धनकुटा ।  सुख्खायामलागेसंगै हरेक वर्ष खानेपानीको हाहाकार हुने छथरजोरपाटी गाउँपालिका वडा नं.२ मा पर्ने जोरापाटी वजारवासीले यसपालीभने गाउँपालिकाको सहयोगमा “डिप बोरिङ” गरेर खानेपानीनिकालेका छन् । जोरपाटी बजार खानेपानीउपभोक्ता समितिको पहल, बजारबासीको ४० प्रतिसतलगानी र छथरजोपाटी गाउँपालिकाको ६० प्रतिसतगरी २९ लाख रुपयाँलगानीमा ‘डिप बोरिङ’ गरेर खानेपानी योजना सञ्चालनगर्न लागिएको हो ।बषै अघिवाट खानेपानिको समस्याझल्दै आएकाजोरपाटीवासीले आफ्नै प्रयासमाजमिनमुनीको पानीलाई ‘डिप बोरिङ’ गरेर खानेपानी योजना सञ्चालनको तयारी गरेका हुन् । २३ सय ५० मिटरको उचाईमा रहेको जोरपाटी बजारमाखानेपानिको लागिउपयक्तमुहान फेलानपरेपछि बिकल्प स्वरुप ‘डिप बोरिङ’ प्रबिधिमार्फत खानेपानी योजना सञ्चालनगर्न लागिएको, स्थानियउपभोक्ता छत्रवहादुर लिम्बुले ब्लाष्टलाई वताएका छन् । उनले शर्मा करपोरेशन ड्रिलिङ कम्पनीजयपुर भारतकाप्राविधिकहरुलाईजमिनमुनीकोपानीलाई बाहिर निकाल्नजिम्मेवारी दिएको वताएकाछन् । शर्मा कम्पनीसंग वर्षौ देखी संयुक्त रुपमाकामगरिहेका रेश्मा डिप बोरिङ्ग एण्ड टुवेल उधोगकाकर्मचारी दिपक बरालले विगत १५/१६ वर्ष यता नेपालमा पहाडका टाकुरा छेडेर पानीनिकाल्नथालिएको वताए छन् । उनले १ सय २० देखी १ सय ५० मिटरसम्मगहिरो खने पछि पानी प्र्रयाप्तनिस्कने गरेको वताएका छन् । उनले २३ सय ५० मटिर उचाई रहेको जोरपाटीको डाँडामा १ सय ४० मिटर गहिरो खनेपछि पानीनिष्किएको वताए । बरालले प्रति सेकेण्ड ६ लिटर भन्दा वढी पानीनिस्कने वताएका छन् । बरालले हालसम्मइलामको फिकल, सिन्धुली, काभ्रेको तेमाल, काठमाण्डौं लगायतका स्थानमा यो प्रविधिप्रयोग गरेर निकालिएको पानीबर्षौ देखी संचालनमा रहेको वताएका छन् । जोरपाटी गुरासे खानेपानीउपभोक्ता समितिकाअध्यक्ष रामवहादुर राना मगरले खानेपानीनिकाल्नको लागी १ सय २५ वटा धाराकाउपभोक्ताहरुबाट ४० प्रतिसत रकम संकलनगरिएको वताए । बाँकी ६० प्रतिसत रकम छथरजोरपाटी गाउँपालिकाले लगानी गरेको छ । जोरपाटी वजारमाहालनाम्जाङ्ग र बोक्रे मुहानको पानी संकलन गरेर खानेपानी योजनासंचालनमाआईरहेको भएपनि सुख्खायाममापानिको हाहाकार हुने गरेको थियो । ‘डिप बोरिङ’ प्रबिधिबाट प्रतिसेकेन्ड ६ लिटर पानीनिकालिने भएको छ । तराईमाप्रचलनमा रहेको यो प्रबिधिपहाडमा भने पहिलो पटक धनकुटाको हिलेमाहिले खानेपानीउपभोक्ता समितिले एक वर्ष पहिले सञ्चालनल्याएकाथिए । यो वर्ष पनि धनकुटा नगरपालिकाको सहयोगमाहिले पुच्छर उत्तरपानीजाने वाटो नजिकै खानेपानीकालागी डिप वोरिङ्ग गरेर पानीनिकालिएको हिले खानेपानीउपभोक्तासमितिले जनाएकोछ । अधिकांशउपभोक्ताले पहाडको जमिन मुनीबाट निकालिएको खानेपानीकतिको दिगो हुन्छ त ?भन्ने विषयमा ब्लाष्टले जिज्ञासा राख्दाथाहानभएको वताउँदै आएपनिअन्य स्थानमा १५/१६ वर्ष देखी संचालनमाआईरहेकाले यहाँपनि चल्छ भन्नेमा ढुक्क रहेको वताउँ छन् । यताशर्मा ड्रिलिङ्ग कम्पनीकाइन्जिनियर हेमन्तशर्माले कम्तीमा ३० वर्षसम्मपानीनियमितआउने दावी गरेका छन् ।