विराटनगर/ देशभरीमा १ हजार २ सय ९४ वटा ईटा उद्योग रहेकामा २३ वटा इटा उद्योग मात्र बालश्रमुक्त राखेर सञ्चालनमा आएको पाइएको छ ।
बेटर ब्रीक नेपाल र ग्लोवल फेयरनेस इनिसियटिभले संयुक्त रुपमा गरेको सर्वेक्षण अनुसार देशको विभिन्न जिल्लाहरुमा ठूलो संख्यामा इटा उद्योगहरु रहेपनि थोरै उद्योग मात्र बालश्रमुक्त रहेर सञ्चालनमा आएको पाइएको हो ।
उक्त संस्थाले विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गरी नेपालको ४६ वटा जिल्लाहरुमा १ हजार २ सय ९४ वटा ईटा उद्योग सञ्चालन रहेको जानकारी दियो । जसमध्धे तराई क्षेत्रको जिल्लाहरुमा बढी इटा उद्योगहरु रहेका छन् । मोरङ करिब १८ वटा इटा उद्योग रहेकोमो एक वटा इटा उद्योगले मात्र बालश्रम मुक्त इटा उद्योगको रुपमा सञ्चालनमा आएकोे ग्लोवल फेयरनेस इनिसियटिभका राष्ट्रिय निर्देशक होमराज आचार्यले जानकारी दिए ।
मोरङको धनपालनथान गाउँपालिका – ६ मा हरेको आनन्द इटा उद्योगले मात्र बालश्रमुक्त इटा उद्योगको रुपमा सञ्चालन गरेको छ । आनन्दको ८ वटा इटा उद्योग रहेको भए पनि एक वटा उद्योगले मात्र गरेको छ भने क्रमशः अरु उद्योगले समेत बालश्रमुक्त उद्योग बनाउने आनन्त ईटा उद्ययोगका सञ्चालक दिलप बगडियाले प्रतिबद्धता जनाएको इनिसियटिभका निर्देशक आचार्यले बताए ।
त्यस्तै तनुहमा ३ वटा, गोर्खा, कपिलबस्तुलगायतको जिल्लाहरुमा १–१ वटा इटा उद्योगले बालश्रमुक्त उद्योगको रुपमा सञ्चालन गर्न सफल भएको छ । बेटर ब्रीक नेपाल र ग्लोवल फेयरनेस इनिसियटिभको संयुक्त रुपमा १४ जिल्लाको ४० वटा ईटा उद्योगमा ‘बालश्रमुक्त र श्रम शोषण मुक्त’ अभियान सुरु गरेको जानकारी दिए । १० लाखले प्रत्यक्ष, अप्रत्यक्ष रुपमा इटा उद्योगमा रोजगारी पाएको ३२ हजार बालश्रमीकको इटा उद्योगमा श्रम गर्दै आएको बेटर ब्रीक नेपाल र ग्लोवल फेयरनेस इनिसियटिभल सर्वे गरेको तथ्याङमा उल्लेखछ ।
प्रदेश ३ को अस्थायी राजधानी हेटौडाबाट सुरु भएको यो अभियान अहिले प्रदेश १ को अस्थायी राजधानीमा आइपुगेको आचार्यको भनाई छ । उनका अनुसार अब पोखरा र काठमाण्डौमा यस्तो अभियान सुरु गर्ने जानकारी दिए । उनले इट्टा उद्योगमा परिवर्तन ल्याउन अभियान सुरु गरेको बताए । ‘लामो सयमको रिर्सच पछि इटा उद्योग धेरै समस्या देखे,’ उनले भने, ‘उद्योगमा बालश्रमको प्रयोग, श्रमको शोषण हटाउन र इटा उद्योगलाई सामाजिक रुपमा जिम्मेवार बनाउन यस संस्था लागि पर्नेछ ।’ उनले राम्रो काम गर्ने उद्योगलाई प्रोसान गर्ने निती सरकारले ल्याउनुपर्ने बताए ।
यस संस्थाले इटा उद्योगहरुमा ‘व्रिज स्कूल’ अभियान समेत सुरु गरेको छ । ‘व्रिज स्कूल’ परियोजना अन्तर्गत इटा उद्योग काम गर्ने कामदारका छोराछोरी अध्ययन गर्न विद्यालय सञ्चालन गरेको बेटर ब्रीक नेपालका निर्देशक डिल्ली राम गिरीले जानकारी दिए । उनका अनुसार मोरङको धनपालथान गाउँपालिकमा रहेको आनन्द इटा उद्योग परिसर भित्र विद्यालय सञ्चालनमा ल्याएको जानकारी दिए । उद्योग परिसर भित्र २ वटा कक्षा सञ्चालन छ । जसमा १ सय ५४ जना विद्यार्थीहरु अध्ययरत रहेको बेटर ब्रीक नेपालले जनाएको छ ।