धरान/संयुक्त राष्ट्रसंघ जनसंख्या कोष (युएनएफपिए) की सद्भावनादुत नायिका मनिषा कोइरालाले अबेष्ट्रिक फिष्टुला (पिसाव तथा दिसा चुहिने रोग) लुकाएर नराख्न महिलाहरुलाई सुझाव दिएकी छन् ।
[caption id="attachment_50607" align="alignnone" width="1636"]
तस्बिरः भाेजराज श्रेष्ठ[/caption]
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फिष्टुला रोगीहरुसँगकाे भेटपछि गरिएको पत्रकार सम्मेलनमा क्रममा उनले पीडित महिलाहरु खुलेर अस्पताल आउनको लागि आग्रह गरिन् । उनले यसको लागि युएनएफपिएले निःशुल्क उपचारको व्यवस्था गरिदिएको समेत बताइन् ।
उनले समाजमा यस्ता धेरै महिलाहरु रहेकाले यसको रोकथाम हुनु पर्नेमा जोड दिइन । प्रतिष्ठानमा सन् १९९७ देखि फिष्टुलाको उपचार हुन थालेको हो । तर, त्यो बेला शशुल्क उपचार हुने गरेको थियो । सन् २०१० बाट मात्रै युएनएफपिएसँगको साझेदारीमा बीपी प्रतिष्ठानले निःशुल्क उपचार सुरु भएको प्रशुति रोग विभागका प्रमुख तथा फिष्टुला रोग हेरिरहेका प्रा.डा. मोहनचन्द्र रेग्मीले बताए ।
हालसम्म ४ सय बढीको सल्यक्रिया भइसकेको छ । जसमा ८० प्रतिशत सल्यक्रिया सफल भएको उनको भनाइ छ । फिष्टुलाको लागि विभिन्न ग्रामिण भेगमा पुगेर बीपीले परीक्षण गर्ने गरेको छ । जसबाट फेला परेका विरामीहरुको सेवा प्रवाह गरिरहेको छ । युएनएफपिएका नेपालकी प्रतिनिधि जुलिया बालेसीले युएनएफपिएले दिगो विकास लक्ष्य अनुरुप २०३० सम्ममा फिष्टुलालगायतका समस्याहरुलाई निर्मुल पार्ने लक्ष्य लिएको बताइन् ।
उनले यो रोगको रुपमा मात्रै नभई सामाजिक समस्याको रुपमा रहेकाले यसको अन्त्यको लागि समाजका सबे निकायहरु लाग्न जरुरी रहेको बताइन् । फिष्टुला नेपाल भर करिव ५ हजार रहेको अनुमान गरिएको छ । प्रत्येक वर्ष बीपीमा मात्रै ५० देखि ६० जनाको हाराहारीमा उपचार भइरहेको छ । नेपालको पाटन हस्पिटलमासमेत फिष्टुलाको उपचार हुने गरेको छ ।