अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई मुलुकको संवैधानिक अंगको रुपमा रहेर राज्यकोष बाट हुने काम कारर्वाहीलाई व्यवस्थित र नियमसंगत गराउन प्रेरित गर्ने निकायको रुपमा स्थापित गरेको हो ।
तर राज्यकोषको दुरुपयोग हुन नदिन अख्तियारको भूमिकाप्रति जनविश्वास कमै देखिन्छ । अनियमितता रोक्ने प्रयासमा ठूला माछा कारर्वाहीमा नपर्ने, साना माछा मात्रै कारवाहीमा पर्ने गरेको गुनासो बढ्दो छ । आर्थिक लेनदेनका घटनामा संलग्नहरु प्रत्यक्ष पक्राउ पर्नु, अख्तियार सक्रिय भएर सार्वजनिक निकायको कारोबार सम्बन्धमा अनुसन्धान हुनुले साँच्चै आयोगको काम प्रभावकारी भइरहेको, अख्तियारको सक्रियता प्रसंशनीय जस्तो देखिए पनि उपलब्धी भने शुन्य जस्तै छ । अनुसन्धान गदै छौ भन्ने हाउगुजी बाहेक केहि हुन सकेको छैन । राज्यकोषको ढिकुटीबाट वार्षिक करोडौ अख्तियार चलाउँन खर्च भए पनि दुरुपयोग भने खासै रोकेको पाईदैन । यसरी हेर्दा अख्तियार वास्तवमै हाउगुजी मात्रै भई रहेको देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय कार्यालय समेत स्थापना गरेर भ्रष्ट्राचार, अनियमितताका घटनालाई न्यून गर्न सहयोग गर्ने अपेक्षा गरिएको थियो । तर, अख्तियारको क्षेत्रीय कार्यालय आफैं उपलब्धीका बारेमा अस्पष्ट र मौन जस्तै छ । प्रदेश नम्वर एकको इटहरीमा रहको कार्यलयको हालत पनि उहि छ । भएका उपलब्धीलाई सिधा प्रस्तुत गर्ने आँट नै क्षेत्रीय कार्यालयले गरेको देखिँदैन । अमूर्त ढंगबाट आफ्नो क्रियाशीलता रहेको मात्रै भनिरहेको छ ।
ठुला कार्यलयको उजुरीलाई कार्वार्हीको प्रस्ताव मात्र गर्ने तर विस्तृत अनुसन्धान सम्म सुरु गर्ने नसक्ने अख्तियारको काम के ? अख्तियारमा उजुरी परेर या अख्तियारको आफ्नै सक्रियताबाट अख्तियार दुरुपयोगका घटनाका बारेमा भए, गरेका कामको उपलब्धीलाई प्रस्तुत गर्ने सकेको छैन । अख्तियारमा उजुरी परेको संख्या र फस्र्यौट भएको संख्या मात्रै उल्लेख छ । फस्र्यौट हुँदा के कति मुद्दाहरु सफल भएर के कति असफल भन्ने जानकारी गराउने आँट स्वयम् अख्तियारले नै गर्न सकेको छैन । उजुरी परेको कुरा भन्न सम्म अख्तियार मान्दैन किन ? शुत्रवार क्षेत्रीय कार्यलय इटहरीका प्रवक्ता एसपी किशन सिंह थापालाई यो पत्तिकारले टेलिफोन मार्फत प्रश्न थियो जिल्ला वन कार्यलय विरुद्ध अनियमितताको उजुरी परेको हो ? परेको हो तर मेरो नाम कोट नगरीदिन है ? प्रवक्ताको भनाई यसको मलतब के ? उजुरीको परेको कुरा सम्म भन्ने हिम्मत नगर्ने अख्तियारले कार्वार्ही गर्ने हिम्मत राख्ला ? अख्तियार आफैंमा कारर्वाही गर्ने निकाय मात्रै नभएर जनचेतना अभिवृद्धि गर्ने, राज्यका निकायलाई नियमित ढंगबाट सदाचारसहितको सेवा प्रवाह गर्न प्रेरित गर्ने निकाय पनि हो । अनियमितता र भ्रष्ट्राचारपूर्ण व्यवहार नियन्त्रण गर्न सक्रिय हुनुपर्ने अख्तियारले राज्यलाई भ्रष्ट छ भनेर चिनाउने मात्रै नभई भ्रष्ट्राचार घटनाउने नयाँ अवधारणालाई पनि आत्मसात गर्नुपर्छ । तर, अझै अख्तियार गलतलाई मात्रै केलाउने मानसिकताबाट प्रेरित देखिन्छ ।
गलतसँग सँगै राम्रा व्यवहारलाई पनि प्रोत्साहन गर्नेतर्फ अख्तियारको ध्यान जानु जरुरी छ । अख्तियारले आफ्ना कामकारवाहीलाई पारदर्शी ढंगबाट अगाडी बढाउँनु पर्छ । अख्तियार प्राप्त व्यक्तिले पदको दुरूपयोग गरे वा नगरेको भन्ने अनुसन्धान गर्न बनेको संवैधानिक आयोग हो । नेपालको संविधान–२०७२, को भाग २१ अन्तर्गत धारा २३८ मा आयोगको गठनसम्बन्धी व्यवस्था गरिएको छ भने धारा २३९ मा आयोगको काम, कर्तव्य र अधिकार बारेको व्यवस्था छ । तर अहिले पूर्वको इटहरीमा स्थापना भएको क्षेत्रीय कार्यलयले यतीका बर्षमा बल्ल बल्ल एक दर्जन जति भुरा माछा पक्राउ गरेको छ तर ठुला माछाहरु भने माथिल्लो निकायको छत्रछायामा डुलिरहेको देखिन्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार भयो भन्दै धेरै वटा उजुरी अख्तियारमा परे । तर त्यो उजुरी उपर कहिले होला छानविन ? ठुला ,पैसावाल , र पहुँचवाल सम्म अख्तियार कहिले पुग्ला ? भष्ट्र कार्यलयहरु समक्ष कहिले पुग्ला अख्तियार यो भने हेर्ने बाँकी छ ।
अख्तियारले गरेका कार्वाहीमा आजका मितिसम्म घुस दिनेलाई पक्राउ गरेको कुरा खासै बाहिर आएको छैन । रंगेहात घुस लेनदेन भएका घटनामा पनि घुस दिनेहरु को हुन भनेर बाहिर आएको छैन । काममा प्रतिकुलता आएपछि घुस दिनेहरुले नै सेटिङ मिलाएर घुस दिन्छु, समात्न आउनु भनेर मात्र समातिएका छन । घुस दिनेहरुले नै सुराकीको काम गरेको देखिन्छ । अख्तियारले घुस दिनेलाई पनि कार्वाही गर्नुपर्छ । राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वी नारायण शाहले उतिबेलै घुस लिन्या र दिन्या दुवैलाई देशका शत्रु भनेका थिए । खै त यहाँ, दिनेहरु कहिलै पक्राउ पर्दैनन् ? अख्तियारले कर्मचारीहरुमा अख्तियारले हाउगुजी बढायो तर भष्ट्रचार भने रोकिएको छैन यो पक्का हो ।
अख्तियारले गरेका कतिपय सफल अनुसन्धान र बिगतका केही वर्षहरुमा यसले खेलेको भूमीकाको प्रशंसा नभएको होईन तर अख्तियारले दायर गरेका धेरै मुद्दाहरु असफल रहेका छन । मुलुकका हर क्षेत्रहरुमा खुलम खुल्ला भष्टाचार बढेको छ, आम नागरिकमा बिना कुनै लेनदेन काम हुन्छ भन्ने बिश्वास उठेर सर्वत्र निरासा छाएको देखिन्छ । तसर्थ अख्तियारको भूमिका वा यसका कमजोरीहरुको चर्चा अवश्य हुनुपर्छ । अझै मुलुकमा बढेको भ्रष्टचारको आंकडालाइ अख्तियारको कार्य प्रगतिको आंकडासंग जोडेर हेर्ने हो भने त झन अख्तियारमा कार्यरतहरुले नाक छोपेर हिड्ने वेला भएको छ । स्रोत ,साधन, प्रविधि र ऐन कानुनको अभावमा कार्यदक्षतामा असर केही परेको होला तर उपलब्ध स्रोत साधन र सहुलियतको आधारमा जे जति गर्नु पथ्यो त्यसरी गर्न सकेको छ भन्न पनि बिल्कुल सकिन्न । लामो समय सम्म स्थानीय निकायमा १० रुपैया सम्म घु खाएर आउँनेहरु पावरको भरमा यस्ता कार्यलयमा आए पछि यो कार्यलयको हालत के होला ? भनिरहनु पर्ला र ? अहिलेको अवस्थामा अख्तियार अघोषित शक्ति केन्द्र बनेको कुरा त राज्य संचालनको विषयमा सामान्य जानकारी राख्ने आम नेपालीहरुको लागि अब नौलो रहेन ।
अख्तियारको नेतृत्व गर्ने देखि सामान्य कर्मचारीहरुमा देखिएको दम्भ राणाकालिन शासकहरुलाई बिर्साउने खालको छ भन्दा फरक पदैन । अख्तियारले अनुसन्धान थाल्ने वित्तीकै त्यसको चर्चा परिचर्चा गराएर कोहि भ्रष्ट प्रमाणित हुनु अगावै उसलाइ भ्रष्ट बनाउने मात्रै हैन केहि साँचो भ्रष्टचारीहरुलाइ चोखिन आवश्यक पर्ने कदम चाल्ने मौका दिएको छ भन्दा अन्यथा नहोला । कसैको विरुद्ध परेको मुद्दाको छानविन हुनुहुदैन भन्न खोजिएको विल्कुल हैन तर परेको मुद्दाको शिघ्र अनि निष्पक्ष छानविन गर्दै भ्रष्ट भए जेल अनि स्वच्छ भएमा छाती फुलाएर काम गर्ने अवसरको ग्यारेन्टी हुनुपर्छ । मुद्दाहरुको छिटो, छरितो र विश्वसनीय अनुसन्धान अनि भ्रष्टचार प्रमाणित नहुँदासम्म कोहि भ्रष्ट कहलिदैन भन्ने सत्यको मनन गर्दै हल्ला हैन काम गर्नु अख्तियारको एजेन्डा बन्नु पर्छ । अख्तियार हल्ला मात्रै हैन काम पनि गर्दे रहेछ भन्ने अनुभुती जनतालाई कहिले गराउँने तसर्थ भष्ट कार्यलयहरुमा परेका उजुरीको विषयमा अख्तियार मौन वस्नु हुदैन ।
अख्तियारको फितलो अनुसन्धानले अपराधिहरु प्रमाणित हुदैन त्यसैले अख्तियारले हाउगुजी मात्र हैन साच्चै काम गरेर देखाउँनु पर्छ ।