अस्पताल भित्रको फोहोर ब्यबस्थापनको जिम्मा मेरो हैन–ठेकेदार सबै फोहोर ब्यबस्थापन गर्ने जिम्मा ठेकदारको हो,उसैले गर्नु पर्छ–उपकुलपती विजयपुर/धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको ब्यबस्थापन र ठेकेदारको ‘सेटिङ’का कारण प्रतिष्ठानकाे बार्षिक करिब २ करोड रुपैया उपलब्धि बिहीन भएको छ । प्रतिष्ठानले फोहोर ब्यबस्थापनकालागि बार्षिक रुपमा खर्च गर्दै आएको करिब २ करोड रुपैया उपलब्धि बिहिन भएकोे हो । अहिले प्रतिष्ठानको फोहोर ब्यबस्थापनको ठेक्का पाएको अप्पु श्री इन्टरप्राईजेज प्रालीले अस्पतालबाट संकलित फोहोर जथाभाबी फाल्ने गरेका कारण ‘संक्रमण’ फैलन सक्ने खतरा बढेको छ । भिडियाे ‘ठेकेदारले बार्षिक २ करोड रुपैया भुक्तिनी लिएर काम चै के गर्छ ?यो खोजी हुनु पर्छ’ फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्टका प्रबक्ता धिरेन लिम्बुले भने ‘यो प्राणी जगतको स्वास्थ्य र वातावरण र बन क्षेत्रप्रति गरिएको खेलवाड हो ।’ अस्पताल क्षेत्रबाट निस्कने फोहोरलाई ब्यबस्थापन गर्ने नियम छ,मापदण्ड छ त्यो अनुसार फोहोरको ब्यबस्थापन हुनु पर्छ उनले भने तर प्रतिष्ठानको फोहोर ब्यबस्थापनमा चरम भ्रष्टचार र लार्पवाही भएको अनुमान गर्न सकिन्छ । अहिले अस्पताल ब्यबस्थापनको लार्पवाहिका कारण अहिले सर्वसाधरण र प्रतिस्ठानका डाक्टर,शिक्षक तथा कर्मचारीले सास्ती खेप्नु परेको छ । प्रतिष्ठानबाट निस्कने फोहोर प्रतिष्ठानको आवासगृह हरु भएको ठाउबाट करिब २ सय मिटर ठाढा रहेको बन क्षेत्रमा फाल्ने तथा जलाउने गरेका कारण अहिले सर्वसाधरण सहित प्रतिष्ठानका कर्मचारीले सास्ती खेप्नु परेको छ ।प्रतिष्ठानका रजिष्टार तुलबहादुर श्रेष्ठले फोहोर ब्यबस्थापनका लागि प्रतिष्ठानले पहल गरिरहेको बताए । ‘धरान उपमहानगरपालिकासँग मिलेरपनि फोहोर ब्यबस्थापन गर्न सकिने बिषयमा हामी छफलफ गरि रहेका छौ रजिष्टार श्रेष्ठले भने । प्रतिष्ठानको आफ्नै स्वामित्वमा रहेको जङगल क्षेत्रमा फालिएको फोहोरका कारण अन्य सिमाना जोडिएका उदय सामुदायीक बन र हरियाली सामुदायीक बनलाई समेत यसको असर पर्न थालेको छ । वीपी प्रतिष्ठानमा दैनिक हुने ८० देखि ९० वटा अप्रेसनको संक्रमण जन्य फोहोरहरु सोही जङगलमा फाल्ने गरेको पाईएको छ । यो फोहारबाट खतरनाक रोगहरुको संक्रमण हुन सक्ने खतरा रहेको चिकित्सकहरु बताउछन् । ‘हामीले अस्पताल प्रशासनर्लाइ कयौ पटक फोहोर ब्यबस्थापनका लागि आग्रह गरि सकेका छौ तर अस्पताल प्रशासनले यसमा चासो दिएको छैन’प्रतिष्ठानका डाक्टर रोशन प्रसाद कलवारले भने ‘यो शैलि निकै लार्पवाही पुर्ण छ । प्रतिष्ठानको फोहोर ब्यबस्थापन गर्ने आफ्नो ‘इन्सीनेटर’छ तर यसको प्रयोग भएको छैन ।भएको इन्सिनेटर निकै पुरानो भएका कारण नियमित कार्य हुन नसकेको कर्मचारीहरु बताउछन् । प्रतिष्ठानले यसको मर्मत गर्ने वा नयाँ खरिद गर्ने तर्फ कुनै पहल गरेको छैन जसको कारण मानब स्वास्थ्य र जंगल क्षेत्र जोखिममा छ । नियमतः अस्पतालबाट निस्कने फोहोर अस्पताल स्वयमले ब्यबस्थापन गर्नु पर्ने हुन्छ । जानकारहरुका अनुसार अस्पताल जन्य फोहोरमा संक्रमणको जोखिम उच्च हुने भएकाले यसलाई खुल्ला ठाउमा फाल्नु वा राख्नु हुदैन ।प्रतिष्ठानको फोहोर ब्यबस्थापन को जिम्मा पाएको अप्पु श्री इन्टरप्राईजेजका सञ्चालक गोपाल श्रेष्ठले प्रतिष्ठानसँग भएको सम्झौता अनुसार नै आफुहरुले काम गरिरहेको बताए । अस्पताल भित्रबाट निस्कने फोहोर ब्यबस्थापन गर्ने जिम्मा हाम्रो हैन,अस्पतालकै हो ठेकदार श्रेष्ठले भने‘अस्पताल बाहिरको फोहार प्रतिष्ठानले देखाएको ठाउमा हामीले फालेका छौ ।प्रतिष्ठान र हामीबिच भएको सम्झौता अनुसार काम भएको छ,यदि हामीले गरेको काम मा प्रतिष्ठानले प्रश्न उठाउछ भने हामी जवाफ दिन तयार छौ ठेकदार श्रेष्ठले भने । आफुहरुले फोहोर जलाउने र जथाभाबी फाल्ने कार्य नगरेको दावी गर्दै उनले अहिले फोहोर फाल्ने गरेको स्थान प्रतिष्ठानले नै उपलब्ध गराएको बताए ।उनले अहिले दैनिक १५ ट्याक्टर फोहोर उक्त स्थानमा ब्यबस्थापन गर्ने गरिएको बताए । अस्पताल सँग सेटिङ भएको भन्ने कुरामा कुनै सत्यता छैन,हामीले गरेको कामको विवरण देखाउन हामीलाई समस्या छैन उनले भने ।उनले बार्षिक करिब १ करोड ६५ लाखको ठेक्का आफुले पाएको बताए । उता वीपी कोइराला स्वास्थ्य विज्ञान प्रष्ठिानका उपकुलपती प्राडा राजकुमार रौनियारले अस्पतालको सबै फोहोर ब्यबस्थापन गर्ने जिम्मा ठेकेदारको भएको बताए । ठेकेदारलाई फोहोर ब्यबस्थापन गर्न नै हामीले भुक्तानी गर्ने हो सबै फोहोर उसैले ब्यबस्थापन गर्नु पर्छ उपकुलपती रौनियारले भने ।बाकी कुरा रजिष्टारलाई सोध्नु होला उनले भने ।