विजयपुर/ धरानस्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ‘भाइरल हेमोराईजीक फिभर’ कारण चार जना वालवालिकाको मृत्यु भएको छ ।प्रतिष्ठानमा साउन १५ गते देखि भदौ २ गते सम्मको १७ दिनको अबधिमा चार जना वालवालीकाको मृत्यु भएको हो । भाइरल हेमोराईजीक फिभर लामखुट्टेको टोकाइबाट हुने प्रतिष्ठानका अस्पताल निर्देशक तथा वालरोग बिषेशज्ञ प्राडा गौरीशंकर शाहले जानकारी दिए ।

यो सबै उमेर समुहका ब्यक्तिमा हुने भएपनि बालबालिकामा सबैभन्दा छिटो संक्रमण हुने डा. शाहले बताए । प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङका अनुसार प्रतिष्ठानमा पछिल्लो १५ दिनमा चार जना बच्चाको मृत्यु भएको हो । मृत्यु हुनेहरु ६ देखि १४ वर्षको बालवालिका रहेको छ । उच्च ज्वरो आउने, रगत छाद्ने, पेट दुख्ने लक्षण देखिएको उपचारमा संलग्न चिकित्सक डा. प्रकाश पौडेलले बताए । अस्पताल निर्देशक शाहका अनुसार मृत्यु ुहने विरामीहरु पहिले अन्यत्र उपचार गराएर मात्र प्रतिष्ठानमा आइपुगेको जानकारी दिए । यो निकै खतरनाक संक्रमण हो सुरुमै यसको उपचार गर्न सकियो भने बिरामीलाई निको पार्न सकिन्छ उनले भने । यो संक्रमणको उपचारकालागि प्रतिष्ठानले ‘स्ट्यान्डर प्रोटोकल’अनुसार उपचार गर्ने ब्यबस्था मिलाएको उनले बताए । यो डेल्बो,हान्टा र स्कृपटाइफस जस्ता भाइरसको संक्रमणबाट हुने भएकाले यसलाई स्टान्डर प्रोटोकल अनुसर उपचार गर्नु आबश्यक हुने उनले बताए । भाइरल हेमोराईजीक फिभर का एकजना विरामी अहिलेपनि प्रतिष्ठानमा उपचाररत रहेको र उनको अबस्था सुधारउन्मुख रहेको उनले बताए । प्रतिष्ठानको पेडियाट्रिक इमरजेन्सीमा उपचारका लागि ल्याइएका इटहरीका राजु कार्की कञ्चनपुर सप्तरीकी प्रितीकुमारी चौधरी ठोकसिला उदयपुरका प्रशान्त राई र धरानका विकल्प राई को मृत्यु भएको प्रतिष्ठानका सुचना अधिकृत सुजेन्द्र तामाङले बताए । सर्तकता अपनाउन आग्रह ‘भाइरल हेमोराईजीक फिभर’को संक्रमण थप बढ्न सक्ने भन्दै चिकित्सकहरुले सर्तकता अपनाउन आग्रह गरेका छन् । बाढी पहिरोले प्रभाबित क्षेत्रहरु यसको उच्च जोखिममा रहेको भन्दै चिकित्सकहरुले यस तर्फ ध्यानदिन सम्बन्धित पक्षलाई आग्रहपनि गरेका छन् ।वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक तथा वालरोग बिषेशज्ञ प्राडा गौरिशंकर शाहले आफ्नो बासस्थान वरोपर सफा राख्न,पुरा शरिर ढाक्ने कपडा लगाउने,खालिखुट्टा नहिड्ने,झुलभित्रमात्र सुत्न आग्रह गरेका छन् । यस्तो बेलामा सामान्य जोरो आउन साथ अस्पताल जान समेत उनले आग्रह गरे । वीपी कोइराला स्वस्थ्य बिज्ञान प्रतिष्ठानमा यस्ताखाले संक्रमणको उपचारका लागि सधै तयारी अबस्थामा रहने भएको सकेसम्म छिटो अस्पताल पुग्न सुझाब दिए ।