पथरी/अपाङगता भएको व्यक्ति समाजमा प्राय अपहेलीत हुने गरेका छन् । तर त्यहि अपाङ्गता भएको व्यक्तिले बनाएका तथा निमार्ण गरेका जुनसुकै चिजवस्तुहरु सपाङ् व्यक्तिहरुले सहजै प्रयोग गदै आएका छन् ।
व्हीलचियर पछि बैसाखी टेकेर धेरै समय पछि ती दुवै साधनबाट बिसाएका मोरङको कानेपोखरी–४ स्थीत हात्ति डुबाका अपाङगता भएका व्यक्ति ४६ बर्षीय पूर्णप्रसाद गुराँगाईले अहिले घरमै उद्योग संचालन गरी राम्रो आम्दानी गर्दै आएका छन् । उनले घरमै बसेर “सनलाईट मैनबत्ति”उद्योग र सूर्यमुखी बहुउदेशीय किसान समूह मार्फत विऊ आलु उत्पादन कृर्षी खेती संचालनमा ल्याएका छन् । उनले तीन महिने जिल्ला स्तरीय विऊ आलु उत्पादन तालिम लिएर अहिले विऊ आलु उत्पादन गर्ने र विऊ आलु सम्बन्धि तालिमहरु दिने काम गर्दै आएका छन् । उनले २०७१ साल देखि विऊ आलु उत्पादन गर्दै बेच्ने विखन गर्न थालेका छन् । प्रति केजी २० हजार रुपैया पर्ने विऊ ल्याएर पहिलो पुस्ताको रातो आलु खुमल जातको विऊ आलु उत्पादन गरी प्रतिकेजी ५० रुपैयाले बजारमा बेच्ने गरेको उनि बताउँछन् । पहिलो पुस्ताको विऊ आलुबाट १ केजी बराबर ४० केजी र १ कट्ठा बराबर २० मन सम्म उत्पादन हुने उनि बताउँछन् । उनले प्रत्येक बर्ष आफ्नो १२ कट्ठामा आलु उत्पादन गर्ने गरेको गुरागाई बताउँछन् ।
त्यसैगरी उनले “सनलाईट मैनबत्ति” उत्पादन गरी पूर्वको बजारमा छ्याप–छ्यापती बनाएका छन् । उद्योग दर्ता गरी गुराँगाईले ९ बर्ष अघिबाट आफ्नै घरमा “सनलाईट मैनबत्ति” उद्योग संचालन गरी मैनबत्ति उत्पादन गर्दै आएका छन् । उत्पादित मैनबत्ति विराटनगर देखि पूर्वको बजारहरुमा विक्री बितरण गरी गुजारा चलाउर्दै आएका छन् । गुराँगाईले फुर्सदको समयमा प्राय विहान बेलुकी आफ्नो परिवारको सहयोगमा मैनबत्ति बनाउने काम गदै आएका छन् । मैनबत्ति बनाउन कहिले कहि आफ्ना १५ बर्षीय छोरी समिक्षा, ८बर्षिय जुम्लीय छोरा सुसन र शिशिर र श्रीमती तेजकुमारीले सहयोग गर्ने गुरागाई बताउँछन् । उनले मैनबत्ति निमार्ण गर्दा लाग्ने कच्चा पदार्थ विराटनगरबाट ल्याउने गरेका छन् । मैनबत्ति पहिलो र दोस्रो दर्जा गरेर दुइ किसिमको हुने भएपनि यस उद्योगमा गुणस्तरीय,टिकाउ हुने पहिलो दर्जाको मैनबत्ति मात्र बन्ने गरेको उद्योग संचालक गुरागाई बताउँछन् । अहिले मैनबत्ति रु १५ देखि ५० रुपैया सम्म पर्ने, माग अनुसारको उद्योगमा मैनबत्ति उत्पादन भइरहेको छ । दिपावलीमा बत्ति बाल्न रु १ रुपैया प्रतिगोटा पर्ने मैनबत्तिकोे धेरै माग आउने गरेकोले अरु बेला भन्दा चाँडपर्वमा त्यस किसिमका धेरै बिक्रीहुने उनि बताउछन् । मासिक २ सय केजी देखि ३ सय केजी सम्म मैन उत्पादन गर्ने गरेका छन् । खर्च कटाएर बार्षिक ३ लाख आम्दानी हुने उनी बताउछन् । बजारमा माग भएअनुसार आफुले उत्पादन गर्ने नसकेको उनी दुःख पोख्छ ।
घर धान्न बिहान बेलुकी बार्षिक टयुसनहरु पढाउने गरेका छन् । उति खेर एसएलसि सम्म पास गरेको गुरागाईले गाउँघरमा टयुसनको राम्रो टिचरको रुपमा परिचित छन् । उनले संस्थागत र सरकारी विद्यालयमा पढ्ने कक्षा ७ सम्मका विद्यार्थीहरुलाई गाउँमा ग्रुप बनाएर बिहान र बेलुकी दुई पल्ट पढाउने गरेका छन् ।
धेरै पैसा कमाउन गएको विदेश व्हीलचियर मार्फत घर
धेरै पैसा कमाउने सपना बुनेर २०६३ सालमा बैदेशीक रोजगारका लागी मलेसीया पुगेका गुरागाई ३ महिना पछि व्हीलचियर मार्फत घर आई पुग्दा सबै अचम्मीत भएका थिए । उनी मलेसिया पुगेको ३ महिना १५ नबित्दै बस्ने कोठाको तेस्रो तलाको झ्यालबाट भुइमा खस्दा दुवै खुट्टा र मेरुढण्ड भाचिन्दा उपचार पछि व्हीलचियरमा घर आएका थिए । बिदेशबाट धेरै पैसा कमाएर ल्याएर सुखी परिवार सहित जिउने गुरागाई परिवारको सपना अधुरै रहयो । उनी सुतेको ठाउँबाट उठेर विहानको ४ बजे २५ मिटर तल खसेर सक्त घाइते भएका थिए । उनको दुइवटै खुट्टा भाच्निुका साथै मेरुढण्ड पनि भाच्चिएको थियो । उनी राती निद्राबाट उठे पछि भ्याललाई पनि ढोका सम्झेर गएपछि यसरी दुर्घटना भएको उनी बताउछन् । उनले भने–‘केहि नभएको झ्याल थियो, नत झ्यालको ढोका, नत बार नै थियो । एकै चोटी हस्पीटलमा मात्र होस आयो ।’ डाक्टरहरुले मानसिक तनावको कारण घटना घटेको बताएका थिए । मलेसीयामा आफु बसेको जेसीवाइ कम्पनीले उपचार गरिदिए पनि घाउ निको नभइ कन प्लेन टिकट मात्र दिएर नेपाल पठाएको थियो । काठमाडाैं आएपछि थप उपचार गर्दा आफ्नो ४ लाख र ५ कट्ठा जग्गा पनि सकिएको उनि बताँउछन् । उनले अहिले निलो ‘ख’ बर्गको कार्ड पाएको दुई बर्ष भयो । निलो ‘ख’ बर्गको कार्ड पाए पछि उनिले अहिले मासिक ६ सय रुपैया सरकारी भक्ता पाउने गरेको उनि सुनाउछन् । उनि कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समिति कानेपोखरी सदस्य हुन ।
उन धेरै समय सम्म व्हीलचियर मार्फत दिनहरु विताएका थिए । त्यस पछि बैसाखी द्रारा हिड्ढुल गर्न सक्ने भए । पछि पछि बैसाखी जस्तै सहज हुने साइकलको प्रयोग गर्न थाले पछि विभिन्न व्यावसाय सुरु गरेको उनि बताउँछन् । मेरुढण्ड सम्बन्धि आन्तरीक अपङ्गाता भएकोले कहिले निक्को नहुने उनि दुखेसो पोक्छन् । अहिले पूर्णरुपले निक्को नभए पनि वरपर हिडढुल गर्ने र साइकलमा सवार सहजै गर्ने सक्ने भएका छन् । गुरागाईको ४ जना छोरा–छोरी र श्रीमती छन् । उनले उपचार क्रमको बसाइमा काठमाडाैं बस्दा खगेन्द्र नवजिवन केन्द्रद्रारा १ महिने निःशुल्क मैनबत्ति तालिम लिएका थिए । त्यस तालिमले अहिले आफ्नो गुजारा चल्ने व्यावसाय बनेको उनी सुनाउछन् । उनले घरमा आएर मैनबत्ति उद्योगमा २ लाख लगानीमा सुरु गरेका थिए ।
उता ऋण गरेर गएको रकम र ऋण गरेर आफ्नो उपचार गरेको खर्च अझै तिर्न बाँकी रहेको उनको भनाइ छ । उनलाई एस भि एसोसिएस ओभरर्सिस मेनपावरबाट डिल्ली हुदै मलेसिया पुप्याएका थिए । मेनपावरको डाइरेक्टरले दिओरियन्टेल इन्सोरेन्स विमा कम्पनीमा विमा गर्देका थिए । पछि अंगभङ् भएपछि नेपालमा आएर विमा कम्पनीलाइ विमा गरेको विमा भुक्क्तानीको माग गर्दा तेरो रकम थोरैको विमा गरेकोले विमा नपाउने भने पछि विमा कम्पनीबाट पनि आफुले रकम नपाएको उन बताउछन् । ढिङ्ग उभिन नसक्ने अति असक्क्त भएकोले निलो कार्ड ‘ख’ बर्गको कार्ड दिएको र अपाङगता भएको व्यक्तिलाई आस्वासन मात्र दिने तर सहयोग कसैले पनि नगरेको कानेपोखरी गाउँपालिका अपाङ्गता समन्वय समितिको सचिव नगेन्द्र बस्नेतले बताए ।
स्थानीय सरकारबाट सक्दो सहयोग हुनु पर्ने बस्नेत बताउँछन् । अहिले कानेपोखरी गाउँपालिकामा सवै प्रकारका ११ सय अपाङ्गता भएको व्यक्ति हरु रहेका छन् ।