गर्भनिरोधक चक्कीको प्रयोगबारे महिलामा अनेकन भ्रम हुन्छ । जस्तो कि, यो चक्की कहिले प्रयोग गर्ने, कहिले नगर्ने । त्यसमाथि अहिले बजारमा थरीथरीका गर्भनिरोधक औषधी आएको छ । यी औषधीहरुको प्रयोग अलग(अलग स्थितीमा हुन्छ ।
त्यसैले गर्भनिरोधक चक्कीको सेवन गर्नुअघि चिकित्सकको परामर्श आवश्यक हुन्छ । यद्यपी गर्भनिरोधक चक्की लिने महिलालाई एउटा प्रश्नले भने निकै सताउँछ, ‘यस्तो चक्कीको सेवनले गर्भवतीमा खतरा वा प्रजनन क्षमतामा असर पर्छ रु’
प्रजनन क्षमतामा असर पर्छ ?
गर्भनिरोधक औषधीले दिर्घकालिन रुपमा प्रजनन क्षमतामा असर पर्दैैन । यद्यपी यसको अनुचित र लगातार प्रयोगले हर्मोनल असन्तुलन हुनसक्छ । गर्भनिरोधक गोली लिइसकेपछि यसमध्ये कुनै समस्या भयो भने, तुरुन्तै स्त्री रोग विशेषज्ञकहाँ जानुपर्छ ।
चिलाउने, सास लिन गाह्रो हुने भयो भने चिकित्सकलाई भेट्नैपर्छ ।
धेरैजसो महिलामा अनुमानित समयभन्दा सात दिन भित्र मासिक श्राव भइसक्छ । यदि मासिक श्राव भएन भने चिकित्सकलाई भेट्नु्पर्छ । त्यस्तै पेटको तल्लो भागमा दुखाई भयो, चक्कर लाग्यो, योनीबाट रगत बग्यो भने उपचार खोज्नुपर्छ ।
पहिलादेखि नै कुनै एन्टिबायोटिक वा एन्टिएपलेप्टिक औषधी लिइरहनुभएको छ भने पहिला चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
कसरी काम गर्छ यो गोलीले ? गर्भनिरोधक गोलीले स्पर्मलाई एग्ससँग मिल्नबाट रोकेर अनिच्छिद गर्भ रोक्छ । यद्यपी गर्भाधरण प्रक्रिया पहिला नै सुरु भइरहेको छ भने यो गोलीले प्रभावकारी काम गर्दैन ।
के छ हानी ?
गर्भनिरोधक गोलीले वान्ता, पेट दुख्ने, थकान, टाउको दुख्ने, मासिक धर्म परिवर्तन, पखला, चक्कर आउने, स्तन कोमलता, एलर्जी आदि समस्या हुनसक्छ । यदि यो चक्की सेवन गरेको दुई वा तीन घण्टाभित्र वान्ता भयो भने, दोस्रो पटक औषधी सेवन गर्नुपर्छ ।
के भविष्यमा गर्भधारण गर्न समस्या हुन्छ ?
अहिलेसम्म देखिएको छैन कि, गर्भनिरोधक गोलीले भविष्यमा प्रजनन क्षमतामा असर पर्छ । यद्यपी यसले शरीरमा सामान्य रुपमा चलिरहेको हर्मोनल प्रणालीमा वाधा गर्छ । त्यसैले अति आवश्यक अवस्थामा मात्र यो चक्की प्रयोग गर्नुपर्छ । सोझो हिसाबले यो चक्कीले प्रजनन क्षमतामा खासै असर गर्दैन ।