काठमाडौं । सातौँ दिनमा जोन तामाङ भेटिए । फूलचोकीमै । उनी फेला परेको भनी सातदोबाटोका डीएसपी विनोद सिलवालले जानकारी दिनुभएपछि अभिभावक संघका पूर्व अध्यक्ष सुप्रभात भण्डारी र म गोदावरीतर्फ लाग्यौँ ।
राती सवा आठ बजे उनलाई तल गोदावरीमा ल्याइयो । उनलाई एम्बुेन्समा राखेर बीएण्डबी अस्पतालतर्फ लगियो । उनलाई रामकाजी तिवारी र चन्द्र आलेले बोकेर तल झार्नुभएको हो ।
रेस्क्यु एसोसिएसन, र्याफ्टिङ एसोसिएसनका साथै स्थानीय सुन्दर सिंह लामा, विनोद आचार्य, अनिल खत्रीसहितको १९ जनाको टोली आज सुरुमै फुलचोकीको टुप्पामा पुग्यो ।
त्यहाँबाट तल झर्यो । रामकाजी तिवारी र चन्द्र आलेले उनलाई फेला पार्नुभएको हो । उनी हराएपछि म र भण्डारी दाइ पनि दुईपटक त्यहाँ पुग्यौँ । आज पनि राती कहिले नौधारा, कहिले कुन उकालो र कहिले कुन उकालो जानु पर्यो ।
रामकाजी तिवारीले उद्धार कार्यका बारेमा यसरी बेलिविस्तार लगाउनुभयो, ूहिजोको खोजी कार्य चित्त नबुझेपछि आज पुनः त्यहाँ पुग्यौँ । टुप्पामा पुगेर तलतिर झर्यौँ ।
जोन करिव दुई हजार मिटरको उचाइमा फेला परेको । सानो पोखरी रहेछ त्यहाँबाट दुई टोली छुट्टियो । हामी लाकुरी भञ्ज्याँग जाने बाटोतिर अझै दायाँ लाग्यौँ । करिव सात आठ सय मिटर तल झरिसकेपछि एउटा ब्याग भेट्यौँ ।
ब्यागभित्र एउटा पेन र चम्चा भेट्यौँ । शंका लाग्यो । दायाँ बायाँ हेर्दा मान्छे घस्रिएको ठाँउ भेट्यौँ । अझ तल हेर्दा मानिस उछिट्टिएर तल लडेको जस्तो देख्यौँ । तल गयौँ ।
एउटा मुढा ढलेको जस्तो रहेछ । त्यसभन्दा मुनी ठूलो पिपलको रुख जस्तो लडेको देख्यौँ । त्यसकै चेपमा अड्किएर बसेको देख्यौँ । ठिक ४ः४५ बजे भेटेका थियौँ । बीच बाटोमा टिफिन बक्स पनि भेटेका थियौँ । त्यो देखेपछि दाइ टिफिन बक्स भने ।
निकै खुशी लाग्यो । मानिस जस्तो देखे । मानिस लडेको जस्तो लाग्यो । फोटोको टोपी हेर्दा हन्ड्रेड पर्सेन्ट जोन हो भन्ने लाग्यो र जोन भनेर करायौँ । उ फर्कियो ।
हामी त्यहाँ पुगेपछि बच्चा रोयो । हल्का पानी खुवायौँ । बोतलभरिको पानी सबै खाइसक्ला जस्तो गर्यो । झाडीभित्र थियो । झाडी फाडफुड गर्यौँ । बाटो एकदमै गाह्रो थियो ।
हामीसँग एक पुडिया बिस्कुट थियो । सबै खाँदा गाह्रो होला भनेर आधा दियौँ । तल एकदमै झाडी छ । जोन फष्टमा रोयो । जोन हो भन्दा टाउको हल्लायो । धेरै कुराकानी गरेर डिस्टर्ब गर्न पनि मिल्दैन । प्रहरी, सेना बाटो बाटोमात्र गए ।
झोडमा हामीहरु मात्र गयौँ । त्यहाँ बाघको पाइला पनि देख्यौँ । त्यो बाटोमा एक दुई जना मानिसमात्र हिँड्न सक्दैन । डरलाग्दो छ । मालिँगोको घारीमा एकदमै डरलाग्दो छ ।
बँदेलले खनेको ठाँउ एकदमै धेरै छ । चितुवा र मृत सुतेको ठाँउ पनि धेरै देखिन्छ ।
साभार : गोरखापत्र दैनिकका पत्रकार प्रकृति अधिकारीको वालबाट