डोल्पा/ जिल्लामा पहिलोपटक आङ खस्ने महिलाको पहिचान गरिने भएको छ। दुर्गम तथा हिमाली जिल्लाका महिलामा आङ खस्ने समस्या बढ्दै गएको भन्दै वातावरणीय कृषि तथा विकास केन्द्र (केड) ले तथ्यांक संकलनमा सक्रियता देखाएको हो।

[caption id="attachment_68913" align="alignleft" width="383"] फायलफाेटाे[/caption]

महिलाहरूमा आङ खस्ने समस्याका कारणलगायत विषय समेटिएको एक अन्तक्र्रियामा महिला सशक्तिकरण केन्द्र डोल्पाले जिल्लाका २० प्रतिशत महिला आङ खस्ने समस्याबाट ग्रसित रहेको तथ्यांक सार्वजनिक गरेको छ।

साविकका पाँच गाविस त्रिपुराकोट, ल्हाँ, सुँ, सहरतारा, जुफाल र दुनैका करिब दुई सय ५० घरधुरीमा सर्वेक्षण गर्दा यो नतिजा आएको सशक्तिकरण केन्द्र डोल्पाकी कोषाध्यक्ष काली चलाउनेले बताइन्।

आफ्नो केन्द्रको आर्थिक सहयोगमा स्थानीय संस्थासँग मिलेर काम गर्दै जाने केड डोल्पाका संयोजक उमाकान्त भुसालले जानकारी दिए। उनले महिला सशक्तिकरण केन्द्र डोल्पाले तीव्र रूपमा काम गरिरहेको पनि बताए।

महिला सशक्तिकरण केन्द्रबाट ‘जोडीदार सहजकर्ता' राखिएको र उनीहरूले आङ खस्ने रोग भएका महिलाहरूको विशेष पहिचान गर्ने कोषाध्यक्ष चलाउनेले बताइन्। उनका अनुसार जाडीदार सहजकर्ताले महिनाको पाँच दिन महिलाहरूलाई आङ खस्ने समस्याबारे सुसूचित गर्नेछन्। साथै उनले ती सहजकर्तालाई महिनाको पाँच दिन प्रतिदिन आठ सयका दरले पारि श्रमिक दिने पनि बताइन्। तर हरेकका घर गएर महिलाहरूका समस्याबारे जानकारी लिन कठिन हुने जोडी सहजकर्ता एलिना विश्वकर्माले बताइन्।

शिक्षा तथा चेतनको कमीका कारण डोल्पाका महिलाहरूमा आङ खस्ने समस्या धेरै भएको अर्की जोडी सहजकर्ता धनचन्द्रा सार्कीले बताइन्। उनी भन्छिन्, ‘पर्याप्त पौष्टिकयुक्त खानाको कमी, अधिक परि श्रमका कारण यस्तो भएको हो।' साथै उनले महिलाहरूमा पहिलाजस्तो लाज हट्दै गएकाले सजिलै भन्न सक्ने भएका र जसका कारण रोगसम्बन्धी जानकारी दिन सहज भएको बताइन्।

जिल्लामा पहिलोपटक महिलाहरूको स्वास्थयलाई मध्यनजर गरी आङ खस्ने रोगसम्बन्धी खोजमूलक काम गर्न लागिएको केड डोल्पाका लीला टमटाले जानकारी दिए। उनले जिल्ला जनस्वास्थ्यसँग सहकार्य गरी काम गरिएको र कामको पहिलो चरणमै रहेको बताए। साथै उनले जिल्लामा यस्ता रोगबाट ग्रसित महिला धेरै भएका र पहिचानपछि चेकजाँच निःशुल्क गरिने पनि बताए।

अन्नपुर्णपाेष्ट