तरहरा सुनसरीमा जर्वरजस्ती करणी जस्तो जघन्य अपराधका घटना बढेको भन्दै घट्ना न्युनिकरणका लागी तीन महिने विशेष अभियान सुरु हुने भएको छ । बलत्कारका घट्ना जनचेतनाकै कारण बाहिर आएको भन्दै जनचेतनालाई थप शशस्त्त बनाउँन सुनसरीमा बलत्कार रोक्ने अभियान सुरु भएको हो । चालु आर्थिक बर्षको आठ महिनामा ३१ वटा जर्वरजस्तीका घटना र २१ वटा जर्वरजस्ती करणी उद्योगका घटना भएको छ । जिल्लामा विगतका बर्षका तुलनामा चालु आर्थिक बर्षमा एकपछि अर्को घटना हुने क्रम बढ्ेको भन्दै जिल्ला प्रहरी कार्यलय सुनसरीले अभियान चलाउँने भएको हो । उक्त अभियानलाई जिल्लाका १२ वटै स्थानीय तहका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी,जिल्ला सरकारी न्यायधिवक्ता कार्यालय, मानवअधिकारकर्मी, सामाजि संस्था सम्म पुराउँने जिल्ला प्रहरी कार्यलय सुनसरीका निमित्त प्रहरी प्रमुख नारायाण चिमरीयाले वताए । प्रहरी तथ्याङ्मा शुक्रबार,शनिबार र आइतबार जर्वरजस्ती करणीका घटना बढी भएका छन् । ‘शुक्रबार आधा छुट्टी हुने, शनिबार विदा हुने र कुनै बालबालिका साथी वा आफन्तको घर गएको अवस्थामा आइतबार मात्र घर फर्कने हुँदा बाबुआमाले कम खोजी गर्ने सातामा बढी तीन दिन घटना भएका छन्,’ डिएसपी चिमरियाले भने । आर्थिक बर्ष २०७२–०७३ मा जिल्लाभर ४९ वटा जर्वरजस्ती करणीका घटना भएका थिए भने २० वटा जर्वरजस्ती करणी उद्योगका घटना भएका थिए । यस्तै, आर्थिक बर्ष २०७३ ०७४ मा ५६ वटा जर्वरजस्ती करणी र १८ वटा जर्वरजस्ती करणी उद्योगका घटना भएको प्रहरीले प्रस्तुत गरेको तथ्याङ्कमा उल्लेख छ । जर्वरजस्ती करणीबाट पीडित भएका सवैभन्दा बढी १४ बर्षदेखि १६ बर्ष उमेर मसूहका छन् निमित्त प्रमुख चिमरीयाले भने । जनचेतना र मिडियाहरुको शशक्त भुमिकाका कारण अहिले बलत्कार बढेको जस्तो देखिन्छ इटहरीका डिएसपी सञ्जय राउतले भने । हामी वलत्कार रोक्ने अभियानमा छौ अहिले गाउँका तल्लो क्षेत्र सम्म जनचेतनाको कार्य अगाडी बढाउँन लाग्ने छौ उनले थपे । शहरी तथा गा्रमिण भेगामा समेत बलत्कारको घट्ना बढ्दै गएको देखिन्छ अझै जनचेतना भएको पाईएन त्यसलाई अझै ब्यापक बनाउँन हामी लागीरहेने छौ इटहरीका डिएसपी राउतले भने । अनुगमन समिति गठन बलत्करका घट्ना रोक्न र कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि जल्लास्तरीय कार्यक्रम अनुगमन एवम् समन्वय समिति समेत गठन भएको छ । अनुगमन तथा समन्वय गर्नका लागि महिला तथा बालबालिका कार्यालयकी प्रमुख निर्लजा चुडालको संयोजकत्वमा समिति बनेको छ। समितिमा इटहरी उपमहानगरपालिकाकाक उपप्रमुख लक्ष्मी गौतम, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत राजन पाण्डे, प्रहरी निरीक्षक कमल खत्री मानवअधिकारकर्मी रमेश भट्टराई, गैर सरकारी संस्थाकी शान्ति दनुवार र जिल्ला प्रहरी कार्यालय महिला सेल प्रमुख सई विनु बस्नेत छन् ।

कानुनमा के छ ? बलत्कारीलाई कानुनमा १० बर्षदेखिमाथि १४ बर्षमुनीका बालिकालाई बलात्कार गरेमा ८ बर्षदेखि १२ बर्षसम्म कैद सजाय हुनेछ । यस्तै, १४ बर्षदेखिमाथि १६ बर्षमुनीका बालिकालाई बलात्कार गरेमा ६ बर्षदेखि १० बर्षसम्म कैद सजाय हुनेछ । १६ बर्षदेखिमाथि २० बर्षमुनीको हकमा पाँच बर्षदेखि आठ बर्षसम्म र २० बर्षभन्दा माथिको महिलालाई बलात्कार गरेमा पाँच बर्षदेखि सात बर्षसम्म कैद सजाय हुनेछ । हाडनाता बलात्कारमा सवैभन्दा बढी सजाय आफूलाई जन्माउनेमाथि करणी गर्नेलाई जन्मकैद र एकै बाबुबाट जन्मिएका दिदीवहिनीलाई वा आफूले जन्माएको छोरीलाई गर्नेलाई दस बर्षसम्म कैद सजाय हुनेछ ।