प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा पहिलो हुनेले जित्ने (प्रत्यक्ष) प्रणालीमा कांग्रेसले नराम्रो हार बेहोरे पनि समानुपातिकमा राम्रै मत पाएको छ।
समानुपातिकमा उसले पाएको मतले जनतामा उसको प्रभाव नघटेको संकेत गर्छ भने प्रत्यक्षतर्फको परिणामले कांग्रेसका नेताहरूप्रति जनतामा अविश्वास रहेको देखाउँछ । समानुपातिक मतलाई आधार मानेर सन्तोष मान्न थालेको देखिए पनि कांग्रेस नराम्रोसँग पराजित भएकै हो । पराजयका धेरै कारण छन्। कांग्रेसमा गुटबन्दी र आन्तरिक विभाजन संस्थागतजस्तै भएको छ। कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि ६०/४० को भागबन्डा भयो। यस्तो भागबन्डाले अहिलेसम्म पनि निरन्तरता पाइरहेको छ ।
स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा खासगरी काठमाडौंमा विवेकशील साझा पार्टीले पाएको मतलाई हेर्दा कांग्रेसमात्र होइन एमालेजस्ता स्थापित ठूला पार्टीले युवा आकर्षित गर्न सकेका रहेनछन्। कांग्रेस र एमालेजस्ता पार्टीमा पनि प्रशस्त युवा छन् तर तिनीहरू आदर्श र सिद्धान्त बुझेरभन्दा पनि लहड र संगतका कारण लागेका छन्। अहिले कांग्रेस राम्रोसँग जनताको बीचमा पुग्न सकेको छैन । यसपालि देउवाले सायद चुनाव सार्न चाहेका थिए, किनकि कांग्रेस कमजोर रहेको उनलाई थाहा थियो। तर कांग्रेस पार्टी र देउवाको नेतृत्वमा सरकार नभएका भए चुनाव हुन गाह्रो थियो ।
स्थानीय तहको पहिलो चरणको चुनाव भएपछि अरू चुनाव गर्न नसकिने ठानेर प्रचण्डले सत्ता हस्तान्तरण गरेका थिए। देउवाको ठाउँमा वामपन्थीकै अरू कुनै नेता प्रधानमन्त्री भएको भए अहिले चुनाव हुन नसक्ने सम्भावना बढी थियो। मधेसकेन्द्रित दललाई राजनीतिक प्रक्रियामा ल्याउनमा देउवाको मुख्य भूमिका छ। समय पाएका भए मधेसकेन्द्रित दल र कांग्रेसबीच लोकतान्त्रिक गठबन्धन सम्भव थियो । कांग्रेस खुम्चिनुपर्ने केही कारण छैन। तर यो पार्टीले नेतृत्वका कमजोरीका कारणले मात्र हारेको हो। अहिलेको चुनावमा प्रत्यक्ष र समानुपातिक तर्फको भोटलाई आधार मान्ने हो भने कांग्रेसले होइन त्यसका नेताहरूले हारेको निष्कर्ष निकाल्न सकिन्छ ।
१. यो मुलुकमा युवाहरुको पहिलो रोजाइको पार्टी रुपमा नेपाली कांग्रेस रहेको छ। जसले युवाहरुको हकहित, मुद्दा मर्म र भावनाहरुलाई नेतृत्व गर्न सक्छ रअहिले त्यसमाथि सुनसरी नेपाली कांग्रेस पार्टीको नेतृत्व पंतिमा युवा नेताहरुकै बर्चस्व रहेको छ र राजिब कोइराला, सुजेन्द्र तामाङ, उमेश थापा ,किशोर राइ हेमकर्ण पौडेल, राजिब ढुंगाना, तिलक राइ , रमेश पोखरेल, सिजन गुरुङ,प्रकाश बस्नेत,बिकाश केसी,कुमार कटुवाल जस्ता भबिष्य र सम्भावना भएका नेताहरु छन ।
२. यस पालिको चुनाबमा युवाहरुले सुनसरीमा पार्टीलाइ जिताउन महत्वपूर्ण भूमिका खेलेर ने.बि. संघ, तरुण दल, बिद्यार्थी युवा साथीहरुको उल्लेखनिय सहभागिता देखियो र देवानगंज देखि बिष्णुपादुका गाँउ देखि सहर जहाँ पनि युवाहरुको उपस्थिति सँगै पार्टी प्रवेश कार्यक्रममा युवाहरुको अत्यधिक लहर थियो र भोट , उम्मेदवार को सुरक्षा, बुथको रक्षा सबै जिम्मेवार जिम्मेवारीको साथ युवाहरुले आफ्नो जिउ ज्यान सुम्पिएर भोक तिर्खा नमानी चुनाब मा अहोरात्र खटिएर त्यसैको बलमा सुनसरीले ४ क्षेत्र मध्ये ३ क्षेत्रमा नेपाली कांग्रेसले विजय भएर झन्डा फरफराउन सफल भयो ।
३. तर बिडम्बना दुखको कुरा सुनसरीको दुइ ठुला शहर धरान, इटहरी उपमहनागरपलिका सम्भावित छिटै भोलिको महानगरपालिकामा चै हामी चुक्यौ एउटा होइन सबै निर्बाचनमा हुनत चुनाब हार्नुमा धेरै कारणहरु होलान व्यक्तिको कमजोरी,बम गठबन्धन,कमजोर एजेन्डा या वा मुख्य कुरा त हामी नै कमजोरी रहयौँ ा
४. शिक्षित र धनि भेगको रुपमा अंकित यी दुवै शहरमा नेपाली कांग्रेसका साथी भाइहरु केन्द्रित गुठ को राजनीतिक स्वार्थमा रुमलिएका छन् । जिल्लाका सबै भेगमा जित्ने यी दुबैमा सधै जहिले पनि चुक्नु परेको छ ।
५. आपसी द्वन्द, शक्तिको खिचातानीले गर्दा कहिले हामी जनमासमा आफ्नो उपस्थिति दह्राे बनाउन सकिनौं मात्र आपसी स्वार्थ, बिबादले पार्टीको छबि धुलमुल्यायौँ ।
६.हामीलाई कहाँ अरु पार्टीले हाराको हाे त ? हामीले आफ्नै आफ्नोको खुट्टा तानेर आफ्नै पार्टीलाई हराका हौँ । घर पार्टी भित्रको कुरा संचारमाध्यममा खुल्ला अभिव्यक्ति मनोमानी तरिकाले दिनु,झुठो मुद्दा लगाई बाजी गर्नु, बिधान मिची मिची आफ्नो स्वार्थ पुरा गर्नु, बल र निषेध जो राजनीति संगै गुठको राजनीतिराजनीति ले हामीलाई सखाप पारेको होर
७. अब पनि यस्तै ताल रह्यो भने लेखे र राख्नुस हामि न सुद्रीए यो धरान इटहरीमा,काठमान्डूबाट गगन थापा दाइ झिकाएर चुनाब लडाए पनि जित्दैनौ र यो मेरो ठोकुवा रहयो ।
८.जुन ठाउँ शिक्षित, बिकसित छन् त्यहि बिभाजन वैमनस्यता गुठको राजनीतिले गर्दा त्यतिकै छन् ।
९. याद राख्नुस हामीले घात गरौला पछि अरुले प्रति घात गर्छ । आज मलाइ असहयोग गरे भोलि मैले अरुलाई गरौला यसरि त सिर्फ आफु रहला, गुठ रहला तर पक्कै पनि पार्टी रहदैन पार्टी भित्र आफ्नै लाइ दुस्मन ठानी सक्कौने हुदा पर्टिनै हामीले सकाउन लागिसकिम ।
१०. के को लागि राजनीति गरेको छौं । गुठ बनाउन, स्वार्थी पुरा गर्न, शक्तिको लागि कि मानब सेवा देश बिकासको लागि ।
११. यो हृदय देखि सोच्न जरुरि छ । समयले मुलुकमा युवा नेतृत्व चाहिरहेको बेला हामी सबै युवाहरु ले आफ्नो स्वार्थ, बैरभाब त्यागेर आफु र गुठभन्दा पार्टीलाई माथि राखेर हिड्न र सोच्न जरुरि छ ।
शक्तिको लागि हैन सेवाको लागि राजनीति गर्नु पर्छ भन्ने कुरा बुझ्न जरुरि छ । हामी कँहा नेर के के ले गर्दा चुक्यौं स्वार्थ चाप्लुसी गुठ त्यहि नेर यह कुराहरु आजबाट छोडेर आपसी हातेमालो गरेर, बिधि र बिधान भित्र रहेर, गुठको राजनीति अन्त्य गरेर पार्टीलाई मजबुत बनाउदै आगामी चुनाबमा नेपालि कांग्रेसलार्इ जिल्लामा मात्र हैन सिंगो देशमा विजय गराउनु पर्छ । लेखक नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य हुन ।
जयनेपाल