गर्मी याम सुरु हुँदै छ र यससँगै मदिराका पारखीहरूमा बियरको माग पनि बढ्दैछ। तथ्यांक हेर्ने हो भने मदिराजन्य पदार्थहरूमा बियर सबैभन्दा बढी उपभोग गरिने पेय हो। नेपालकै मदिरा उपभोगको कुरा गर्दा सन् २०१६ मा विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको एउटा प्रतिवेदनमा देशमा कुल मदिरा उपभोगको ४७ दशमलव ३ प्रतिशत बियर बिक्री हुने गरेको छ। यसको तुलनामा यस्तै हलुका मदिराजन्य पदार्थको कोटिमा राखिएको वाइनको बिक्री भने मुश्किलले १ प्रतिशत रहेको छ ।
विश्व स्वास्थ्य संगठनले मदिरा उपभोगको दृष्टिले नेपाललाई स्वास्थ्य जोखिमको तेस्रो श्रेणीमा राखेको छ । यस अर्थमा हलुका मदिराजन्य पेय मानिएको बियर या वाइन होस् या व्हिस्की या रम नै मदिरापान स्वास्थ्यका लागि कदापी राम्रो हैन तर अल्कोहोलको मात्र थोरै हुने र नशा पनि कम लाग्ने भएकाले अन्य मदिराजन्य पदार्थको तुलनामा बियर पिउनु कम जोखिमपूर्ण मात्र हैन फाइदाजनक पनि रहेको छ।
बियरको निर्माण जौ, गहुँ, मकै, चामल जस्ता अनाजलाई जैवरासायानिक प्रक्रियाद्वारा हुन्छ जसलाई किन्वन या फर्मेंटेसन प्रक्रिया भनिन्छ। यो प्रक्रिया अन्य मदिराजन्य पदार्थ तयार गर्न अपनाइने आसवन या डिस्टिलेसन् भन्दा फरक हुन्छ। कुनै कुनै बियार्हरूमा त विभिन्न जडिबुटीहरू र सुगन्धित पदार्थहरू पनि मिसाइने गरेको पाइन्छ। नेपाली बजारमा पाइने बियर सामान्य प्रकारका नै हुने गर्दछन्। र अन्य मदिराजन्य पेयका मामिलामा यसका केही फाइदा पनि छन्।
बियर पिउँदा हुने प्रमुख १५ फाइदा यस प्रकार छन् :
- पाचन शक्ति बढ्ने- बियरमा घुलनशील फाइबर पाइने भएकाले यसले पेट र आन्द्रा सफा गर्न मद्दत गर्दछ र यसले पाचनशक्ति बढ्ने हुन्छ।मुटु बलियो हुने-थोरै थोरै मात्रामा बियरको सेवनले मुटु सम्बन्धी समस्याहरूबाट टाढा राख्दछ। यदि हप्ता-दुई हप्तामा एक या दुई पेग बियरको सेवनले शरीरमा राम्रो कोलेस्ट्रोल अर्थात् एचडीएलको मात्रा बढाइदिन्छ। जसले मुटुका धमनीहरूमा रगत जम्ने जोखिम कम हुन्छ।
- मृगौलाको पत्थरी हुनबाट जोगाउँछ –बियर पिउने मानिसहरूमा मृगौलाको पत्थरीको समस्या अन्य मानिसको भन्दा ४० प्रतिशतले कम हुन्छ।
- विभिन्न पोषक तत्वहरू पाइने- बियरमा म्याग्नेसियम, सेलेनियम र पोटासियम जस्ता पोषक तत्वहरू पाइन्छन्। यसका अतिरिक्त यसमा क्रोमियम, भिटामिन बी र बायोटिन जस्ता तत्व पनि पाइन्छन्।
- भिटामिन-बीको स्तर बढाउने- प्रचूर मात्रामा भिटामिन-बी पाइने भएकाले पनि बियर फाइदाजनक मानिएको हो। यसमा भिटामिन-बी १, बी २, बी ६ र बी १२ पाइन्छ यसका साथै यसमा एन्टी एनिमिक( रगतको कमीबाट बचाउने तत्व) पनि पाइन्छ।
- हाडहरू बलियो हुने– बियरमा सिलिकन पाइने भएकाले यो हाडहरूका निम्ति फाइदाजनक हुन्छ।
- अनिद्राको बिमारीबाट राहत – बियरमा ल्याक्टोफ्लेविन र निकोटिनिक एसिड पाइन्छ यी तत्वहरू अनिद्राको बिमारीमा फाइदा पुऱ्याउने हुन्छ।
- रगतमा डल्ला पर्नबाट रोक्ने- रगतमा डल्ला पर्न (ब्लड क्लोटिंग) रोक्ने भएकाले बियरले हृदयाघातको समस्याबाट बचाउने गर्छ।
- स्मरण शक्ति दुरुस्त राख्ने- बियर पिउनेहरूमा अल्जाइमर या डिमेंसिया जस्ता स्मरण शक्ति सम्बन्धी रोगहरू लाग्ने सम्भावना कम रहन्छ।
- तनाव मुक्ति- बियर तनावको अवस्थामा पनि फाइदाजनक देखिएको छ।
- स्वस्थ र सुन्दर छालाका लागि– बियरले पिग्मेंटेसन दुरुस्त गर्ने र छालामा नयाँ कोशिकाहरू उत्पादन गरेर छाला स्वस्थ र चिल्लो बनाइराख्न समेत मद्दत गर्दछ।
- व्यवस्थित क्यालोरी – एउटा ६ सय ५० एमएलको सामान्य बियरको बोतलमा २ सय ८४ क्यालोरी, शून्य चिल्लो पदार्थ, २३ दशमलव ४ ग्राम कार्बोहाइड्रेट, ३ ग्राम प्रोटिन र १ प्रतिशत क्याल्सियम पाइन्छ।
- एन्टीअक्सिडेंट- बियरमा पर्याप्त मात्रामा एंटीअक्सिडेंट पाइन्छ जसले शरीरका कोषहरूलाई मर्मत गर्ने गर्दछ। बियर जौबाट बन्ने भएको र जौ उत्कृष्ट एन्टीअक्सिडेंट हो। जौका कोषभित्ताहरूमा फेरोलिक एसिड पाइन्छ जुन एन्टीअक्सिडेंटको काम गर्दछ।
- औषधिको रूपमा बियर- एक बोतल बियरलाइ तताएर त्यसमा ४ चम्चा मह राखेर सेवन गर्दा रुघा-खोकीबाट राहत मिल्दछ। यसले रक्त संचार दुरुस्त गर्दछ र नाक बन्द भएको, जोर्नीहरू दुखेको समस्यामा पनि फाइदा पुऱ्याउँछ।
- कपालको लागि फाइदाजनक- महिलाहरू स्वस्थ र सुन्दर कपालका लागि पनि बियरको प्रयोग गर्ने गर्दछन्। यसका लागि उनीहरू बियरले कपाल धुने गर्दछन्। साथै छालालाई बियरले क्लिन्ज गरेमा यसले छालालाई युवा देखिन मद्दत गर्दछ।
यस्ता प्रकारका फाइदाहरू देखिए पनि बियर आखिरमा रक्सि नै हो र यसले केही फाइदा पुग्ने जस्तो देखिए पनि शरीरलाई रोगहरूको घर बनाउने नै हो। साथै थोरै थोरै बियर सेवन गरेर फाइदा लिन्छु भन्दाभन्दै रक्सी पिउने बानी नै पर्ने डर पनि हुन्छ। एउटा स्वस्थ व्यक्तिले प्रतिदिन ३ सय ७५ एमएल भन्दा बढी बियर सेवन गर्नु खतरापूर्ण नै मानिन्छ।