भद्रपुर । बिहानको चार बज्छ, तीन किलो चामलको कनिकाको पिठो अलिकती दाउरा र एउटा माटोको हाडी लिएर मालिकले दिएको जग्गमा बनाएको सानो टाटी वेरा गरेको भान्सामा हाजिर हुने गर्छिन एक जना उमेरले डाँडा काटेकी एक महिला । न त जाडो न गर्मी जुनसुकै वातावरणसँग लडाइ गर्दै हतार हतार विहानको ६ बजे निस्किने गरेको पनि ३८ वर्ष लागेछ उनको । झापाको साविक चन्द्रगढी गाविस १ हाल भद्रपुर नगरपालिका १० कलवलगुरी प्रशिक्षण सडकको नजिकै बस्दै आएकी ५६ वर्षिया तेली राजवंशीको यो भक्काको दैनिकी । भारतको बंगाल स्थित राइगञ्जमा बस्दै आएका उनका श्रीमान जन्धालु राजवंशीका सानै उमेरमा आमा बुवा वितेपछि फुपाजुले पाल्दै आएको अवस्थामा फुपालेनै विवाह गरेर नेपाल पठाइदिएका थिए । ०३४ सालमा झापाको चन्द्रगढीमा आएको उनिहरु सम्झिन्छन् । न आएको मिति थाह छ, न आफु जन्मिएको । चन्द्रगढीको खानेपानीको टंकी बन्दै गर्दा आएको र देउनियाको पक्की पुल बन्दै गर्दा भक्का डुलाउन सुरु गरेको उनिहरुलाइ सम्झना छ । राइगञ्जमा रहदा मेरो हजुरबुवाको १६ कठठा जमिन थियो । म सानै उमेरमा बुवा आमा वितेपछि मेरो दाजुले जमिन बेचेर खायो । उतीवेला अनिकाल थियो । खान नपाएकोले काम गर्न नेपाल छिरेको जन्धालु बताउँछन् । गाउँका धेरै जना काम गर्दै नेपाल बस्दै आएकोमा एक दिन जङगली हात्तीले खेदाएपछि अरु रातीनै भागेछन् , हामीमात्र बाँकी रहेउँ । साथी छुटेपछि यतैको बातावरण मन परो, मान्छेहरु चिनजान हुन थाल्यो अनि यतै बसेको जन्धालु बताउँछन् । दाजुका सन्तान उतै भएकोले कहिलेकाही पाहुना खान जाने गरेको उनको भनाइ छ । हाम्रो सन्तान भएनन सन्तानको मायाले हामीले भान्जी,दाजुको छोरी गरि पाँच जनालाइ सानैदेखि छोरी जस्तै पालन पोषण गरेर साधारण लेखपढ देखि लिएर सात कक्षा सम्म पढायौ, । अहिले पाँच मध्ये रुवीता भारतमा काम गर्दै पढदैछ, दिनज्योति साधारण पढेर विवाह गरिन र अहिले फुलमती घरको काम गर्छिन भने उनकी पाँच वर्षिय छोरी करुणा एल केजीमा पढाउदै आएको उनिहरु बताउँछन् । लामो समय बसोवास गर्दै आएकोले जन्धालुलाई जिल्ला प्रशासन कार्यालय झापाले २०१६ वैशाख ५ गतेको अन्दाजी जन्ममिति राखेर २०६३ माघ १० मा र २०१८ जेठ १० को जन्म राखेर २०६५ सालमा तेलीलाइ नागरिक्ता जारी गरेपनि आफु कती वर्ष पुगेको बारेमा दुवैलाइ जानकारी छैन । नेपाल आएपछि सोहि गाविसको वडा नम्बर २ मा रहेको विष्णु प्रसाद घिमिरेको जग्गामा बसेर मुराइको डल्ला बनाएर भद्रपुर बजारमा बेच्ने गरेको र केहिवर्षपछि मालिक कृष्ण दाहालले डेढ कठा जमिनमा बस्न दिएपछि सानो टाटीबेराको झुपडी बनाएर बस्दै आएको उनको भनाइ छ । मालिको अढाइ विगहा जमिनमा अधियाँ गर्दै आएको र जग्गामा बसेवापत वार्षिक डेढ मन धान पनि तिर्दै आएको उनिहरुले सुनाए । ‘जतीवेला नेपाल आइया,ै सो समयमा पैसा महङगो थियो, जमिन सस्तो भएर पनि नागरिक्ता नभएका कारण जमिन किन्न पाइएन उनले भने ।’ ‘अहिले नागरिक्ता भएर के गनर्,ु पैसा सस्तो छ, जमिन छोइनसक्नु भएको विगतलाइ सम्झिदै दुवैजना भावुक बने । ’ ‘उमेर जति सवै अरुको जमिन खेती गरेरै सकियो ,अब त गर्न पनि सकिदैन पैसा पनि छैन ।’ ‘मालिकलाइ खुसी पारेन भन,े निस्केर जा भन्ने डरले पनि सकिनसकी मालिको काम गर्दै आएको जन्धालु बताउँछन् ।’ यत्रो वर्ष मालिकको काम गरेर बसेका छौ, यसो बस्ने मात्र जमिन दिए आफ्नै जमिनमा मर्ने इच्छा रहेको उनिहरु दुखेसो पोख्छन् । ‘नागरिक्ता भएर के गर्नु, हामी सुकुम्बासीलाइ कसैले हेर्दैन ।’ आफुले भक्का बनाएर डुलाएको पनि ३८ वर्ष पुगेको तेली बताउँछिन । प्रति भक्का १० र ५ रुपैयाँको वेचेर नुन तेल साग सव्जीमात्र पुर्याउदै आएको उनको भनाइ छ । विहान ६ बजे देखि ९ बजेसम्म विभिन्न चोक गल्लीमा डुलाएर दैनिक खर्च कटाएर २ सय बचाउने गरेको तेलीले दैनिकी सुनाइन् । ‘एकदिन भक्का नबेचेमा घर खर्चनै अडकिने भएकोले सकुन्जेल सम्म निरन्तता दिदै गरेको तेलीले बताइन् ।’ विहान भरि भक्का बेच्ने र दिउँसो भक्काको सामग्री भेला पानुपर्ने उनले बताइन् । सुरुमा घिमिरेको घरमा आएर बसी छोरा छोरीको रेखदेख गरेको गुन लगाएकोले होला गएको फागुनमा विष्णु घिमिरेको वार्षिक पुराणमा परिवारले २५ हजार रकम दिएको तेलीले सुनाइन् । अन्य ठाउँवाट हालसम्म कुनै रकम नपाएको उनिहरुको भनाई छ । उमेर ढल्किएपछि नागरिक्ता वनाए । सरकारले दिने गरेको बृद्ध भत्तामा पनि उमेर नपुगेका कारण पाउन नसकेको उनको भनाई छ । बावा आमाको अवस्था हेर्दा ७० वर्षनाघेको देखिएपनि नागरित्तामा उमेर कम भएकोले भत्ता पाउन नसकेको धर्मपुत्री फुलमतीले बताइन् । भत्ता पाए घर खर्चमा केही सहयोग पुग्ने आशा राखेको उनले सुनाइन । ‘बुढा बुढी मरेपछि त, मालिकले मलाइ यहाँवाट खेदाउने चिन्ताले सताएको हुदा सास रहदै थोरै आफनै नामको जमिनमा बस्न पाए हुन्थ्यो उनले भनिन् । ’ माओवादीको विगवीगि भएको वेला पालेर राखेका सन्तानलाइ माओवादीले लैजान्छ भन्ने डरले राती – राती एक हप्ता सम्म सनपाटको बारीमा लुकाएर राखेको उनिहरुले बताए । ‘देशमा शान्ती आयो, अब त हामी गरिब दुखीको पनि केहि हुन्छ होला भनेर नेतालाइ भोट दिएपनि नेतावाट केहि काम नभएको जन्धालुले गुनासो गर्छन् ।’ ‘भोटको वेला आउँछन्, अरुबेला अनुहार देखाउदैनन, नेताको ठुलो –ठुलो घर हुन्छ हामी दुखी गबिलाइ कस्ले पो हेर्छन र । ’ केहि हुन्छ होला भनेर पञ्चायत कालमा काकरभिट्टा ,विराटनगर जस्ता ठाउँमा नारा लगाउदै गइयो मासु भात खाइयौ, उनिहरुले जितेर कहाँ पुगेहोलान हाम्रो अबस्था भने जहाँको त्यहि भएको उनिहरुले सुनाए । झापाको सदरमुकाम भद्रपुर नजिकै यस्तो जिवन गुजारी रहेका यी केहि उदाहरणमात्र हुन् । वर्षौदेखि भारतवाट कामको सिलसिलामा नेपाल छिरेर यतैका नागरिक बनेका यस्ता सुकुमवासीको भोट पाएर राजनीति गर्ने नेताहरुले थोरैमात्र मलहम पट्टि लगाएमा उनिहरुको आँशुल पीरोल्दैन थियो कि ?।