हिजोआज धेरैजना पाइल्सबाट पीडित छन् । तसर्थ पाइल्स किन हुन्छ ? के कारणले गर्दा हुन्छ ? भन्ने कुरामा धेरैको चासो रहेको पाइन्छ । केही मानिस पाचन तन्त्रमा आएको खराबीको कारण पनि पाइल्स भएको सोच्ने गर्छन् । कोही कब्जियतका कारण पाइल्स भएको बताउने गर्छन् । जब कि पाइल्स पेटको खराबी तथा कब्जियतका कारण मात्र नभई अन्य विभिन्न कारणले समेत हुने गर्छ ।
पाइल्स भएमा मलद्वारबाट रगत आउने, मलत्याग गर्दा पीडा हुने, पेटको तल्लो भाग दुख्ने तथा मलद्वार चिलाउने र पोल्ने गर्छ ।
यस्तो समस्या भए तुरुन्तै उपचार गर्नुपर्छ अन्यथा यसले अल्सर, क्यान्सरजस्ता गम्भीर समस्या निम्त्याउनसक्छ ।
पाइल्स हुने केही कारण
गर्हौा वस्तु उठाउनु
गर्हौ वस्तु उठाउनाले पनि पाइल्स हुनसक्छ । धेरै गर्हौा वजन जबर्जस्ती उठाउादा शरीरको तल्लो भागमा दवाव पर्छ, जसका कारण तलको नसा फुटेर पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।
अधिक व्यायाम गर्नु
कतिपय मानिसलाई अधिक व्यायाम गर्नाले पनि पाइल्सको समस्या हुने गर्छ । शरीरको क्षमताभन्दा बढी व्यायाम गर्दा शरीरको तल्लो भागमा अधिक दवाव पर्छ र पाइल्स हुने सम्भावना बढ्छ ।
बाथरुममा धेरै बस्ने
बाथरुममा धेरै बेर बस्ने गर्नाले पाइल्स हुनसक्छ । विशेषगरी बाथरुममा धेरै बेर बसेर मल त्याग गर्दा धेरै जोर लगाउनु पर्छ । यसका कारण मलद्वारको नसा सुन्निने र पाइल्स हुने डर बढ्छ ।
जंकफुडको सेवन
बढी मात्रामा तेलयुक्त, अधिक वोसोयुक्त तथा जंकफुडको सेवनले पनि मल कडा हुने गर्छ । परिणामस्वरूप पाइल्सको समस्या निम्तनसक्छ ।
कब्जियत
कव्जियतका कारण पेटको फोहोर आन्द्रामै रहन्छ । आन्द्रामा फोहोर जमेमा उक्त फोहोरले मलद्वाराको नसामा असर पुर्याउाछ र उक्त नसा फुटेर पाइल्स हुने गर्छ ।
गर्भावस्था
गर्भावस्थाका कारण पनि कब्जियतको समस्या निम्तन्छ र कब्जियतका कारण पाइल्स हुने डर बढ्छ ।
निष्किय जीवनशैली
निष्किय जीवनशैली तथा व्यायामको कमीका कारण पाचन तन्त्र कमजोर हुन्छ । कमजोर पाचन तन्त्रका कारण खाना राम्ररी पच्दैन र मलत्याग गर्न समस्या हुने गर्छ । यसका कारण पनि पाइल्स हुनसक्छ ।
लुज मोसन
बारम्बार पखाला लागेमा, एकै दिनमा धेरै पटक दिसा गरेमा पनि मलद्वारको नसा कमजोर भई पाइल्स हुने सम्भावना वृद्धि हुन्छ ।