मोरङ (हरकपुर)/मोरङ कानेपोखरी गाउँपालिका–३ हरकपुरका ३२ वर्षीय भविन्द्र लावती यतिखेर मृत्युसँग जुध्दै छन् । पाँचवर्ष अघिदेखि दुबै मृगौला ‘फेल’ भएदेखि उनी मृत्युसँग जुधिरहेका हुन् । [caption id="attachment_56877" align="alignnone" width="958"] तस्बिरःभोजराज[/caption] सन् २०१२ मलेसिया पुगेको चारवर्षपछि, उनलाई एक्कासी हातखुट्टा सुन्निने समस्या देखा प¥यो । त्यस अघि बारम्बार ‘बमिटिङ’ हुने र कम्मरको पछिल्तिरको भाग दुख्ने समस्या सुरु भएको थियो । खासै वास्ता गरेनन् । विस्तारै हातखुट्टा नै सुन्निन थालेपछि उनले अस्पतालमा देखाए । कम्पनीको काम गर्दा गर्दै उनले रगत छाँदे । क्षयरोगको शंका गरियो । चेक गर्दा क्षयरोग देखिएन । उनले रगत छाद्न छाडेनन् । पुनः चेक गरेपछि थाहा भयो । उनको मुटुमा सानो प्वालसमेत परेछ । नेपाल फर्किने चाँजो मिलाए । कम्पनीले हत्तपत्त छुट्टी दिने संकेत देखाएन । भर्खरै भिषा लगाएकाले कम्पनीले फर्किन दिएन । समस्या बढ्दै गएपछि भिषावापत्को कम्पनीलाई २४ सय रिङ्गेट मलेसियन पैसा बुझाएपछि बल्ल उनको हातमा नेपाल आउने प्लेनको टिकट हात प¥यो । नेपाल फर्किए । सन् २००८ मा उनी मलेसिया माटोमा पाइला हालेका थिए । २०१२ मा समस्या देखा परेपछि घर फिरेका उनी यहाँ आइपुग्दा मानव शरीर नाम मात्रैको थियो । त्यो बेला उनलाई घरै आइपुग्छु भन्ने लागेको थिएन् । मलेसिया गएपछि एकपटक पनि घर नफिरेका उनलाई लाग्थ्यो, परिवार नै नभेटी मर्ने भएँ भनेर । मरे पनि घरमै आएर परिवारलाई भेटेर मर्ने रहर थियो । त्यही रहरले उनी घर फर्किए । घर आएकै भोलीपल्ट विराटनगरको नोवेलमा देखाए । भर्ना गरियो । त्यसपछि बल्ल रोग पुष्टी भयो । त्यसबेला उनी छाङ्गाबाट खसै झै भए । लक्का जवान बिहे नगरेका घरका जेठा सन्तान भविन्द्रको दुबै मृगौला विग्रिएको डाक्टरहरुबाट संकेत पाए । एउटा पूर्ण रुपमा विग्रिएको थियो भने अर्को पनि अन्तिम अवस्थामा । बाँच्ने आशा भरोसा टुट्यो । आशाको त्यान्द्रोसम्म रहेन । तर, मृत्युलाई जित्ने संर्घष अनवरत जारी रह्यो । अहिले पनि जारी छ । ‘मेरो जीवन यतिकैमा सिध्धिएछ जस्तो लागेको थियो ।’ उनी भन्छन्, ‘एकचोटी त नोबेल मै प्राण गएजस्तो लाग्यो ।’ अहिले महंगो औषधिले उनको जीवनको डोरी तन्किरहेको छ । र, बाँच्ने आशा पनि जीवित छ । नोवेलमा झण्डै तीनवर्षको उपचारपछि अहिले उनलाई काठमाडौंको टिचिङको लागि रिफर गरिसकेको छ । टिचिङले पनि उनलाई चाडै मृगौला बदल्नुपर्छ भन्ने जनाउ दिइसकेको छ । उनीसँग पैसा छैन् । यो बीचमा उनले ९ लाख खर्चिसके । मलेसियामा दुःख गरेर कमाएको सम्पती सक्किन लागेको छ । भएको घडेरी बिक्री गरेर आफ्नो जीवनको साइकल चलाउने सोचमा छन् । ‘९ लाख सिध्धिसक्यो । अझै १५ लाख रुपैया जति खर्च लाग्छ भनेको छ ।’ उनी भन्छन् । उहिले उनको बुबा रामबहादुर लावतीले उनलाई एउटा किड्नी दिन राजी भएका छन् । बाँच्ने आशा त पलाएको छ । तर, उनलाई किड्नी दिएर मात्रै पुग्दैन । त्यसका लागि उत्तिकै खर्च पनि चाहिन्छ । त्यो खर्च कसरी जुटाउने उनी चिन्तामा छन् । विदेशबाट उनलाई तीन साढेतीनलाख रुपैया सहयोग त आयो । तर, त्यो उपचारमै सकिसकेको छ । अव, आउने बाटो छैन । भएको जग्गा नबेची उनलाई थप उपचार गर्न पुग्दैन । र, भनेको बेला जग्गासमेत बिक्ने छाँट छैन । ‘यही दशैं अघि नै उपचार गराइसक्नु भनेर डाक्टरहरुले भनेका थिएँ ।, खर्च छैन । कसरी जुटाउने । जग्गा बेचौं समयमा बिक्दैन ।’ उनी चिन्तित मुद्रामा भन्छन् । बुबा रामबहादुरले बाँच्ने आशा त जगाइदिएका छन् । तर, खर्च अभावले उनलाई थिचेको छ । सहयोगको अपेक्षा राखेका छन् । तर, कहाँबाट आउँला ? यस्तै कुरा मनमा खेलाउँछन् । आउने सहयोग आइसक्यो । अव कस्ले गर्ला सहयोग उनलाई ? मनभरी यस्तै चिन्ता बोकेर दशैं पनि मनाएन् । उच्च रक्तचापलाई रोग नठान्दा मलेसियामै हुँदा उनलाई उच्च रक्तचापले भेटेछ । तर, उनले उच्च रक्तचापलाई रोगै ठानेनछन् । भन्छन्, ‘ब्लडप्रेसर रोगै ठानिन ।’ त्यही नै मृगौला फेल हुनको कारण बनेको उनी अहिले विश्वास गर्छन् । ‘मलाई त्यसैले हानेछ । आँखामा पनि हानेको छ ।’ उनी भन्छन् । अहिले उनी टाढाको दृष्य खुट्याउन सक्दैनन् । नजिकका मान्छे चिन्छन् । तर, टाढाको मान्छेहरु चिन्न सक्दैनन् । धमिलो देख्ने गरेको उनले बताए । मलेसियामै हुँदा उनको आँखाको ज्योति पनि गुम्दै गयो । आँखाको ज्योति गुमेको बारे साथीभाइलाई भने । सुरुमा साथीभाइहरुले विश्वास गरेनन् । तर, विस्तारै विश्वास गर्न बाध्य भए । अहिले उनी उच्च रक्तचापलाई सामान्य नठान्नका लागि अन्यलाई सल्लाह दिन्छन् । २८ वर्ष लक्का जवान भविन्द्रले ‘हाई ब्लडप्रेसर’ लाई सामान्य रुपमा लिँदाको परिणाम अहिले भोगिरहेका छन् । हरेकलाई उनको सल्लाह छ, ‘ब्लडप्रेसरले मुटु, मृगौला हान्छ भन्ने कुरा आफूलाई लागेपछि मात्रै थाहा पाएँ । त्यसैले सबैलाई यो रोगबाट बच्न सल्लाह दिन्छु ।’ परिवारद्वारा सहयोगको याचना सामान्य आर्थिक अवस्था भएका लावती परिवारले छोराको जीवन बचाइदिन आग्रह गरेका छन् । भाइ डिल्लीले भने, ‘दाजूको जीवन बचाइदिन सबैसँग आग्रह गर्दछु ।’ चारजना दाजूभाइ भएका लावती परिवार मध्ये भविन्द्र जेठा हुन् । दुबै मृगौला खराब भएपछि अहिले उनी घरमै बसेर संर्घष गरिरहेका छन् । सबैलाई सक्दो सहयोग गरी आफ्नो दाजूलाई बचाइदिनको लागि माइला भाइ डिल्लीले आग्रह गरे । त्यस्तै ज्वाई रमेश थापाले पनि आफ्ना जेठानको जीवन बचाइदिनको लागि आग्रह गरेका छन् । एक छोरा र श्रीमतीसमेत रहेका भविन्द्रको उपचारको खर्च करिव १५ लाख रुपैया लाग्ने बताइएको छ । उक्त खर्च जुटाउनको लागि उनको परिवारको सामथ्र्य नभएको ज्वाइ रमेश बताउँछन् ।