धरान/भनिन्छ, जो हरेक समय आफूलाई तनावमुक्त बनाउँछ, उसले जीवनमा हरेक चीजको अनुभूति लिन पाउँछ । हामीले सधंै आफूलाई सकारात्मक सोचतिर लम्क्याइ रहनुपर्छ । अझ गर्भावस्थामा त हामीले कुनै पनि तरिकाबाट आफ्नो दिमागमा नकारात्मक विचार आउन दिनु हँुदैन । यदि तपार्इंले यस्तो गर्नुभयो भने गर्भ खेर जान पनि सक्छ । यस विषयमा युनिभर्सिटि कलेज लण्डन तथा चीनको झेजङ युनिभर्सिटिमा अध्ययन गरिएको थियो । उनीहरुले भनेका छन्, जो महिला गर्भावस्थामा तनाव लिन्छिन्, उनको बच्चा नरहने खतरा ४२ प्रतिशत हुन्छ । यो भन्दा पहिला भएको अध्ययनअनुसार यो पाइएको छ कि २४ हप्तापछि बच्चाहरु नरहने समस्या जो महिलाहरुमा आएको छ, त्यो तनावको कारण आएको हो । यो समस्या २० प्रतिशतभन्दा बढी छ । तर यही विषयमा केही समयपछि अध्ययन गरेपछि पत्ता लागेको छ कि यो समस्या २० प्रतिशत भन्दा धेरै छ । उक्त अध्ययनकर्ताहरुले बताएअनुसार युवावस्थामा नै धेरै तनाव लिने मान्छेहरुमा भविष्यमा धेरै समस्याहरु आइपर्छ । गर्भावस्थामा हुने तनावलाई यसरी गर्नुस् नियन्त्रण आफूले गर्न नसक्ने कुरा नाइँ भन्ने बानी बसाल्नुहोस् । सानातिना आफूले गर्न सक्ने काम गर्नुहोस् । आराम गर्दै हुनुहुन्छ भने किताब पढ्ने बानी बसाल्नुहोस् । तपार्इंलाई कार्यालयमा समस्या छ वा शान्त वातावरण छैन भने कार्यालय छोड्न सक्नुहुन्छ । योगा तथा व्यायाम गर्न नभुल्नुहोला । साँझपख हिँड्ने गर्नुहोस् । साथै स्वस्थ्य खाना खाने गर्नुहोस् । रातमा हल्का खाना खानुहोस् र चाँडै सुत्नुहोस् । एविपी न्यूज