[caption id="attachment_64487" align="aligncenter" width="783"] अपाङ्ग पुन: स्थापना गृह धरानका सञ्चालक भिमबहादुर रार्इ[/caption]

धरान/पछल्लिो समय ‘समाजसेवा गर्नेहरु माथि समाजसेवाका नाममा जनताका लुटेरा’को आरोप लाग्ने गरेको छ । यस्तो आरोप सफा ह्दय र सहि उदेश्य लिएर समाज सेवा गर्छु भन्नेहरुका लागि भने चुनौती बनेको छ । यस्तै चुनोतीको सामना गर्दैछन् भिम बहादर राई । धरान १ छाताचौकमा अपाङ्ग पुन: स्थापना गृह सञ्चालन गरिरहेका राई यस्तो चुनौतिबाट मात्रै गुज्रिएका छैनन् , खर्च जुटाउन पनि हम्मे परेको उनी बताउछन् । कराते खेलाडीबाट व्यवसायी हुँदै समाजसेवामा सर्मपित हुने विचारले यसमा लागेका राईको पनि परिवार छ ।‘श्रीमती र ७ सन्तान (५ छोरा २ छोरी ) उनले थपे, मेरो पनि परिवार छ तर परिवार भन्दा पनि यी अपाङ्गता भएकहरुको सेवा गर्न निरन्तर लागिरहेको छु ।

उनको व्यक्तिगत पहलमा खडा भएकाे संस्थाको मासिक खर्च ५० अजार रुपेयाको हाराहारीमा छ । उनलाई बेलाबेलामा दाताहरुको सहयोग आउने गरेको भए पनि खर्च जुटाउन हम्मे परेको उनी सुनाउछन् । सहारा समुह धरान, जोइन्ट ह्याण्ड सेफ धरान , दुङ्माली बान्त्वा छिवात्पङ राई समाजलगायतका संस्थाहरुबाट आर्थिक, भौतिक सहयोग मिल्ने गरेको राई बताउछन्। समय समयमा विवाह वर्ष गाठ, मानिसको जन्मदिन ,पितृका नाममा भोज खुवाउने र नगद सहयोग गर्नेहरुबाट प्राप्त सहयोगले संस्था धानिरहेको उनी सनाउछन् । ‘कहिलेकाँही त पुग्दैन नै, आफै खर्च गर्दै आएको छ । उनले थपे , '३ छोरा विदेशमा छन् । बेलामौकामा उनीहरुको सहयोगले यिनीहरुलाई अगाडी बढाउदै आएको छु।’

हाल उनी समाजिक अभियन्ताको उदाहरण पस्किने क्रममा छन् । समाज सेवाका नाममा फर्जि बिल र झुटो विवरण पेश गर्ने संस्था र व्यत्तिहरुका कारण विशुद्ध सेवा गर्नेहरुलाई अलिक अप्ठ्यारो पर्दो रहेछ ।’ उनले सुनाए । हाल उनले छाताचौकमा रहेको पुरानो सरकारी भवनमा पुन : स्थापना गृह सञ्चालन गरिरहेका छन् । शारीरिक अपाङ्गता भएकाहरु धेरैले सहयोग माग्न आउने गरेको तर परीक्षण गरेर सहयोग गर्न सक्नेलाई मात्र गृहमा राख्ने जिम्मेवारी लिने गरेको राईले बताए ।  शारीरिक अपाङ्गता भएकै कारण परिवार भाडिनेजस्ता समस्या समाजमा बढ्दै गएको छ । राईले भने, ‘शारीरिक अपाङ्गता भएकाहरु पनि राज्यका छोराछोरी हुन् । उनीहरुलाई राज्यले सक्ने सहयोग गर्न सक्नु पर्छ ।‘ हाल आफु समाजसेवामा दत्तचित्त भएर लागेको र परिवारको ठुलो सर्पोट मिलेको उनको भनाई छ । ‘परिवारको साथ नभएमा समाजसेवा गर्न असम्भव जस्तै छ ।’ उनले भने । २०५६ सालमा पन: स्थापना गृह स्थापना गरेका उनले हाल सम्म १७ सय भन्दा बढी शारीरिक तथा बौद्धिक अपाङ्गता भएकाहरुलाई सेवा दिइसकेका छन् ।