अहिले हाम्रो देशमा चिसो बढ्दै गएको छ। यसको साथै रुगाखोकीले पनि मानिसलाई सताउन थालेको छ । प्रायजसो मौसम परिवर्तन हुँदा रुघा खोकी देखा पर्ने गर्दछ ।

बिश्वमा सबैभन्दा बढि हुने संक्रमक रोगमध्ये  रुघा खोकी पनि एक हो। विश्वमा रुघा खोकी बाट पिडित नहुने व्यक्ति पाउन गाह्रै पर्छ किनकी जिवनमा एक न एकपटक सबैलाई रुघा खोकी लागेकै हुन्छ । रुघा भाइरसको संक्रमणले गर्दा फैलने सरुवा रोग हो । यो रोग रुघाबाट ग्रसित व्यक्ति ले हाँक्छ्यु गर्दा या खोक्दा अर्को व्यक्तिमा सर्ने गर्दछ । प्राय यो समूहमा बस्ने व्यक्तिहरूलाई चाँडै सर्ने गरेको पाइन्छ । हामि रुघाखोकीलाई साधारण सम्झेर त्यतिबढी ध्यन दिँदैनौ तर यहि रुघा बिग्रेर निमोनिया, दम, पिनास जस्ता रोगको कारण बन्न सक्छ । रुघाको लक्ष्णहरु निम्न रहेको छ: १) घाँटिमा खसखस हुनु । २) टाउको दुख्नु ३) नाक बन्द हुनु ४) चिसो लाग्नु र हाँक्छ्यु आउनु ५) स्वर भासिनु ६) हाँछ्यु आउनु ७) कहिले काही हल्का ज्वरो आउनु । रुघाबाट बच्ने उपाय

१) तातोपानी स्— रुघाको लक्षण देखिनासाथ तातोपानीको सेवन गर्ने । सकेसम्म रुघा लागेका बेलमा चिसोपानी कम सेवन गर्ने ।

२) नुनपानीले मुख कुल्ला गर्ने स्— घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने । दिनमा ४—५ पटक थुक निल्न गाह्रो भएको बेला मुख कुल्ला गर्ने ।

३) वाफ लिने स्— यस्तो अवस्थामा सादापानीको वाफलिनु एकदमै राम्रो हुन्छ । रुघा लाग्दा वाफ लिएमा केहि मात्रामा आराम प्राप्त गर्न सकिन्छ ।

४) तुलसा पानी स्— तुलसा पत्ताको रस र अदुवाको रसमा एक चम्मा मह मिसाएर दिनको तीन चार पटक सेवन गर्ने ।

५) तातोपानी ले नुहाउने स्— रुघा लागेको समयमा चिसो पानीको प्रयोक कम गर्ने । नुहाउदा पनि पानी तताएर नुहाउने ।

६) मास्क को प्रयोग गर्ने स्— रुघा लागेको समयमा मास्क प्रयोग गर्नु अत्यन्तै जरुरी हुन्छ । किनभने मास्कको प्रयोग गर्नाले धुलो धुवाँ मा भएको ब्यक्टेरिया जोगाउँछ र अरु मनिसमा पनि रुघा सर्न दिँदैन ।

७) लसुन तथा मह स्—  लसुनको तीन चार टुक्रा बनाइ महमा मिसाएर खाएमा रुघाबाट बच्न सकिन्छ । दिनको तीनपटक एकचम्चा यस्तो मिश्रण सेवन गर्ने ।

८) झोलिलो पदार्थ स्— रुघा लागेको बेला तातो झोलिलो पदार्थ सकेसम्म बढि पिउने र आलु, बैगुन, गाजर, लौका, फर्सी, दही, आचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने

९) मह र कागती स्— रुघालागेको बेला घाँटि दुखेको छ भने मह र कागति मिसाएर पिउनुहोस । यसो गर्नाले शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ र महले घाँटीको दुखाइ पनि केही मात्राम कम गर्छ ।

१०) मसालेरदार भोजनको सेवन स्— मसालेरदार भोजनले रुघा लागेको बेला राम्रो काम गर्दछ । तर मासुजन्य खाना , दूधबाट उत्पादित बस्तु र चिल्लो खाना सकेसम्म खानु हुँदैन ।