हड्डी खोक्रो हुने रोग अर्थात ओस्टेपोरोसिस । मानिसको उमेर छिप्पिदैँ जाँदा हड्डीमा देखिने कमजोरीपना, जो आफ्नै शरीरको वजन तथा साधारण चोट पटकले हड्डी भाचिने अवस्था सम्म पुग्नसक्छ । यो रोग महिला तथा पुरुष दुवैमा देखिन्छ । तर बढी मात्रामा महिलालाई हुन्छ ।
अझ पुरुषको तुलनामा महिलालाई कम उमेर देखि नै सताउँछ । अर्थात पुरुषहरुलाई ७० बर्ष उमेर नाघेपछि देखिने यो समस्या महिलामा भने ५५ बर्ष कट्दा नकटदै देखिन्छ । हड्डी खिइने रोगको कहाँ देखिन्छ र कसरी देखिन्छ ? यो समस्या बढी मात्रामा मेरुदण्ड तथा जोर्नी हरु नजिकको हड्डीहरुमा देखिन्छ । यस्तो समस्यामा देखिनुको कारण हाम्रो शरीरमा नियमित रुपमा नयाँ हड्डी निर्माण भईरहेको हुन्छ र त्यसले पुरानो हड्डीलाई प्रतिस्थापन गर्दै जाँन्छ ।
[caption id="attachment_80066" align="alignleft" width="371"] डा.रोसन प्रसाद कलवार[/caption]
युवा तथा किशोर उमेरमा योक्रम छिटो छिटो हुन्छ तर उमेर ढल्केसगै हड्डी विकास हुने क्रम पनि घटदै जान्छ । अन्तत बुढेसकाल लाग्न थालेपछि नयाँ उत्पादनदर कम हुन थालेपछि पुरानो हड्डी रहिरहन्छ । फलस्वरुप पुरानो हड्डी कमजोर हुन थाल्छ । त्यसपछि हड्डी कमजोर हुने र खिइने प्रक्रिया सुरु हुन्छ । के हुन्छ लक्षण ? यो रोगमा सुरुमै खासै लक्षण देखिदैन । तर हाड खिइन थालेपछि भने ढाड दुख्ने, नशा च्यापिने, रिगाँटा लाग्ने आदि हुन्छ । मेरुदण्डको हड्डी धसेर उचाई घटदै जान्छ ।
मर्के जस्तो ठानिएकोमा हड्डी सजिलै भाचिन थाल्छ । पाकाहरु लाइ स्याहार गर्दा, सुतेको ठाँउमा कर्वट फेर्दा पनि हड्डी भचिने हुन्छ। कति उमेरका कस्ता व्यक्तिलाई हुनसक्छ यो समस्या ? माथि नै पनि उल्लेख गरिसकिएको छ । यो पाका उमेरका व्यक्तिलाई लाग्ने रोग हो । महिला तथा पुरुष दुवैलाई हुन्छ । तर महिलालाई यो अलि बढी र छिटो पनि लाग्छ ।
तर पुरुषलाई अलि कम र अलि ढिलो पनि लाग्नसक्छ । रिचर्सहरुले के देखाएको छ भने महिलाहरुलाई बढी मात्रामा ५५ बर्ष उमेर कटेपछि र पुरुषहरुलाई ७० कटेपछि समस्या देखिन थाल्छ । महिलामा छिटो समस्या हुनुको कारण के हो ? महिलाहरुलाई छिटै देखिनुको कारण उनीहरुको महिनावारी सुक्ने बेलामा जीउमा हर्मोनको असन्तुलन हुन्छ ।
किनभने त्यतिवेला एस्ट्रोजिनहरु कम भएर जान्छ । यसैले गर्दा ५० उमेर नाघेका महिलाहरुलाई यो समस्या हुन सक्छ । अर्को भनेको थाइराइड हार्मोन बढी भएको व्यक्ति, प्याराथाईराइड एड्रानाल ग्लाण्डहरुको समस्या बढी भएको व्यक्ति, अर्थात हार्मोनको गडबढी भयो भने त्यो छिटो हुनसक्छ । मोटोपन आल्स्य व्यक्तिहरु मा पनि यो समस्या हुन्छ ।
कसरी जोगिने ? हड्डी स्वस्थ र बलियो बनाउनुपरयो । पोशिलो खाने कुरा तथा क्याल्सियम तत्व हुने खाद्यपदार्थ जस्तै दुध, फलफुल सागसव्जी माछामासु प्रसस्त खानुपरयो । यसबाट क्याल्सियम पाइन्छ हड्डी बलियो हुन्छ । १८ देखि ५० बर्ष उमेरका महिला तथा पुरुषलाई प्रतिदिन १ हजार मिलीग्राम क्याल्सियम चाहिन्छ ।
सो भन्दा बढी उमेरका व्यक्तिलाई १ हजार २ सय मिलीग्राम क्याल्सियम चाहिन्छ । गर्भवती तथा स्तनपान गराउनु पर्ने अवस्थामा अझ बढी क्यल्सियम को आव्श्यक्ता हुन्छ । भिटामिन डी खान दिनुपरयो । भिटामिन डीले क्याल्सिसयम सोस्न मद्दत गर्छ । भिटामिन डी सकृय हुन घाम को जरुरत हुन्छ । विदेशतिर सरकारले भिटामिन डी दुधमै मिसाएर पठाउछ ।
तर हाम्रोमा त्यो सबै सुविधा छैन । त्यसैले बिहानको हल्का घाम तापेर भिटामिन डी सकृय गर्न जरुरी छ । हड्डी कमजोर हुनबाट जोगाउँन बजारमा विभिन्न औषधिहरु आएका छन् । कोही खान मिल्ने र कोही सुईबाट दिन मिल्ने हुन्छ । तर ती सबै विशेषज्ञ चिकित्सकको सल्लाहमा लिन मिल्छ । नियमित शारीरिक व्यायम गर्नुपरयो । जति व्यायम गरयो उती नै बढी हड्डी बलियो हुन्छ । धूमपान तथा मध्यपान गर्नु भएन । यसले हड्डी कमजोर त गराउँछ नै कहिलेकाँही दुर्घटनासमेत निम्त्याउँछ ।
कसरी थाह पाँउने ? हड्डी कमजोर भएपछि समस्या देखापर्छ त्यसपछि परीक्षण गर्दा थाह भइहाल्छ । तर त्यो भन्दा अघि नै थाह पायो भने समस्या नहुँदै उपचार गर्न सकिन्छ । अहिले हड्डी कमजोर छ छैन भनेर हड्डीको एक्स-रे तथा स्क्यान गर्ने मेसिन ‘डेक्सास्क्यान’ गरेर थाहा पाउन सकिन्छ । डेक्सास्क्यानले हड्डी को खोक्रो पना सुरुमै पत्ता लगाउन सक्छ । यो मेसिन हामीकहाँ पनि उपलव्ध छ । महिलाहरुले ५५ बर्ष कटेपछि परीक्षण गर्न मिल्छ पुरुषहरुले ७० कटेपछि परीक्षण गर्न मिल्छ । यसले हड्डी कतिको खोक्रो भएको छ भनेर थाहा दिन्छ । हड्डी खोक्रो रहेछ भने त्यहि अनुसार उपचार गर्न सकिन्छ ।
(डा.कलवार सँग ब्लाष्टकर्मि योगेशबाबु काफ्लेले गरेको कुराकानीमा आधारित ।)