इटहरी ।प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा देश भरी बाम गठबन्धन पक्षमा दुई तिहाइ मत पाउँदै गर्दा सुनसरीमा भने काँग्रेस बलियो देखिएको छ । वीपी कोइराला हुँदै गिरिजाप्रसाद कोइरालाले चुनाव जित्दै आएको सुनसरीमा यस पटक नेपाली काँग्रेसले आफ्नो विरासत फर्काएको छ । सुनसरी क्षेत्र नम्वर ४ बाट बाम गठबन्धनलाई पछि पार्दै बहाललाला अर्थ मन्त्री एवम् नेपाली काँग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले काँग्रेसी राजनीतिको विरासत जोगाए । साविक क्षेत्र नम्वर ५ को धेरै भूगोल समेटिएको यो क्षेत्र काँग्रेसको आधार क्षेत्र मानिन्छ । तत्कालिन काँग्रेस सभापति गिरिजाप्रसाद कोइराला, पटक–पटक निर्वाचित हुँदै आएको यो क्षेत्रमा पहिलो संबिधान सभाको निर्वाचनमा भने सुजाता कोइरालालाई पछि पार्दै मधेस आन्दोलनबाट स्थापीत नेता उपेन्द्र यादवले काँग्रेसी विरासत तोडेका थिए । दोस्रो संबिधान सभाको निर्वाचनमा पनि उपेन्द्र यादबले निरन्रता पाए । अहिले ज्ञानेन्द्रबहादुर कार्कीले कोइरालाको विरासत फर्काएका छन् । उनले वाम गठबन्धनका रमेश श्रेष्ठलाई पछि पार्दै विरासत फर्काएका हुन् ।
यता नेपाली काँग्रेसमा रहँदा होस् वा पार्टीबाट बाहिरिएको अवस्थामा होस् । सुनसरी क्षेत्र नम्वर ३ बाट पनि काँग्रेस नेता विजयकुमार गच्छदारले आफ्नो जित सुनिश्चित गरे । उनी सो क्षेत्रबाट छैटौं पटक विजय भएका हुन् । तर, उनको जीतमा प्रतिष्पर्धी वाम गठबन्धनकी उमेद्वार भगवती चौधरीले धाँदली भएको भन्दै प्रश्न उठाएकी छिन् । उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसँग बाम गठबन्धनबाट भगवती चौधरीको प्रतिष्पर्धामा ३ सय २१ मतको अन्तरले विजय हात पारेका हुन् । गच्छदारले ३८ हजा ९ सय ७२ र चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरेका छन् ।
गच्छदारले २०७० सालमा संविधान सभा निर्वाचनमा फोरमबाट चुनाव लड्दा गच्छदारले सुनसरी एमालेमै अब्बल मानिएकी भगवतीसँग झिनो मतान्तरले जीत हात पारेका थिए । गच्छदारले काँग्रेसमा रहँदा २०४८, ०५१ सालको मध्यावधि र ०५६ सालको संसदीय निर्वाचनमा बिजयी भने २०६४ सालमा फोरम नेपालबाट र २०७० सालको निर्वाचन विजयी प्राप्त गरेका थिए । २०६४ सालदेखि मधेसवादी दलमा गएका गच्छदार दस बर्षपछि फेरि पुरानै पार्टीमा फर्किएर प्रतिनिधीसभाका लागि चुनाबी मैदानमा उत्रिएका थिए ।
२०७० सालको संविधानसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्वर ४ बाट जिल्लाकै प्रतिनिधित्व गरेका नेपाली काँग्रेसका नेता सिताराम मेहेताले यस पटक पनि बाम गठबन्धनका हिमाल सुवेदी (डम्वर) लाई पराजित गरी आफ्नो विजय यात्रालाई निरन्तरता दिए । देशभरै बाम गठबन्धनको लहर चलिरहेका बेला सुनसरीमा नेपाली काँग्रेसले प्रतिनिधीसभातर्फका चार सीटमा तीन सिट जितेको छ । काँग्रेसबाट सुनसरी २, ३ र ४ बाट प्रदेश सभामा पनि एक एक जना जितेका छन् ।
नेपालका पहिलो कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीले २०४८ सालमा चुनाब जिते पछि यो क्षेत्रका २०६४ सालमा माओवादीले जित हात पारेको थियो । यस पटक क्षेत्र न १ बाट बाम गठबन्धनका तर्फबाट एमालेका जयकुमार राईंले ४४ हजार ५ सय २८ मत ल्याई संघीय समाजवादी फोरम नेपालका बरिष्ठ नेता अशोक राईंलाई पराजित गरे । अशोक राईले काँग्रेसको तालमेलमा २२ हजार १२३ मत ल्याए ।
क्षेत्र नं. २ बाट नेपाली काँग्रेसका प्रतिनिधीसभाका लागि सीताराम मेहता बिजयी भएका छन् । २०७० सालको संविधानसभा निर्वाचनमा क्षेत्र नं. ४ बाट बिजयी भइसकेका मेहताले ४१ हजार ४९५ मत ल्याएर दोस्रोपटक बिजयी भएका हुन् । उनका प्रतिद्दन्दी बाम गठबन्धनबाट माओवादी केन्द्रका डम्मरु सुवेदी (हिमाल) ले ३५ हजार ३४९ मत ल्याए ।
२०४८ सालपछि गिरीजाप्रसाद कोइरालाले तीनपटकसम्म जितेको निर्वाचन क्षेत्र ४ मा यसपटक काँग्रेसका ज्ञानेन्द्र कार्की बिजयी भएर बिरासत जोगाएका छन् । उनले ३२ हजार ३४७ मत ल्याएर बजियी भएका हुन् । उनका प्रतिद्दन्दी बाम गठबन्धनका रमेश श्रेष्ठले २५ हजार ७५० मत ल्याए ।
प्रदेश सभा तर्फ क्षेत्र नं. १ ‘क’ बाट बाम गठबन्धनबाट एमालेका प्रदिप भण्डारी बिजयी भए । उनले १९ हजार २४३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्दन्दी लोकतान्त्रिक गठबन्धनका काँग्रेसका किशोर राईंले १३ हजार ७७० मत ल्याए । एमालेका सचिब भिम आचार्यले क्षेत्र नं. १ ख बाट बिजयी भएका छन् । उनले २० हजार २ सय ११ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्दन्दी लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका बुद्दि कट्वालले १२ हजार ९६४ मत ल्याए । यस अघि सुनसरी ६ बाट सविधान सभा निर्वाचनमा विजयी भएका आचार्य अहिले प्रदेशको मुख्य आकाक्षी हुन् ।
प्रदेशसभातर्फ २ ‘क’ मा एमालेका सर्वध्वज सावा बिजयी भए । उनले २४ हजार ६७४ मत ल्याएर बिजयी भएका हुन् । साँवा इटहरी नगरपालिकका पूर्व मेयर हुन् । उनका प्रतिद्दन्दी काँग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले १९ हजार २४५ मत ल्याए । क्षेत्र नं. २ ‘ख’ मा काँग्रेसका जिल्ला सभापति राजीव कोइराला १७ हजार ८९२ मत ल्याएर प्रदेश सभामा बिजयी भए । उनका प्रतिद्दन्दी बाम गठबन्धनका एमालेका रामप्रसाद मेहताले १६ हजार ४ सय ७५ मत ल्याए । मेहता उम्मेदवार मनोनयन गर्ने अघिल्लो दिन काँग्रेसबाट टिकट नपाएपछि एमालेमा प्रवेश गरेका थिए । उनी काँग्रेसमा छँदा क्षेत्र नं. ४ को क्षेत्रीय सभापति थिए ।
सुनसरी क्षेत्र नं. ३ ‘क’ तर्फ बाम गठबन्धन एमालेका लिलम बस्नेत बिजयी भए । उनले १९ हजार ६६५ मत ल्याउँदा प्रतिद्दन्दी नेपाली काँग्रेसका कुमार थापाले १७ हजार ६८१ मत ल्याए । सुनसरीमा अब क्षेत्र नं. ३ को प्रतिनिधीसभा, ३ ‘ख’मा काँग्रेसका अगमलाल चौधरी २१ हजार ४ सय २९ मत पाई जियी भएका छन् । उनका प्रतिद्वन्द्वी वाम गठबन्धनका रामदेव यादवले १७ हजार ५ सय ६८ मत प्राप्त गरेका छन् ।
क्षेत्र नं. ४ मा प्रदेशसभामा ‘क’ मा बाम गठबन्धनबाट एमालेका जगदीस कुसियत बिजयी भए । उनी १६ हजार छ सय ९० मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्दन्दी काँग्रेसका रेवती दुलालले १५ हजार २८२ मत ल्याए । यसअघि कुसियत ०५१ सालको उप निर्वाचनमा पनि विजयी भएका थिए । क्षेत्र नं. ४ ‘ख’ बाट नेपाली काँग्रेसका ताहिर मियाँ बिजयी भएका छन् । उनले ११ हजार ८२५ मत ल्याए । उनका प्रतिद्दन्दी बाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जाकिर हुसेनले सात हर ६७० मत ल्याए । जाकिर वाहालवाला विना विभागीय मन्त्री हुन् ।