विराटनगर/ मोरङमा १२ वटा प्रदेश सभामध्धे ७ मा वामगठबन्धन, ४ मा काँग्रेस र १ मा संघिय समाजवादी फोरम नेपालले विजयी हासिल गरेको छ । क्षेत्र नम्बर १ को ‘क’, ‘ख’, २ को ‘ख’, ३ को ‘ख’, ४ को ‘क’, ‘ख’, ५ को ‘क’ मा वाम गठबन्धनले विजयी हासिल गरेको हो भने काँग्रेसले  २ को ‘क’ ३ को ‘क’, ६ को ‘क’, ‘ख’ मा र संघिय समाजबादी फोरमले ५ को ‘ख’ मा आफ्नो जित सुनिश्चत गरेको हो । मोरङको क्षेत्र नम्बर १ को दुवै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भए । ‘क’ मा माओवादी केन्द्रका कुलप्रसाद साम्बा (लिम्बु) ले १९ हजार ५ सय ५४ मत ल्याएर विजयी भए । लिम्बुका प्रतिस्पर्धी काँग्रेसका ललित अधिकारीलाई ४ हजार २ सय ९१ मतअन्तरले पराजित भए । काँग्रेसका ललितले १५ हजार २ सय ६३ मत पाए । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका उपेन्द्र प्रसाद घिमिरेले १७ हजार १ सय १७ मत ल्याएर विजयी भएका छन् । घिमिरेका प्रतिस्पर्धी नेपाली काँग्रेसका इश्वरी कोइरालालाई २ हजार ८ सय ७ मतअन्तरले पराजित भए । काँग्रेसका कोइरालाले १४ हजार ३ सय १० मत पाए । २ को ‘क’ मा नेपाली काँग्रेसका शिव नारयण गनगाईले १६ हजार ४ सय १८ मत ल्याएर विजयी भएका छन् । गनगाइको प्रतिस्पर्धी माओवादी केन्द्रका गणेश उप्रेतीलाई १ हजार ३ सय ११ मतअन्तरले पराजित भए । माओवादीका उप्रेतीले १५ हजार १ सय ७ मत पाए । सोही निर्वाचन क्षेत्रको ‘ख’ एमालेका लिला बल्लब अधिकारीले १८ हजार ३ सय ८६ मत ल्याएर विजयी भएका छन् । अधिकारीको प्रतिस्पर्धी काँग्रेसका घणिन्द्रबहादुर कुँवरलाई १ हजार २ सय ५९ मतअन्तरले पराजित भए । काँग्रेसका कुँवरले १७ हजार १ सय २७ मत पाए । वाम गठबन्धनको प्रभाव क्षेत्र रहेको ३ को एउटा क्षेत्रमा मात्र गठबन्धनका उम्मेदवार विजयी भए । ३ को ‘क’ मा काँग्रेसका सुयर्मा राज राईले २० हजार २ सय ९९ मत ल्याएर विजयी भए । राईका प्रतिस्पर्धी माओवादी केन्द्रकी गीता तिम्सिनालाई ९ सय मत अन्तरले पराजित भइन्  । माओवादी केन्द्रकी तिम्सिनाले १९ हजार ३ सय ९९ मत पाइन् । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका राजकुमार ओझाले २२ हजार ८ सय २० मत ल्याएर विजयी भए । ओझाका प्रतिस्पर्धी नेपाली काँग्रेसका ललित बहादुर श्रेष्ठलाई २ हजार ५ सय ३३ मतअन्तरले पराजित भए । काँग्रेसको गढको रुपमा हेरिएको ४ नम्बर क्षेत्रमा दुईटैमा वामगठबन्धनका उम्मेदवार विजयी भए । ४ को ‘क’ मा माओवादी केन्द्रका विजय कुमार विश्वासले १८ हजार २ सय ८९ मत ल्याएर विजयी भए । कार्कीका प्रतिस्पर्धी पूर्व डिआइजी तथा काँग्रेसका भक्तिनाथ माझीलाई ३ हजार ६६ मत अन्तरले पराजित भए । काँग्रेसका माझीले १५ हजार २ सय २३ मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा एमालेका जीवन घिमिरेले १३ हजार ८ सय ५ मत ल्याए विजयी भए ।  घिमिरेका प्रतिस्पर्धी काँग्रेसका विश्वनाथ रिजाललाई २ हजार १ सय ८० मत अन्तरले पराजित भए । काँग्रेसका रिजालले ११ हजार ६ सय २५ मत पाए । मधेशी सामुदायको बहुलेता रहेको ५ को ‘क’ मा एमालेका ज्ञानेश्वर राजवंशीले १२ हजार ८ सय ६८ मत ल्याएर विजयी भए । राजवंशी प्रतिस्पर्धी काँग्रेसका शुकदेवप्रसाद मण्डललाई ४ हजार ३३ मतले पराजित भए । काँग्रेसका मण्डले ८ हजार ८ सय २८ मत पाए । सोही निर्वाचन क्षत्रेको ‘ख’ मा संघिय समाजवादी फोरम नेपालका जयराम यादवलले ११ हजार २ सय १ मतले विजयी भए । यादवलका प्रतिस्पर्धी नेपाली काँग्रेसका राजेश गुप्ताललाई १ हजार २ सय ८३ मतअन्तरले पराजित भए । काँग्रेसका गुप्ताले ९ हजार ९ सय १८ मत पाए । नेपाली काँग्रेसको आधारभूमि मानिएको ६ को दुवै पदमा काँग्रेसका उम्मेदवार निर्वाचित भए । ६ को ‘क’ मा चुमनारयण तवदारले २३ हजार ५ सय १३ मत ल्याएर विजयी भए । तवदारका प्रतिस्पर्धी माओवादी केन्द्रका जीवन आचार्यलाई २ हजार ४३ मत अन्तरले पराजित भए । माओवादीका आचार्यले २१ हजार ४ सय ७० मत प्राप्त गरे । सोही निर्वाचन क्षेत्रको ‘ख’ मा काँग्रेसका केदार कार्कीले ११ हजार २ सय ९८ मत ल्याएर विजयी भए । कार्कीका प्रतिस्पर्धी एमालेका रमेश पोखरेललाई ३ हजार १ सय ७८ मतले पराजित भए । एमालेका पोखरेलले ८ हजार १ सय २० मत पाए । प्रतिनिधि सभाको मत गणन भए लगतै प्रदेशतर्फको मत गणना भएको थियो ।