विराटनगर / एक रातमा एक हातभन्दा बढी बढने ‘वनमारा झार’ मोरङको वैज्ञानिक वन व्यवस्थापन गरेको क्षेत्रमा फैलिन थालेपछि वन व्यवस्थापनमा चुनौती बनको छ ।
जंगलभरी फैलिएको वनमारा झार धेरै पटक हटाउँदा पनि बारम्बार आउन थालेपछि वैज्ञानिक वन व्यवस्थापनमा चुनौति बनेको हो ।मोरङको सुन्दर हरैचा नगरपालिकामा रहेको लाटिझोडा साझेदारीमा वैज्ञानक वन व्यवस्थापन गरेको तीन वर्ष भएको छ । वैज्ञानिक वन व्यवस्थापन गरेको क्षेत्रभरी ‘वनमारा झार’ फैलिएपछि कार्यसमिति र उपभोक्तालाई अहिले ठाउँको दुखाईको विषय बन्दै गएको छ ।मोरङका सायक वन अधिकृत सलाउद्धिन अन्सारीको अनुसार वनमारा झार एक प्रकारको घातक बनस्पती भएको बताए ।
‘वनमारा झार एक रातमा एक हात बढछ, उनले भने, ‘ यसरी रातैपिच्छे बढेने झारले अन्य प्रजातिको विरुवालाई असर गर्दछ ।’ यसको असरले अन्य प्रजातिको विरुवा मर्ने गर्दछ् उनले भने । ‘साना विरुवालाई वनमारा झारले माथिबाट छोप्छ, उनले भने, ‘त्यो विरुवा बढन पाउँदैन, विस्तारै वृक्षारोपण गरेको विरुवा मर्नेगर्दछ ।’लाटिझोडा साझेदारी वनमा पहिलो चरण्मा ४९ हेक्टरमा कटान गरि वैज्ञान वन व्यवस्थापन सुरु गरिएको छ । अहिले वृक्षारोपण गरिएको क्षेत्रभरी वनमारा झारले अन्य विरुवा नै सखाप पार्न लाग्यो, अधिकृत अन्सारीले भने, ‘जति उखालेर पाल्यो भोलीपल्ट उत्तिनै आउँछ ।’
८० वर्षको रोटेसन चक्र लिएर सुरु गरिएको वैज्ञान वन व्यवस्थापनमा मुख्य समस्या भनेको वनमारा झार रहेको लाटीझोडा साझेदारी वन व्यवस्थापन समूहका संयोजक रुद्र प्रसाद पोखरेलले बताए । उनका अनुसार १० हेक्टरमा टिक बाकी रहेको क्षेत्रमा साल प्रजातिको विरुवा वृक्षारोपण गरेको छ ।सायक वन अधिकृत अन्सारीका अनुसारस साल र टिक प्रजातिको विरुवा लाइट डिमान्ट प्रजातिको विरुवा हो । यी विरुवालाई प्रकाशको आवश्य पर्ने भएकाले बनमारा झारले पस्यो भने पुरै उज्यालो छोप्ने र अन्य विरुवा मर्न सक्ने अधिकृत अन्सारीले बताए ।१ हजार ६ सय ८४ हेक्टर क्षेत्रफलमा ४ वटा क्षेत्रमा विभाजन गरि वैज्ञानिक वन व्यवस्थापन लाटीझोटा सामुदायिक वनमा सुरु भएको छ । के हाे वनमारा झार ? नेपालको बनजङ्गल रहेका ठाउँमा पाइने एक प्रकारको झाडी प्रजातिको वनस्पतिलाई वनमारा भनिन्छ । यसको उचाई ५ देखि ७ फूटसम्म हुन्छ । यसको पात गाढा हरियो रङ्को र केही खस्रो हुन्छ । यसको डाँठ बढीमा ३ इन्च सम्म व्यास भएको हुन्छ । रातो बुकीफूल जस्तो फूल फूल्ने यो वनस्पति शुरूमा घना जङ्गल भएको ठाउँमा उम्रेर त्यहाँ रहेको जङ्गललाई विस्तार विस्तार विनास गर्दै आफ्नो बर्चस्व कायम गर्ने भएकाले यसलाई ‘वनमारा’ नामाकरण गरिएको हो ।