विजयपुर/पुर्वी नेपाल सहित देशका बिभिन्न ठाँउमा स्वाइन फ्लुको संक्रमण देखिएपछि चिकित्सकहरुले सर्तकता अपनाउन सर्बसाधरणलाई आग्रह गरेका छन् ।
केही दिन अघिमात्र पुर्वी नेपालको झापामा स्वाइन फ्लुका कारण दुई महिलाको मृत्यु भएपछि पुर्वी नेपालमा पनि यसको संक्रमण बढ्न सक्ने भन्दै चिकित्सकहरुले सर्तकता अपनाउन आग्रह गरेका हुन् ।स्वाइन फ्लुबाट अहिले सम्म नेपालमा ९ जनाको मृत्यु भएको बताएको छ ।श्रीलङका भारत र बंगलादेशमा ३ सय २१ जनाको मृत्यु भई सकेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
स्वास्थ्य उपचार तथा अनुसन्धानमा उत्कृष्ठ मानिएको धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानले पनि संक्रमितहरुको उपचार गर्न चिकित्सकहरुलाई ‘हाइ अर्लट’मा राखेको छ । प्रतिष्ठानका उपकुलपती प्राडा राजकुमार रौनियारले हामीले स्वाइन फ्लुका बिरामीलाई उपचारका का लागि बिज्ञ टोलि तयारी अबस्थामा राखेका छौ,यसको संक्रमणबाट बच्न सजगता अपनाउन पनि हामी आग्रह गर्छौं । उनका अनुसार केही दिन अघि मोरङको फोकल्याण्ड भन्ने ठाउमा फैलिएको महामारीबाट बिरामी परेका सर्बसाधरणको उपचारमा प्रतिष्ठान बिज्ञ डाक्टरहरु पठाएको थियो । प्रतिष्ठानको इर्मजेन्सि बिभागका प्रमुख डा. रबिन भण्डारीले प्रतिष्ठानमा स्वाइन फ्लुको बिरामी अहिले सम्म नआएको तरे यसको उपचारको लागि आबश्यक तयारी गरेको बताए ।
‘अहिले इर्मजेन्सिमा स्वाइन फ्लुको जस्तै लक्षण देखिने बिरामीहरु आएपनि स्वाइन फ्लनै भएका बिरामी आएका छैनन्’ डा भण्डारीले भने ‘सिजनल फ्लुका बिरामी धेरै आउने गरेका छन् स्वाइन फ्लु पनि एक प्रकारको फ्लु नै भएका कारण हामीले सजगताका साथ आउने बिरामीहरुको परिक्षण र उपचार गरिरहेका छौ । उनले अहिले सिजनल फ्लुको संक्रमण बढ्ने भएकाले सर्बसाधरणले सर्तकता अपनाउनुनै बेस हुने उनको भनाई छ ।अस्पतालमा हामीले उपचारको ब्यबस्था त मिलाएका छौ तर फ्लुहरुबाट बच्न पुर्व सर्तकर्ता अपनाए सकिन्छ यसमा सबैले ध्यान दिनु पर्छ उनले भने । के हो स्वाइन फ्लु ? स्वाइन फ्लु सुंगुरबाट मानिसमा सर्ने संक्रमण हो ।यसलाई नै स्वाइन फ्लु भनिन्छ । स्वाइन फ्लुलाई एच वान् एन वान भाइरस पनि भनिन्छ । यो सन् २००९ मा दक्षिण अमेरिकी राष्ट्र मेक्सिकोको स्थित वेराक्रूज भन्ने शहरमा भेटिएको थियो । यस लाई सुँगुर ज्वरो पनि भन्ने गरीन्छ । यो रोग फैलाउन मुख्यतया ४ प्रकारका भाइरसहरु जिम्मेबार हुन्छन। ति मध्ये एच वान एन वान बिश्वाका करिव २ सय देशमा फैलिएको विश्व स्वास्थ्य संगठनले बताएको छ । यसका लक्षण –नाकको समस्या (पोल्ने तथा बन्द हुने) –रुघा खोकी –भोक नलाग्ने –इच्छाशक्ती नहुने –शरिर शिथिल हुने –सामान्य ज्वरो(१००डिंग्री सेल्सीयस वा सो भन्दा माथि)हुने –टाउकोको दुख्ने –केही रोगीहरुमा त घाटी दुख्ने,जिउ चिलाउनु,टाउको दुख्नु,वाकवाक लाग्नु अनि झाडापखाला जस्ता लक्षणहरु देखिन्छ यसको लक्षण सामान्य रुघा खोकी सँग मिल्दो जुल्दो हुन्छ तर रगतको परिक्षण बाटमात्र यो पत्ता लगाउन सकिन्छ। स्वाइन फ्लु भए ज्वरो आउने, घाँटी दुख्ने, जीउ दुख्ने, थकाइ लाग्नेजस्ता लक्षण देखिन्छ । सास लिन कठिनाइ, वान्ता, झाडापखाला समेत हुन सक्छ । बच्ने उपाय सर्वप्रथम त सुँगुर को सम्पर्कमा नियमित रहिरहने मानिसहरुमा सुँगुर बाट यो भाईरस सर्ने गर्दछ। त्यस पछी स्वाइन फ्लू प्रभावित व्यक्तीहरुको सम्पर्कमा आउँदा हावाबाट सर्ने गर्दछ । स्वाइनफ्लुको विषाणु सामान्य रुघाखोकीजस्तै फैलिन्छ । रोगीले कुरा गर्दा, खोक्दा वा हाँच्छिउ गर्दा फैलिन्छ ।
यस बाहेक घर वा सार्वजनिक स्थानमा दिनहुँ उपयोगमा आउने वस्तुमा समेत विषाणु हुन सक्छन् । ढोकाको हेन्डिल, टी.भी.को रिमोट कन्ट्रोल, हात राखेर हिँडने रेलिङ, बसको गेटमा भएको हेन्डिल, कम्प्युटरको कि–बोडमा पनि स्वाइन फ्लुको जिवाणु घण्टौ वाँच्न सक्छ त्यसैले यी कुरामा सचेत रहनु पर्छ ।त्यसैले धेरै मानिसको भिँडभाड नबस्ने । रुघाखोकी लागेको मान्छे संग टाढै बस्ने ।हात नमिलाउने अंगालो नमार्ने । संक्रमित क्षेत्रमा नजाने जानुपर्दा उच्च सतर्कता अपनाउने ।
मुखमा मास्क लगाएर हिंड्ने । साबुन पानीले हात धुने । स्वाईन फ्लुको सम्भाबित संक्रमण भएको ब्याक्ती लाई छिटो भन्दा छिटो नजिकैको अस्पताल वा स्वास्थ्य चौकिमा पुर्याउने ।त्यसबाहेक, बालबालिका, गर्भवती महिला, दीर्घरोगी तथा वृद्धवृद्धालाई पनि यस्तो रोगको संक्रमण चाँडै हुने भएकोले उनीहरुले विशेष सर्तकता अपनाउनुपर्छ । यसका साथै उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि यसको उपचारकालागि ब्यबस्था मिलाइएको छ ।