[caption id="attachment_66183" align="alignleft" width="515"] फायलफाेटाे[/caption]

आँखाको लेन्समा दाग लागेपछि क्रमस आँखाको दृष्टि कमजोर हुँदै जान्छ । हाम्रो आँखाले कुनैपनि बस्तु स्ष्ट रुपमा ठिम्याउन छाड्छ । आँखाले देख्न छाड्छ ।

आँखाले रंगहरु फिका देख्छ । धमिलो देख्छ । प्रकाशको आसपासमा गोलो घेरा देख्छ । चहकिलो उज्यालोमा पनि हेर्न नसकिने, राती पनि दृष्टि कमजोर हुने । ठीक यहि अवस्थालाई मोतीबिन्दु भएको भनिन्छ । मोतिबिन्दु भएपछि के हुन्छ ?

स्वभाविक रुपमा हाम्रो दिनचर्या प्रभावित हुन्छ । आँखाको दृष्टि कजोर भएपछि सामान्य कामकाजमा कठिनाई आउँछ । हामी भने जसरी र चाहे जसरी काम गर्न असमर्थ हुन्छौ ।

अन्धोपन र डिप्रेसनको भय

स्वभाविक हो, जब हाम्रो शरीरले सहि ढंगले काम गर्न सक्दैन, हामीमा नैरश्यता पैदा हुन्छ । हामी हतोत्साही हुन्छौ । मानसिक रुपले कमजोर हुन्छौ । यहि कारण डिप्रेसनले गाँज्न थाल्छ । मोतिबिन्दुबाट सताइएकाहरुमा पनि यस्तो भय रहन्छ । उनीहरु डिप्रेसनमा जाने संभावना रहन्छ ।

तथ्यांकले के पनि भन्छ भने, विश्वभर हुनेमध्ये आधाजसो अन्धोपन तथा करिब ३३ प्रतिशत आँखाको कमजोरी मोतिबिन्दुले हुन्छ । विश्वभर करिब २ लाख मानिस मोतिबिन्दुको कारण अन्धोपनको सिकार भएका छन् ।

किन हुन्छ ?

शरीर बुढ्यौली हुँदै जाँदा आँखाको दृष्टि कमजोर हुँदै जान्छ । अर्थात मोतिबिन्दु उमेर बढेसँगै देखा पर्ने समस्या हो । तर, सधै त्यस्तो हुँदैन । उमेर नपुग्दै पनि यसले गाँज्न थाल्छ । यसमा अनेकौ कारण हुन्छ ।

– दुर्घटना वा विकिरणको प्रभाव

– जन्मजात पनि यस्तो समस्या आउन सक्छ

– मधुमेहको कारण

– धेरै उज्यालो प्रकाशमा लामो समय रहँदा

– धुमपानको कारण

कसरी बच्ने ?

धेरै उज्यालो प्रकाशमा आँखा जोगाउने । धुमपान नगर्ने । मधुमेह नियन्त्रण गर्ने । आँखाको सफाईमा ध्यान दिने । लामो समय कम्प्युटर, ल्यापटप, मोवाइल, टिभी नहेर्ने । बेलाखबत आँखालाई घुमाएर, यताउता हेरेर व्यायाम गराउने । बाहिर हिँड्दा धूलो, घामबाट आँखालाई जोगाउन चस्मा लगाउने ।

के छ उपचार ?

यदि मोतिबिन्दु भइसकेको अवस्थामा उपचारको केहि विकल्प अपनाउन सकिन्छ । सामान्य अवस्थामा चस्मा लगाएर पनि यसमा सुधार हुन्छ । कतिपय अवस्थामा भने आँखाको लेन्सको शल्यक्रिया गर्नुपर्ने हुन्छ । तर, यस्तो शल्यक्रिया सहज छैन ।

घरेलु उपचार

मोतिविन्दूको १० वटा घरेलु उपचार विधि पनि अपनाउन सकिन्छ ।

– सुप र धनियालाई समान मात्रामा लिएर त्यसमा सख्खर मिलाउने । यसलाई १०(१० ग्रामको मात्रामा बिहान(बेलुकी सेवन गर्दा लाभ हुन्छ ।

– ६ बदाम र ७ मरिचलाई पिसेर पानीमा मिलाएर छान्ने । त्यसमा मिश्री मिलाएर पिउँदा लाभ हुन्छ ।

– त्रिफलालाई पानीमा पिसेर पेस्ट बनाउने । यसलाई आँखामा राखेर पट्टी बाँध्ने ।

– १० मिलिलिटर प्याजको रस, १० मिलिलिटर मह र २ ग्राम कपूरलाई राम्ररी मिलाएर बोतलमा भरेर रख्ने । राति सुत्नुअघि आँखामा लगाउने । बिहान उठ्ने बेलामा पनि यसै गर्नुस । यसले मोतिबिन्दूमा धेरै फाइदा पुर्‍याउँछ ।

– गाजर, पालुंगो र अमलाको रसको सेवन गर्दा मोतिबिन्दू बढ्न पाउँदैन र दुई-तीन महिनामा नै आँखा सफा हुन्छ ।

– एक चम्चा पिसेको धनियाँ एक कप पानीमा उमालेर छान्ने । चिसो भएपछि आँखामा राखौ । यस्तो गर्दा पनि मोतिविन्दू ठिक हुन्छ ।

– गाईको दुध बढिभन्दा बढि पिउने, मेथी, भिन्डी, पालुंगो, केरा, अंगुर, स्याउ, अनार आदि अत्यधिक सेवन गरौ । अमिलो वा पिरो कुराहरु नखाने । कडा प्रकाश र मानसिक तनावबाट पनि बच्नु जरुरी छ किनकी यसले समस्यालाई झन् बढाउन सक्छ ।