विराटनगर/ मोरङको जहदा गाउँपालिकामा निमार्णधिन एकीकृत भन्सार जाँच चौकी (आईसीपी) कछुवाको गतिमा निमार्ण कार्य सुरु भएको छ । भारतर्फको आईसीपीको निमार्ण कार्य पुरा भइ सञ्चालनमा आइसक्दा पनि नेपालतिर भने कछुवाको गतीमा निमार्ण भएको हो ।
[caption id="attachment_69800" align="alignleft" width="548"] सुस्त गतिमा निमार्ण कार्य हुँदै गरेको आईसीपि ।तस्बिर : अनिल श्रेष्ठ[/caption]
२९ मंसिर ०७३ मा आइसी निमार्णको लागि नेपालले जग्गा उपलब्ध गराएको थियो । माघ ०७३ देखि मात्र शुरु नेपालतर्फको आईसीपि निर्माण सुरु भएको बताइन्छ । निमार्ण कार्य सुरु भएको एक वर्ष बितिसक्दा पनि अहिलेसम्म आईसीपिले गति लिन सकेको छैन् । जानकारहरुको अनुसार आईसीपिको निमार्ण कार्य पुरा भइ सञ्चालनमा आउन अझै दुई वर्ष लाग्ने बताउँछन् ।
नेपाल भारत दुबैतर्फ एकै चोटी सन २०१४ सम्ममै आइसिपी संचालनमा आउनुपर्ने भएपनि नेपालतर्फ निर्माणमा ढिलाई भएपछि भारतले जोगबनीमा निर्माण गरेको जाँच चौकी सन २०१७ देखी नै औपचारिक रुपमा संचालनमा ल्याएको छ । नेपालतर्फ भने जग्गा अधिग्रहण र हस्तान्तरणमा ढिलाई हुँदा निर्माण कार्य ढिलो सुरु भएको थियो । तर, भारततर्फ भने आइसिपीमै भन्सार कार्यालय समेत सरिसकेको छ ।
विराटनगर, विरगंज, भैरहवा र नेपालगंजमा एकैचोटि संयुक्तरुपमा निर्माण गर्न लागिएको उक्त जाँच चौकीकालागि स्थानियले धार्मिक र साँस्कृतिक किचलो उत्पन्न गरि बाधा हालेकोले जग्गा अधिग्रहण गर्न ढिलाई भएको थियो ।
नेपालतर्फ तात्कालिन बुधनगर गाबिस ५ (हाल जहदा गाउँपालिका) का करिब चार सय घरपरिवारलाई मुअव्जा दिएर १ सय ६९ बिगाहा जमिन अधिग्रहण गरिएको थियो । तर जग्गा अधिग्रहण गरेको पाँच बर्ष बितिसक्दा पनि बिभिन्न कारणले गर्दा ठेकेदार कम्पनीलाई हस्तान्तरण हुन नसक्दा आइपसिपी निर्माण कार्य सुरु हुन सकेको थिएन । नेपाल सरकारले गत बर्ष बल्ल जग्गा हस्तान्तरण गरेपछि भारतीय निर्माण कम्पनी ‘दिनेश एण्ड सन्स’ले नेपालतर्फ पनि आईसिपी निर्माण सुरु गरेको हो । अधिग्रहण गरिएको जमिन मध्ये १२९ बिगाहामा आइसिपी निर्माण हुनेछ । लिंक रोडकालागि ४० बिगाहा छुटयाएको छ । संयुक्त रुपमा नेपाल भारत दुवैतर्फ बन्ने उक्त भन्सार नेपालतर्फ ८ सय ५० मीटर लम्वाई र ५ सय मीटर चौडाईको हुनेछ ।
आधुनिक सुविधासम्पन्न अन्तराष्ट्रिय स्तरको संयुक्त्त जाँच चौकी निर्माणकालागि नेपाल र भारतसरकारको सन २००५ मै सम्झौता गरेका थिए । आइसिपी निर्माणको मुख्य व्यवस्थापन परामर्शदाता कम्पनी एमएस राइटस लिमिटेडले लिएको थियो ।
आईसीपीको निमार्णबारे जानकारी दिदैन्
नेपालतर्फ निर्माण भैरहेको आइसिपीको निर्माण कार्य के र कसरी भैरहेको छ भन्नेबारे निर्माण कम्पनीले सुचना उपलव्ध गराउने गरेको छैन् । आइसिपी निर्माणबारे प्रगतिको सुचना लिन पुगेका पत्रकार र स्थानियबासीलाई मात्र नभएर सरकारी कर्मचारीहरुलाई पनि निर्माण कम्पनीको साइट कार्यालयले सुचना दिने गरेको छैन् । जानकारी लिन पुग्ने जो कोहीलाई निर्माण कम्पनीका कर्मचारीहरुले जे सुचना चाहिन्छ भारतीय दुताबासबाट लिनु भन्ने गरेका छन् । यहाँ सम्मकी के र कसरी निर्माण भैरहेको छ भन्ने बारे नेपालको आइसिपी परियोजनाको सहजीकरण कार्यालयले समेत जानकारी पाउने गरेको छैन् । सहजीकरण कार्यालयका इन्जिनियर बिनोद सिँहले सरकारी काममा सहजिकरण गरिदिने बाहेक आफुहरुसँग के र कसरी निर्माण भैरहेको छ भन्नेबारे कुनै सूचना नहुने बताए । उनले भने, ‘कति भवन र अन्य के के निर्माण हुन्छन र कति लागतमा कसरी भैरहेको छ भन्नेबारे हाम्रो लेबलमा कुनै सुचना आदानप्रदान हुँदैन । त्यो माथिल्लो तहलाई मात्र जानकारी होला,’ उनले भने, ‘जोगबनीको जस्तै फोटोकपी हो भन्ने मात्र हामीलाई मौसिक जानकारी छ ।’
निमार्ण कार्य चाँडो सक्न बाणिज्य सचिवको निर्देशन
विराटनगर जोगबनी भन्सार नाकामा निमार्णधिन आइसिपी चाँडो निर्माण कार्य पुरा गर्न
बाणिज्य सचिव चन्द्र घिमिरेले निर्देशन दिएका छन् । २८ पुसमा नेपालतर्फ निर्माणधिन आइसिपीको स्थलगत अनुगमन गरि चाँडो निर्माण सक्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन् । सचिव घिमिरेले आइसिपी निर्माणमा ढिलाई हुँदा उद्योगी व्यापरीहरुले सास्ती भोग्नु परिरहेको अबस्थाबारे प्रत्यक्ष जानकारी लिएपछि ठेकेदार कम्पनीलाई निर्माण कार्य चाँडो सक्न निर्देशन गरेका हुन् । तर सचिव घिमिरले निर्देशन गरेपनि नेपालतर्फको आइसिपी संचालनमा आउन अझै दुई बर्ष लाग्ने छ । आगामी डिसेम्बर सम्ममा निर्माण सक्ने चाहना भएपनि भर्खरै काम सुरु भएकोले सन २०१९ सम्ममा मात्र काम सम्पन्न हुनसक्ने निर्माण कम्पनीका प्रोजेक्ट सहजकर्ता अवधेश शाहले जानकारी गराएका छन् । नेपालतर्फ निर्माण सम्पन्न भैसकेपछि बिराटनगर जोगबनी भन्सार नाकामा दुवैतर्फ मालबस्तु जाँचपासमा सहजता आउने छ ।