धनकुटा । जिल्लाको छथरजोरपाटी गाउँपालिका वडा नं.६ नाम्जाङमा रहेको निगाले सिमेण्ट उधोगका संचालक एवं प्रमुख दिनेश पौडेल माथि सनिवार स्थानियले हातपात गरेका छन् । सिमेण्ट उधोग कति प्रदुषण गरिरहेको छ भनेर थाहा पाउनको लागी वातवरणविद्ध, उधोग प्रशासन र पिडित स्थानिय समुदाय विच स्थलगत रुपमा अनुगमन गर्ने क्रममा विवाद हुँदा उधोग संचालक एवं प्रमुख पौडेल माथि स्थानियले हातपात गरेका हुन । सनिवार विहान ११ वजे देखी निगाले सिमेण्ट उधोगको आसपासको सम्पुर्ण मानव वस्ती र स्थानिय वातवरणिय परिक्षणको लागी वातवरण तथा प्राविधिक परामर्श नेपाल इटहरीका परामर्शदाता पुष्प चौधरी र नेपाल वातवरणिय सेवा केन्द्र विराटनगरका रशायनशास्त्र विज्ञ पंकज कर्णको अगुवाईमा स्थलगत अनुगमन गरिएको थियो । अनुगमनको क्रममा वातवरिणय विज्ञ प्राविधिक टोलीको साथमा उधोग संचालक दिनेश पौडेल, सयौंको संख्यामा स्थानियवासीहरु समेत संगसंगै हिडेका थिए । सोही क्रममा त्रिपक्षिय अनुगमन टोलीले उधोगको सवै भन्दा नजिक घर भएका पिडित छथरजोरपाटी गाउँपालिका वडा नं.६ नाम्जाङका ८४ वर्षिया उदयवहादुर दाहालको कि.नं.३८५ को ४० रोपनी क्षेत्रफलमा लगाइएको अलैंचीवारी, घर जग्गा भएको कि.नं.३८६ को २० रोपनी घरवारीमा लगाइएको तरकारीवाली तथा वोट विरुवा, दिलवहादुर वस्नेतको कि.नं.५७८ मा लगाइएको १९ रोपनी अलैंची वारी, नेत्र वस्नेतको कि.नं. ३७८ को १९ रोपनी क्षेत्रफलमा फैलिएको अलैंचीवारी र घरवारीको स्थलगत रुपमा उधोगवाट निष्किएको प्रदुषणको स्याम्पल कलेक्सन प्राविधिक टोलीले गरेको थियो । त्यसैगरी वातवरण विज्ञ सहितको परामर्शदाताहरुको अनुगमन टोलीले सोही वडा निवासी भिष्म गुरुङ्गको नाम रहेको कि.नं.५१९ को ४२ रोपनी क्षेत्रफलमा रहेको चिया वगान, ढकमाया थापा गुरुङ्गको नाममा रहेको कि.नं.८१६ को २५ रोपनी क्षेत्रफलमा लगाइएको अलैचीवारी, डिल्ली वहादुर गुरुङ्गको कि.नं.३७७ को २० रोपनी क्षेत्रफलमा लगाइएको चिया वगान, प्रेमवहादुर गुरुङ्गको कि.नं.३७२ मा ७ रोपनी क्षेत्रफलमा लगाइएको चिया वगान, प्रेमवहादुर गुरुङ्गको कि.नं.२३३ मा रहेको १० रोपनी क्षेत्रफलको चिया वगानक र भिष्म गुरुङ्ग र ढकमाया थापा गुरुङ्गको नाममा रहेको ४ रोपनी घरवारीमा लगाईएको फलफुल लगायत अन्य वालीनालीमा पारेको वातवरणिय प्रभावको स्थलगत स्याम्पल लिएको थियो । सोही क्रममा सिमेण्ट उधोग नजिकै रहेको आईतवारे दुग्ध संकलन केन्द्र, आइतवारे शान्ति क्लव र आईतवारे कृषि समुहको साझा भवनमा आएर परामर्शदाता पुष्प चौधरीले वातवरणिय प्रभाव र असरको वारेमा पिडितहरुलाई जानकारी गराएका थिए । सो अवसरमा उनले उधोगले के कारणले डष्ट धुलो फालिरहेको छ भन्ने वारेमा जानरकारी गराएका थिए । चोधरीले जम्मा ६ वडा डष्ट कलेक्टर राखेको भए पनि २ वटाले मात्र का गरिहेको ४ वटाले नगरेको, गएको श्रावण महिनामा गरेको उधोगको एयरपोलसनमा भित्र डष्टको मात्रा ७५ डेसिवल रहेको र उधोग वाहिर ६५ डेसिवल रहेको जानकारी गराएका थिए । उनले सनिवार सेम्फलको रुपमा संकलन गरिएको नमुनाको रिजल्ट भने १५ दिनमा मात्र आउने जानकारी गराएका थिए । त्यसैगरी उधोग भन्दा ४५ मिटर भित्रको क्षेत्रमा पुरै डष्ट अत्याधिक मात्रामा असर गरेको र २ सय मिटर टाढावाट भने केही कमी हुँदै गएको पाइएको पनि चौधरीले जानकारी गराएको थिए । त्यसैगरी परामर्शदाता चौधरीले नेपाल सरकारको मापदण्ड अनुसारको उधोग भित्र मेटालिक तथा कङ्गक्रिट रोड नभएको, दैनिक सफा गर्नु पर्नेमा नगरिएको, डष्ट कलेक्टर भ्याकुम मेसिन प्रयोग नगरिएको, नेपाल सरकारको आधिकारिक ल्याववाट उधोग आसपासको एयर क्वालिटीको म्यापिङ्ग नगरिएको पनि जानकारी गराएका थिए । साथै उनले स्थानिय वासिन्दाहरुको हालसम्म मेडिकल चेकिङ्ग नगरिएकोले यी सवै मापदण्ड पु¥याएर निगाले सिमेण्ट उधोगले परिक्षण गर्नु पर्ने भन्दै सुझाव दिएका थिए । आफुले श्रावण महिना देखी नियमित उधोग वातवरणिय परिक्षणको लागी उधोगमा नियमित रुपमा कार्यरत रहने मेकानिकल इन्जिनियर रवि पाण्डेसंग समन्वय र सहकार्य गरिहेको पनि चौधरीले वताएका छन् । त्यसैगरी अर्का अनुगमन टोलीका राशायन शास्त्रका विज्ञ पंकज कर्णले सिमेण्ट उधोगमा एयर मनिटरिङ्ग नियमित नभएको, हरेक दिन एयर मनिटरिङ्ग गर्नु पर्ने, नगरिएको पनि औल्याएको थिए । न्वाइज (उधोगवाट आउने हल्ला) मापन गर्ने मेसिन नभएको र उधोग आसपासमा अत्याधिक मात्रामा कृषि वाली किसानहरुले लगाउने भएकाले कृषि विज्ञलाई पनि स्थलगत रुपमा अनुगमन गराएर ल्याव टेष्ट गराउनु पर्नेमा जोड दिएका थिए । सोही क्रममा वातवरण परामर्शदाता पुष्प चौधरीले आईइ रिपोर्टमा एयर पोलुसनको चेक दैनिक रुपमा गर्ने भनिए पनि एयर पोलुसनको गर्दा एक पटकको ४० हजार लाग्ने भएकाले वर्षमा १ पटक देखी २ पटकसम्म मात्र गर्न सल्लाह दिएको वताए पछि पिडित पक्षले आलोचना गरेका थिए । परामर्शदाता र उधोग संचालकको मिलेमतो र स्थानियवासीलाई आखाँमा छारो हाल्ने मात्रा काम गरेको भन्दै संचालक दिनेश पौडेल माथि पिडितहरुले हातपात गरेका थिए । उनीहरुले निगाले सिमेण्ट उधोगको प्रशासनिक भवनमा पनि ढुङ्गामुढा गरेका थिए । प्रशासनकि भवन र उधोग संचालक माथि हातपात र ढुङ्गामुढा भएपछि सिधुवा प्रहरी चोकीवाट आएका सुरक्षाकर्मीले मात्र सुरक्षा दिन नसके पछि हिले प्रहरी चौकीवाट पनि थप प्रहरी वल झिकाएर स्थिति नियन्त्रणमा लिएको थियो । घट्ना पछि प्रहरी प्रशासन, स्थानियवासी र उधोग संचालक विच छथरजोरपार्टी गाउँपालिका वडा नं.६ का वडाध्याक्ष दिलवहादुर थापाको रोहवरमा एक हप्ता भित्र सवै प्रदुषणको व्यावस्थापन गर्ने सर्तमा समहती भएको आन्दोलनकारीहरु तर्फवाट अगुवाको भुमिका निर्वाह गरिहेका दिपक गुरुङ्गले ब्लाष्टलाई वताएका छन् ।