विराटनगर/अग्लो पर्खालभित्रको भिन्न नियम, कडा अनुशासन, फरक स्वभाव र विशेषता बोकेकास“गको सहकार्यले पनि जेल भित्रको जीवन बाह्य संसारभन्दा अलगै देखिन्छ । विराटनगरस्थित सिंघिया खोला छेउको मोरङ कारागारमा पुग्दा यस्तैयस्तै अनुभूति भयो । [caption id="attachment_67620" align="alignnone" width="800"] तस्बिरः अनिल[/caption] ७ सय ७३ कैदीबन्दी रहेको उक्त कारागारमा ६ सय ६६ पुरुष बन्दी छन् । उनीहरमध्ये ४ सय ५० जना जेलभित्रै पौरख गरिरहेका छन् । बन्दीहरुले बा“सको मुढा, ढाकाको टोपी र फर्निचरको सामग्री उत्पादनसम्म गर्छन् । उनीहरु पत्रपत्रिका एवं पुस्तक पढ्ने, कपडा सिलाइ–बुनाइ गर्ने, लेख्ने र योगागर्ने जस्ता रचनात्मक काम गरेर समय बिताउ“छन् । बन्दीहरूकै लागि यहा“ कहिलेकाही विविध सीपमूलक तालिम सञ्चालन हुने गरेको कारागारका चौकीदार अभिषेक गिरी बताउ“छन् । यसबाट कैदीहरूको आर्थिक जीवनलाई सहज बनाएको छ । कैदीहरूको स्वास्थ्यलाई ध्यान दिदै जेल प्रशासनले भित्रै उपचारको व्यवस्था गरेको छ । थप उपचारका लागि कोसी अञ्चल अस्पतालमा लगिन्छ । चौकीदार गिरी भन्छन्, ‘जेल भिन्दै संसार भएकाले बन्दीहरूलाई सुधारगृहमाजस्तै परामर्श दिने गर्र्छौं ।’ बाह्य संसारको स्वतन्त्रता र घरपरिवारलाई सबैभन्दा बढी संझने गरेको बन्दीहरु बताउ“छन् । विराटनगरका सुर्यदेव गुप्ता ४ वर्षदेखि मोरङ कारागारमा छन् । कर्तब्य ज्यान मुद्दामा जेल परेका उनी मुढा बनाउ“छन् । ‘यहा“ आएदेखिनै मुढा बुन्दै आएको छु’,उनी भन्छन्,‘अरू पनि काम गरिरहेको हुन्छु । राम्रै आम्दानी भैइरहेको छ ।’ कैदीबन्दीले बनाएका सामाग्रीहरु सहजै बिक्री हुन्छ । मेहनतर र भरपुर कलाका साथ सामाग्रीहरु बनाइने हुनाले व्यापारीको माग पु¥याउन नसकेको चौकीदार गिरी बताउ“छन् । उनीहरुले बनाएको विभिन्न प्रकारको सामाग्री निकै टिकाउ हुने भएकोले माग आइरहने गर्दछ । उनीहरुले बनाएको मुडा २ सय ५० रुपैया“देखी ७ सय ५० रुपैया“सम्म पर्ने गर्दछ । ‘बा“साको डाइनीङ्ग सेट समेत निमार्ण हुने गरेको छ,’ चौकीदार गिरी भन्छन्, ‘डाइनीङ्ग सेट अटर आए मात्र बनाउने गरेका छौं ।’ डाइनीङ्ग सेट होटलहरुबाट बढी अर्डर आउने गरेको छ । यसको मुल्य ७ हजार ५० देखी १० हजार रुपैया“सम्म पर्दछ । उनीहरुले उत्पादन गरेको मुडा काठमाण्डौ, चितवन र विर्तामोड जाने गरेको छ । मुडा बनाउनेमा १ सय ७० जना कैदीबन्दी रहेका छन् । उनीहरुले प्रत्येक महिना १० देखी १५ हजार रुपैया“सम्म कमाउने गरेको छन् । कैदीबन्दीहरुले बनाउने मुडाको लागि आवश्यक पर्ने सामाग्रीहरु कारागार परिसरहरुमै उपलब्ध हुने गरेको चौकीदार गिरीले बताए । कारागार भित्र कैदीबन्दीहरुले मुडास“गै ढाका टोपी, भादगाउ“ले टोपीहरु डिजाइ अनुसारको बनाउने गरेका छन् । उनीहरुले बनाएको टोपी ३ सय ५० देखी ८ सय रुपैयासम्म विक्री हुने गरेको छ । १ सय २० जना कैदीबन्दीले टोपी बुन्ने गर्दछन् । बन्दीहरुले कारागार परिसर भित्र नै फर्निचरको सामाग्रीहरु समेत उत्पादन गर्ने गरेका छन् । अर्डन अनुसार उनीहरुले दराज, डाइनिङ्ग टेवल, पलङ्ग, चुरी स्टेशन, अफिस टेवल लगायतको सामाग्रीहरु उत्पादन गर्दै आएका छन् । जिमदेखी पुस्ताकलयसम्म उक्त कारागारको जेलभित्र अध्ययनका लागि पुस्तकालय, शारीरिक अभ्यास गर्न जिम हल, योगा, क्यान्टिन, सैलुन, टेलिफोन, खेलकुद मैदान जस्ता सुविधा उपलब्ध छन् । चौकीदार गिरीको पहलमा सञ्चालनमा आएको जिममा दैनिक ९० बन्दीले शारीरीक व्यायाम गर्छन् । करिब तीन लाखको लागतमा सञ्चालनमा आएको जिममा समय तालिका अनुसार बन्दीहरुले व्यायाम गर्ने गरेका छन् । विहान ६ देखी ११ बजेसम्म एउटा टोलीले व्यायाम गर्दछन् भने त्यसपछि १ घण्टा विर्साम गरी साझसम्म अर्को समूहले व्यायाम गर्दै आएका छन् । ‘प्राय अन्य कारागारमा चौकीदार र चाइकेहरुले मात्र जिममा व्यायाम गर्न पाउछन्,’ चौकीदार गिरीले भने, ‘आफुले सबै कैदीबन्दीलाई एक समानले हर्ने गरेको छु“ । जसलाई इच्छा हुन्छ व्यायाम गर्न सक्छन् । ’ पुस्ताकलयमा विभिन्न पुस्तकदेखी दैनिक रुपमा आउने गरेको पत्रपत्रिकाहरु रहेको छ । बन्दीहरुले समयको व्यवस्थापन गरी पत्रपत्रिकादेखी पुस्तकहरु अध्ययन गर्ने गरेका छन् । उनीहरु लाइबेरीमा कम्प्यूटर समेतको व्यवस्था गरेका छन् । कसैलाई कम्प्यूरट सिक्ने इच्छा हुनेहरुको सो व्यवस्था गरेको हुन् । कारागारमा बन्दीहरूकै लागि प्रौढ कक्षाहरुसञ्चालन गरिएको छ । जेलभीत्र बन्दीहरूले उपभोग्य सामग्रीका पसल सञ्चालन गर्छन् । बाहिर पसलमा पाइने सामाग्रीको मुल्य जतिनै जेलभित्रको पसलमा पनि त्यही नै पर्ने गरेको छन् । बन्दीहरुको सहजका लागि मुल्य सूची नै पसल बाहिर राखिदिने गरेका छन् । सो पसलबाट बन्दीहरुले छानीछानी मन परेको बस्तु खरिद गर्छन् ।