नेपालमा राजतन्त्रको अन्त्य पछि प्राप्त गणतन्त्रको उदयको देन हो समाुपातिक निर्वाचन प्रणाली । नेपाल जस्तो हरेक हिसावले विविधता युक्त देशमा शोषण र विभेदका रुप पनि विविध छन् । किन की अहिले महिला, दलित, जनजाति, मधेसी, अल्पसंख्यक लगायतहरुलाई अनिवार्य सहभागी गराउनु पर्ने छ ।
त्यसमा महिलाहरुलाई ३३ प्रतिशत पुर्याउने निती संविधानले ग्यारेन्टी गरेको छ । संविधान अनुसार निर्वाचन आयोगले निर्देशिका तयार गरेको छ । त्यसमा पुरानै अनुहारहरुले बढी प्राथमिकता पाएको देखिन्छ । यसैमा अहिले देशमा दुई ठुला दलहरु माओवादी केन्द्र र एमाले बामगठबन्धन हुदै एकताको दिशा तर्फ अग्रसर भएर अगाडी बढिरहेको देखिन्छ ।
तर समृद्धीको बाटोमा हिड्न हरेक कुरामा महिलाहरुले परेड खेलिरहदा फेरी पनि न्याय र अन्यायका कुरा उठेका छन् । पार्टी नेताहरुको हविगत देख्दा खेरी बजार भरी हल्ला सुनिन्छ की पार्टीमा विचौलिया र चाटुकारहरुको लाम लागेको छ । आन्दोलनमा जिवन अर्पर्ण गरेका कमरेडहरु आज रछ्यानमा फेकीन्दै छन् ।
भखरै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको टिकट विरण प्रणाली हेर्दा पनि नेताहरुले कार्यकर्ताको कस्तो मुल्याङकन गर्दा रहेछन् भन्ने कुरा हो । हिजोको दिनमा आन्दोलनलाई यो उचाईमा पुर्याउनका लागी आफ्नो जीवनको बलिदान दिएर पार्टी क्रान्तिलाई अगाडी बढाउने साथीहरु आज पछाडी छोडिन्दैछन् ।
हिजो यो बाटो गलत भयो भनेर पार्टीलाई टुक्रा टुक्रा पार्नेहरु पछि आएर पुरानो क्रान्तिकारी भएर आज फुली थपीएर मन्त्री माननीय हुनुहुन्छ । यो कस्तो मुल्याङकन हो नेता को ? निर्वाचन आयोगले यस समानुपाितक तर्फको प्रदेशको मत परिणाम सार्वजानिक गरेका छ । पार्टीले सामानुपतिकको परिणाम अनुसार प्रदेश सभाको नाम समेत बुझाई सकेको छ ।
हाम्रो पार्टी माओवादी केन्द्रले पनि सामानुपातिक मतमा तेश्रो स्थानमा आएकोछ । यसो हुनुमा कस्को दोष ? भन्दा नेताको दोष देखिन्छ । किन कि टिकट वितरण प्रणालीमा यो मेरो मान्छे त्यो त्यसको मान्छे भन्नाले यस्तो परिणाम आएको छ । पार्टीमा लगानीको हिसावले टिकट वितरण भएको भए यस्तो हुने थिए होला ।
किन की नेता कार्यकर्ता सवै चुनावी अभियानमा उत्साहको साथ लाग्थे । पार्टीमा न्यायोचित तवरले समानुपातिक सुची बनाईएको भए यो अवस्था आउदैन थियो । यसमा पनि महिलाहरु बढी दोषी देखिन्छन् । त्यसमा न सुची न्यायोचित तवरले तयार पारियो न छनौट मै न्याय गरियो ।
नेता कहा धाउनेहरुको आवत जावत चलिरहेको छ तर ईमान्दार पार्टी प्रति वफादार, नेताकोमा पुग्ने जसलाई फुर्सद हुदैन उ पर्दैन पनि नेताले चिन्दैन पनि । एक थरी साथीहरु भन्दैछन् तपाई फलानो गुटको अरे उहाले नै कुरा उठाउनु भएको छैन रे । हो समस्या यही छ । बाल्यकाल देखी यो पार्टीमा छु । हाम्रो घरमा सेल्टर थियो । धेरै कुरा त्यही सिकीयो ।
कोही साथी शहीद भए कोहीले पार्टी आन्दोलनलाई तिलान्जली दिए । कोही पार्टी फुटाएर गए । कोही छन् । यो एकात्मक राजतन्त्रको अन्त्य संगै यो देशमा गणतन्त्र ल्याउनु पर्छ भन्ने सोचका साथ पार्टी आन्दोलनमा एकाग्र भएर निरन्तर पार्टीमा रहियो । अहिले त हाम्रो पार्टीमा प्रचण्ड, नाराणकाजी, बादल भनेर छुटिएको छ । तर छुटिएको कति भयो र ? म २०५८ साल देखी यही आन्दोलनमा सरिक छु ।
मलाई लाग्दैन की यी नेताहरु कुनै यस्तो कम्पनी होईनन् । जहा वाट आआफ्नो कारखानाका सामान बजारमा लगीन्छ । र त्यो पार्टी सन्चालन क्रममा विकसित केही शक्ति केन्द्र वा विचार केन्द्र हुन । जहा आआफ्नो ईच्छाले म निकट या टाढा हु । यो जिल्ला क्षेत्र सम्मको पनि कुरा हो ।
यहा प्रचण्ड, काजी, बादल भनेर पार्टी आन्दोलनमा आएको होईन । कम्युनिष्ट आन्दोलनमा सर्वहारा वर्गको मुक्तिको लागी पार्टी आन्दोलनमा सरिक भएर आन्दोलनमा लागेको हो । तर आज यस्तो पक्षधरतालाई तलै क्षेत्र नगर वडा सम्मै लगीन्दैछ । फलतः ईतिहासको अवमुल्यन भएको छ ।
कमरेडहरु अवसरको लागी सवथोक विर्सनु हुन्छ । पम्फा भुसाल, ओनसरी घर्ती, शसि श्रेष्ठ, हिसीला यमी कमरेडहरुको अगाडी हामी साना तिना फुच्ची हौला । उहाहरुवाट सिकेका हौ । सिक्नु पनि पर्छ । यती बेला उहाहरु कोही प्रतिनिधि सभाको प्रत्यक्ष, कोही समानुपातिक तर्फबाट खस आर्य, आदीवासी जनजाती, दलित, मधेसीको कलस्टरमा पहिलो दोश्रो नम्बरको दाबेदार हुनुहुन्छ । अर्थात सांसद पक्का ।
त्यसमा मलाई सांसद बनाएर र नबनाएर केही हुने हैन बनाए आफ्नो योग्यता क्षमता प्रदर्शन गरेर जनताको विचमा ईमान्दारी पुर्वक काम गर्थे होला तर नबिुझिएको कुरा के हो भने २०६४ मा पनि समानुपातिक सांंसद, संविधान सभा दोश्रो २०७० मा पनि सांसद र अहिले पनि सांसद हुदै मन्त्री सम्मको हुने होला ।
तर महिला अधिकारको वकालत गर्ने लगायत महिला नेतृत्वको अवस्था चाही किन पुरानै सोच हो ? समान अवसरको वकालत गर्ने नेतृहरु यति वेला पछाडि परेका कमरेडहरुलाई न्याय चाहीएको छ । तपाईहरुले सिकाएको न्याय हामीलाई दिने मौका पुरुषको हातमा हैन यहाहरुको हातमा सुरक्षित छ ।
तपाईहरु महिला नेतृत्वहरुले सिकाएको न्याय यदी हामीलाई दिन चाहानु हुन्छ भने कृपया म दोहोरिएर सांसद हुन्न भनी दिनुहोस् । यदी तपाईहरु समान अवसर प्रति साच्चै प्रतिबद्ध हुनुहुन्छ भने हजारौ शहिद वेपत्ता कमरेडहरुलाई साची राखेर भन्नु होस् । एक चोटी पनि सांसद बन्ने अवसर नपाएकोलाई सांसद बनाउनु होस् ।
अनि मात्र महिला आन्दोलनको सार्थकता हुन्छ । तपाईहरुले गरेको वकालतले अरुले पनि सिक्नेछ्न् । अनि मात्र महान महिला नेतृत्व हुन सक्नु हुनेछ र सवै महिला दिदिबहीनीहरुको नेतृत्व विकास हुन्छ । तपाईहरुले पाएको उमेद्वारी त्यागे‘ भन्नु होस तब मात्रै तपाईहरुले सिकाएको न्याय र समानताको कुराले सार्थकता पाउनेछ ।
नत्र नेपालीमा एउटा उखान छ ‘बिहान भरी भगवानको पुजा गरेर बेलुका सिकार खेल्न हिड्नेले धर्म कमाईदैन’ । म अचम्मीत छु सामानुपातिक लिस्ट हेर्छु सिनियर कमरेडहरु भन्दा अगाडी जुनियर कमरेहरुको नामहरु छन् । त्यो जनजाति होस् या खसआर्य वा दलित अल्ल्पसंख्यक मधेसी होस् ।
यो किन भो भने कुनै नेताको नजीक, कोही नेताको पिए कोही, नेताको नातेदार भएकोले उनीहरुले टिकट पाउछन् । कार्यक्षेत्रमा पार्टी प्रति काम गरोस् वा नगरोस् मतलव भएन । नेताहरुले पनि त्यस्तैलाई च्यापेर लगेको देखिन्छ । बन्दसुचीमा नाम राखे पछि आफ्नो कार्यक्षेत्रमा हैन नेताको क्वाटरमा, विहान उठेर सकेसम्म दॉतमाझेर उस्तै परे दॉत पनि नमाझी धाउनेलाई समानुपातिकमा राखिन्छ ।
भ्याएका जतिलाई लग्यो । नभ्याएकालाई आयोग सायोगमा तथा अर्को पल्टलाई सुरक्षित गर्ने आश्वासन दिएको देखिन्छ । जे होस् यसरी पार्टी आन्दोलन लाई सहि बाटोमा हिड्न गाह्रो हुन्छ । यसले फेरी विद्रोह पनि निम्त्याउछ । विहान नै दात नमाझी हिड्न बानी नबसाल्दा हामी भुमिका विहीन हुने स्थीतीमा छौ ।
यसलाई न्याय भनिन्दैन र समानता पनि यो होईन । जुन कुराको प्राप्तिका लागी आफ्नो जिवनको उर्वर समय खर्च गरियो । अन्तत अरुलाई न्याय कति दिईयो थाहा छैन ! तर न्यायको लडाई सिकाउनेहरुबाटै अन्यायमा परिएको महसुस भएको कुरा जगजाहेरै छ ।
लेखकः नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन । (खबरडबलीबाट)