव्र गति, सवारी चालकको लापरबाही तथा सडकको दुरवस्थाका कारण पूर्वी नेपालमा सवारी दुर्घटना र त्यसमा ज्यान गुमाउनेको संख्या बर्सेनी बढ्दै छ । जीर्ण सडकका कारण सवारी दुर्घटना रोक्न नसकिएको एक अध्ययनले देखाएको छ ।
दुर्घटनाविरुद्ध चलाइएका अभियान प्रभावकारी नभएको उल्लेख छ । ट्राफिक प्रहरी कार्यलयकै खाता पल्टाउने हो भने पनि पूर्वमा दैनिक एक जना भन्दा वढि सर्वसाधरणले दुर्घट्नाकै कारणवाट ज्यान गुमाईरहेको तथ्याङक भेट्न सकिन्छ । दुर्घट्नालाई न्युनिकरण गर्ने भन्दै रोडका राजा झै रातो रसिद सहित वसेको ट्राफिक प्रहरी दुर्घट्ना न्युनिकरण गर्ने खोजे पनि दुर्घट्ना न्युनिकरण वषै देखि उस्तै छ ।
महिनाको सरदर दैनिक एक जनाले सडक दुर्घट्नाकै कारण अकालमै ज्यान गुमाईरहेको भए दुर्घट्ना बढ्नुको कारण के हो ? किन बढिरहेको छ ? भन्ने बिषयमा कुनै निकायले पनि चासो दिएको छैन । सेकुवा पसल देखी गौडा हेरेर गुण्डागर्दी नै शैलीमा चेकिङ गरेको भए पनि दुर्घट्नामा भने किन कमि नआएको होला ! सवारी जति आवश्यक छ, यसबाट जोखिम र मानवीय क्षति पनि उत्तिकै छ । जनसंख्या र सवारी प्रयोग गर्नेको चाप बढ्दै जाँदा दुर्घटना, जोखिम घटाउने र नियमन गर्ने उपायको खोजीमा सरोकारवालाको चासो किन नदेखएको होलान् ।
दुर्घटना र त्यसबाट सिकार हुनेको संख्या बढेको बढ्यै छ । सडकमा बिहान सबेरै देखि मध्यरातसम्म देखिएका दृष्यहरूले ट्राफिक प्रहरी भित्र डरलाग्दो अराजकता र असुली अभियान चलेको प्रस्ट देख्न सकिन्छ, यतिबेला । ‘पहिला मापसे सोध, त्यो नभए लाइसेन्स सोध, त्यसको पासोमा पनि नपर्ने रहेछ भने ब्लुबुक खोज, त्यसपछि पनि उम्किए नम्बर प्लेट र साइड लाइटमा खोट देखाऊ र असुली गर’ भन्ने अभियान चलाइएको छ, सडकमा । तर खै त दुर्घट्ना नियन्त्रण किन हुदैन ?
कमजोर कानुन दुर्घटनाबाट आर्थिक, भौतिक नोक्सानीले स्थिति भयावह हुँदा त्यसलाई नियन्त्रण गर्ने प्रभावकारी प्रयास हुन सकेको छैन । दुर्घटना निम्त्याउने र कमजोरी गर्नेको हकमा राज्यले ट्राफिक प्रशासनलाई २ सयदेखि १ हजारसम्म जरिवाना मात्र तोकेको छ । दुर्घटना गराउने लाइसेन्सवाला चालकको हकमा सवारी ज्यान मुद्दा चल्दा १२ हजार धरौटीमा छुट्ने कानुनी व्यवस्था छ । 'लाइसेन्स, सडकमा सांकेतिक ट्राफिक चिन्ह र जरिवाना प्रभावकारी नहुँदा दुर्घटना बढेको पाइन्छ' 'सडक विभाग तथा स्थानीय निकायको सडक मर्मतमा ध्यान नजानु, प्रहरी र ट्राफिकसँगै राज्यको कारबाही नीति फितलो भएकाले समस्या बढेको हो ।' दुर्घटना कम गर्न र सवारी चापबाट जोखिम घटाउन सवारीको व्यवस्थापन, सडकको निर्माण र मर्मत तथा गुणस्तर विस्तार गरी सडक नीति बनाएर ट्राफिक नियमलाई पाठ्यक्रमको विषयका रूपमा विकास गरिनुपर्ने देखिन्छ ।
दुर्घटनाको तथ्याङ्क केलाउँदा सवारीको मेसिनरी गडबडी, ओभर लोड, साँघुरो सडक, मापसे, ट्राफिक नियम पालनालगायत अभावले अधिकांश दुर्घटना हुने गरेको छ । चालकले सवारीसाधन चलाउँदा धूमपान गर्ने, एउटा हातले मोबाइलमा कुरा गर्ने, सँगै सिटको वा यात्रुसँग गफ गर्ने र ट्राफिक संकेतका बारेमा जानकारी नराख्ने, यात्रुले सडकको जथाभावी र समूहमा भए सडक ढाकेर यात्रा गर्ने र सडकमा छाडा चौपायाको कारणले पनि भईरहेको छ । यस समग्र दुर्घट्नाको कारण हेर्दा ट्राफिक प्रहरीले मात्र दुर्घट्ना रोक्न सक्ने देखिदैन त्यसमा सडक डिभिजन,यातायात कार्यलय र स्वयम सडकमा यात्रा गर्नेहरुले पनि ध्यान दिनु पर्ने देखिन्छ ।
जीर्ण सडकका कारण सवारी दुर्घटना रोक्न सकिएको छैन भन्दा फरक नपर्ला । दुर्घटना विरुद्ध चलाइएका अभियान प्रभावकारी नहुनुको कारण जीर्ण सडक पनि हो । सडक महिनौंसम्म मर्मत नगर्नाले दुर्घटना वृद्धि भएका छन । राजमार्ग क्षेत्र पर्ने, पैदलयात्रु र सडक यात्रुलाई छुट्टै सडक नहुनु भएका सडकको अतिक्रमण हुन लगायतका कारण पनि दुर्घट्ना वढिरहेको छ । लाइसेन्स वितरण प्रणाली, सवारी चेकजाँच, कारबाही, सडक संरचना, ऐन–कानुन सबैतिर समस्या छ । प्राविधिक ज्ञानविना निर्माण भएका ग्रामिण सडक अनगिन्ति छन । जसको अवस्था दयनीय छ ।
जनसख्याको चाप, पुराना गाडी, वेपरवाह चालक, ओभरलोड, धुलो र खाल्टा भएको मार्ग तर पनि सबै यात्रुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता नेपालीको साझा समस्या बन्दै गएको छ यस्लाई नियन्त्रणका उपायहरु सरकारले खोज्नैपर्छ । जनसख्याको चाप, पुराना गाडी, वेपरवाह चालक, ओभरलोड, धुलो र खाल्टा भएको मार्ग तर पनि सबै यात्रुलाई गन्तव्यमा पुग्नैपर्ने बाध्यता नेपालीको साझा समस्या भएको छ । दुर्घटना तथा जोखिमपूर्ण क्षेत्रको वर्गीकरण गरी त्यो क्षेत्रमा विशेष निगरानी बढाउनु आवश्यक छ ।