धरान/मोरङ केराबारी–६ याङशिलाका मिलन लुङ्गेली मगर काठ व्यापार, बंगुर पालन, वोइलर कुखुरा हुँदै लेयर्स (अण्डादिने) कुखुरा पालनमा जमेका छन् । [caption id="attachment_66005" align="alignnone" width="1632"] तस्बिरः भोजराज[/caption] २०२२ सालमा बुबाको काखी च्यापेर धनकुटाको जीतपुरबाट याङशिला झरेका मगरको परिवार खेतीपाति मै मग्न थियो । राजनीतिककर्मी बुबाले राजनीति गर्दागर्दै २२ विगाहा पैतृक सम्पत्ति सिध्याए । उनको भागमा परेको मध्ये पनि १८ कठ्ठा ४ धुर जग्गा बेचिदिए । ‘खेतिपाति गर्ने कोही छैन, राखेर के गर्नु ?’ उनी भन्छन् । तर, उनैले अहिले १८ कठ्ठा जग्गा लिजमा लिएर श्री नवदुर्गा कृषि फार्म दर्ता गरेर लेयर्स कुखुरा पाल्न थालेका छन् । २०४७ सालदेखि काठको ठेक्कापट्टामा लागे । कहिले धनकुटा, कहिले सुनसरी, कहिले मोरङ धाउँदा धाउँदै जीवन बित्यो । त्यो छाडेपछि पूख्र्यौैली बंगुर पालनलाई व्यवसायिक बनाउन ७५ हजार रुपैया खोरमा खर्चिए । पाख्रिवासे क्रस र हेमसार जातका ४ माउ बंगुर र एउटा वीर पाले । तर, त्यसबाट नाफाको सट्टा घाटा सहनु प¥यो । त्यो छाडेर ५० हजार रुपैया लगानीमा बोइलर थाले । १ सयबाट थालेका उनले ५ सय कुखुरा पु¥याए । मासु बिक्री गर्न टाढा जानु पर्ने थिएन । घर छेवैको नेपाली सेनाको क्याम्पमा मासु र अण्डा बिक्थ्यो । त्यसको ठेक्का पनि उनैले पाए । मासुको लागि अन्त जानु पर्ने झन्झट थिएन । तर, अण्डाको पूर्ति डागीको डागी पोल्ट्री फार्मबाट गर्न थाले । ‘जहाँबाट पनि ल्याउनु पर्ने भएपछि आफैले पाल्न थालेँ ।’ उनी भन्छन् । उनका अनुसार जेठ १५ देखि लेयर्समा हात हाले । अण्डा दिन थालेको दुई महिना भयो । एक हजार २० लेयर्स पालेकोमा केही मरेर १ हजार २ वटा बाँकी छन् । दैनिक ९५० अण्डा दिन्छ । सरदर ११ रुपैया प्रतिगोटाले बिक्छ । ‘सबै यहाँको क्याम्प मै खपत हुन्छ ।’ उनी भन्छन्, ‘मागे भने कहिलेकाहीँ पानबारीसम्म पु¥याउँछु ।’ काठ, बंगुर, बोइलरको अनुभव बटुलिसकेका मगरको अनुभवमा लेयर्सबाट राम्रो फाइदा हुने बताउँछन् । ‘लेयर्सलाई ५–६ महिना पर्खिनुपर्छ ।’ उनी भन्छन्, ‘अण्डा दिन थालेपछि राम्रै फाइदा हुँदो रै’छ ।’ उनको अनुभवमा १११ दिनमा लेयर्स हुर्किन्छ । त्यो बेलामा औषधि, इन्जेक्सन दिनु पर्छ । अण्डा दिन थालेपछि दाना र सामान्य औषधिपानीमा खर्च हुन्छ । लेयर्समा ६ महिनाको अवधिसम्म करिव १२ लाख खर्च भइसकेको छ । अण्डा दिन शुरु भए यता दैनिक २ हजार ३ सयको हाराहारीमा कमाई हुन्छ । ‘यही रेसियोमा गयो भने महिनामा डेढलाख चोखो बस्छ ।’ उनी भन्छन्, ‘धेरै हाल्न सक्दा राम्रै आउने रै’छ ।’ लेयर्सबाट सन्तुष्ट मगर २०५० र २०६४ मा विदेश जाने चक्कर नकाटेका भने होइनन् । २०५० सालमा कुवेत जानको लागि पासपोर्ट बनाएर एजेण्टलाई २० हजार बुझाए । एजेण्टले २० हजार कुम्ल्याएपछि उनको चेत खुल्यो । विदेशको यात्रा रोकियो । २०६४ मा फेरि खाडी जाने तरखर गरे । तर, काठको ठेक्कापट्टाले अल्झाइदियो । बनाएको पासपोर्टको म्याद गुज्रियो । अहिले ४९ लागें । अहिले यही व्यवसायमा उनको मन अडिएको छ । ‘यसबाट धेरै नै सन्तुष्ट छु ।’ उनी भन्छन् । उनले पाँचजनाको परिवार यसैले धानेका छन् । परिवारको सहयोग छ । उनी नहुँदा छोरीले रेखदेख गरिदिन्छिन् । आफू मात्रै रोजगार छैनन् । परिवारलाई रोजगार दिएका छन् ।