सुनसरी । नेपालीहरुको भड्किलो चाडपर्व मनाउँने परम्परा बढ्दो छ । पछिल्लो समयमा चाडपर्वमा रहनसहन समेत बद्लीदो छ । मानिसहरुको विलासी जिवन शैलीको कारण अहिले साना तिना पर्वहरुमा मिठो मसिनोको नाममा मासुको अत्याधिक प्रयोग हुन थालेको छ । रहनसहन र रमाईलोको नाममा मासुको अत्याधिक प्रयोग हुन थालेको पाईन्छ । विशेष गरी चाढपर्वहरु तथा खुशियाली मनाउदा माछामासुको परिकार पनि माँसहारीका लागि अपरिहार्य जस्तै वन्न थालेको छ । रंग तथा खुशियालीको पर्वका रुपमा लिइने पर्व होलीका अवसरमा पनि पुर्वीै नेपालका वजारहरुमा मासुको अत्याधिक माग भएको ब्यापारीहरुले वताएका छन । इटहरीका सामु ब्यापारी मुन्ना शाहले विहिवार वेलुका देखि शुक्रवार दिउँसो सम्म मासुको विक्री अत्याधिक मात्रामा भएको वताए । उनले भने अचेल भरी साना तिना पर्वमा पनि मासु विक्री गर्ने भ्याई नभ्याई हुने गरेको उनी वताउँछन । पुर्वका मुख्य शहरहरुमा मासु पसलहरुमा विहानै देखि मासुका पारखीहरुको भिड लागेको अर्को इटहरीका मासु ब्यापारी हरि वस्नेत वताउँछन । अन्य दिनका तुलनामा मासु खरिद गर्न आउनेहरुको संख्या अत्याधिक भएका कारण विक्रेताहरुलाई भ्याईनभ्याई छ उनले पनि शाहकै शब्द दोहोर्याए । बजारमा अहिले मासु खाने पारखीहरुको संख्या बढेको देखिन्छ ,मासु विक्रिको आधारमा अनुमान लगाउँदै बस्नेतले भने । आज त मासु बेच्नै भ्याईएन उनले मुसुमुसु हास्दै भने । पुर्वको व्यापारीक केन्द्रका रुपमा रहेको इटहरी वजारमा रहेका मासु पसलहरुमा पनि मासु खरिद गर्नेहरुको अत्याधिक भिड देखियो । धेरै जसो पुर्वका वजारहरुमा खसीको मासुको माग अत्याधिक रहेको र कुखुरा ,वँगुर लगायतका मासुहरुको समेत माग अन्य समय भन्दा वढी हुने विक्रेताहरु वताउछन । कतिपय मासु खरिद गर्न आएका मानिसहरुले भिड धेरै भएका कारण घण्टै पर्खनु परेको इटहरी १९ की सविता राई वताउँछिन । आफु पर्व मनाउँन मासु किन्न बस्दा झण्डै आधा घण्टा पर्खनु पर्यो उनले भनिन् । मासु नखादा पर्वनै हैन जस्तो लाग्छ उनले हास्दै भनिन् । कतिपय चाढपर्व मनाउदा तथा खुशियाल साटसाट गर्ने समयमा मासुका पारखीहरुका लागि मासुका परिकार अपरिहार्य जस्तै वन्दै गएका कारण पुर्वमा चाढपर्वको समयमा अन्य समय भन्दा वढी मासुको माग हुने गरेको पाइन्छ । इटहरी १९ का हर्क गिरी भन्छन् घरमा मासु नहुदा नानीहरु रमाउँदैनन् उनले भने । पर्वमा मासु खाने परम्परा जस्तै भएको उनको तर्क छ । होली सँगै दिनभर मासुको परिकारमा रमाएको उनको भनाई छ । तर चाडपर्व भड्कीलो हुदै गएकोमा भने उनी चिन्ता ब्यक्त गर्छन । होली पर्व आगमनसँगै प्रेम तथा सद्भाव झाँगिन्छ । समयसँगै चाडपर्व र संस्कृतिका रूप र पक्षहरू परिवर्तन हुँदै जान्छन् । जीवनसँगै गतिशील हुँदै अघि बढ्दा चाडपर्वहरू पनि एकै रूपमा कायम रहँदैनन् । कतिपय हराउँदै जान्छन् भने कतिपयले नयाँ अर्थबोध र स्वादसँगै आफूलाई जीवन्त राख्छन् । तर चाडपर्वको नाममा भड्किलो परिवेशले भने समाजमा चुनौती थपिदो छ । चाडपर्व देखासेखीको रुपमा समेत गईरहेको कारण यस्ता पर्वलाई भड्किलो बनाउँनु हुदैन ।