तेह्रथुम । प्रदेश नम्वर १ का प्रमुख गोविन्द वहादुर तुम्वाहाङ्गले विकास र समृद्धिका लागि आफुले समन्वयनकारी भुमिका खेल्ने बताए । तेह्रथुमको सदरमुकाम म्याङलुङ्गमा किरात याक्थुङ्ग चुम्लुङ्गको आठौ जिल्ला अधिवेशन तथा मेयङलुङ स्तम्भको उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

प्रदेश नम्वर १ आर्थिक रुपमा प्रसस्त सम्भावना बोकेको प्रदेश भएकाले यस प्रदेशलाई आर्थिक रुपमा नमुना प्रदेश बनाउन सकिने प्रमुख तुम्वाहाङ्गले बताए । यो प्रदेशमा प्रसस्त खोलानाला, पर्यटकिय स्थल, धार्मिक स्थल, वन, कलकारखाना भएकाले यसको संरक्षण, सही सदुपयोग र पहिचान गरि आर्थिक लाभ लिन सक्नु पर्ने उनको भनाई छ । कार्यक्रमा चुम्लुङ्गका केन्द्रिय अध्यक्ष उत्तमसिंह थाम्देनले किरात याक्थुङ्ग चुम्लुङ्गले लिम्वु जातीहरुको भाषा, लिपि, सस्कृतिको लागि सदै लागि पर्ने बताए ।

म्याङलुङ्गको ऐतिहासिक पहिचन लिम्वु भाषामा मेयङ्को अर्थ विरालो र लुङ्गको अर्थ ढुङ्गा रहेको निर्माण समितिका सचिव तथा किरात याक्थुङ् चुम्लुङ्गका सचिव तेजमान कन्दङ्गवाले बताए । स्तम्भमा घन्टै पिच्छे विरालो कराउने प्रविधि जडान गरि पार्क समेत निर्माण भएको छ । म्याङलुङ्गको नामांकनसँगै जोडिएको यो स्तम्भ सम्पन्न गर्न २५ लाख बढी रुपैया लागेको निर्माण समितिले जनाएको छ ।

स्तम्भ निर्माणका लागि म्याङलुङ्ग नगरपालिका, किरात व्याक्थुङ चुम्लुङ्ग र चन्दातादाबाट आर्थिक संकलन गरिरहेको सचिव कन्दङ्गाले बताए । आदिमकालमा नागदहमा बटुवाले खाना पकाउन प्रयोग गरेको ढुङ्गामा कम्पन हुन थालेको र त्यो क्रम नरोकिए पछि रिसाउदै खुकुरी प्रहार गर्दा विरालोमा परिणत भई म्याउँ गरि कराएकोले तत्कालिन किरात राजाले त्यौ ढुङ्गाको पुजा गर्दै आएको मन्दिर नै हाल मेयङलुङ भगवती मन्दिर भएको किवदन्ती छ ।

सोही आधारमा मेयङलुङबाट अपभ्रम्स भई यो ठाउँको नाम म्याङलुङ्ग रहन भएको पूर्व सांसद तेजमान तुम्वाहाम्फेको भनाई छ । उद्धघाटन कार्यक्रम चुम्लुङ्गका जिल्ला अध्यक्ष गणेस सेनेको अध्यक्षतामा सम्पन्न भएको थियो ।