धनकुटा । जिल्ला सदरमुकाम धनकुटा वजारको मुटुमा रहेको राष्ट्रिय सल्लेरी वनको वैज्ञानिक बन व्यावस्थापनगर्ने क्रममा यस वर्ष ४९ वटा सल्लाका रुख काटिने भएका छन् । सल्लेरी वनव्यावस्थापनकावारेमाजानकारी गराउनजिल्लावन क्षेत्र समन्वय समिति डिएफसिसिले शुक्रवार विहानआयोजना गरेको कार्यक्रममा यस्तो जानकारी दिइएको हो । दिगो वैज्ञानिक वनव्यावस्तापनकावारेमाहालसम्म भैरहेका प्रगतीकावारेमाजानकारी गराउँदै जिल्लावन क्षेत्र समन्वय समितिका सदस्य सचिवएवं जिल्लावनअधिकृत कृष्ण प्रसाद वस्तीले धनकुटा जिल्लामाकुलवन क्षेत्रको ३८ हजार ३ सय ५५ हेक्टरमा ४२.८४ प्रतिसतवन क्षेत्र रहेको वताए । वस्तीले धनकुटा जिल्लामा ३ सय ८६ वटा सामुदायिकवनहरु, निजिवनहरु ५६ वटा र धामिर्कवन २ वटा र जिल्लाको एउटै मात्र ४३.७३ हेक्टर क्षेत्रफलभएको राष्ट्रिय वन धनकुटाको सल्लेरी वन रहेको वताए । सल्लेरी वनलाई अघिल्लो वर्ष देखी वैज्ञानिक वनव्यावस्थापनगर्ने क्रममा १ वटा अपार्टमेन्टलाई ४ सेक्टरमाविभाजनगरि १० वर्ष भित्रमा सम्पन्नगर्ने गरि कार्य थालिनीगरिएको प्रमुख वस्तीले स्पष्ट पारेका छन् । उनले आ.व.०७४÷०७५ मादाउरा सहित ८४ लाख, १५ हजार मुल्य वरावरका जम्मा ४९ वटा सल्लाका रुख काटानको कार्य भैरहेको जानकारी गराए । सल्लेरी वनकाअधिकांश रुख पुरानो भएको कारण जोखिम वढेकाले सल्लेरी वनलाई व्यावस्थापनगर्न ०६१ साल देखी शुरु गरिए पनि ०७३ साल देखीकार्यन्वयनगर्न थालिएको वताए । साथै, उनले वन क्षेत्रको अवस्थावारे जानकारी गराउँदै सल्लेरी वनको उत्पादनशिलताको हिसावले ३९.३६ हेक्टर रहेकोमाजसमा १ सय ३० वर्ष उमेरमाप्रति हेक्टर १ सय ५० वटा सल्लाका ठूला ठूलो रुख रहेको पनिजानकारी दिए । सल्लेरी वनभित्र ९२ प्रतिशतखोटेसल्लो र ८ प्रतिसतमात्रअन्यप्रजातिकावोट विरुवा रहेको वताइएको छ । कार्यक्रममावोल्ने अधिकांश सहभागीले धनकुटाको सल्लेरी वनमध्य पहाडी क्षेत्रको वनव्यावस्थापनअभ्यासको विस्तारमा सहयोग पुग्ने आशा गरेका छन् । यो वर्ष काटिने ४९ वटा रुखले केन्द्र सरकारलाई ६,५,६८.४८ क्यु फिट काठ र दाउरा ६.१४८ चट्टाको प्राप्तहुने मुल्य ८४ लाख, १५ हजारको निश्चितअंश स्थानीय सरकारमा राख्नपनि सहभागीले माग गरेका छन् । उनीहरुले रुख काटन गर्दा सरोकारवालाहरुलाई अग्रिमजानकारी गराएर स्थलगत रुपमाअनुगमनएवं निरिक्षण गरेर मात्र रुख काट्न पनि सुझावदिएका छन् । धनकुटा जिल्लामा ४३ वटा सल्लाका प्र्रजातिभएका सामुदायिकवन रहेकोले तिनको व्यावस्थापनमा छुट्टै खालको दिगो वनव्यावस्थापनका योजनावनाउनु पर्ने पनि सुझाव सहभागीले दिएका छन् । त्यस्ताखाले वनको व्यावस्थापनगर्दा वानयाँविरुवालगाउँदापानी सोस्ने खाल्को विरुवालगाउनु पर्नेमाउनीहरुको जोड थियो । जिल्लावन क्षेत्र समन्वय समितिकाअध्यक्षएवं जिल्ला समन्वय समितिकाप्रमुख टंक चुहानको अध्यक्षतामा सम्पन्नकार्यक्रममाप्रमुखजिल्लाअधिकारी प्रेम प्रकास उप्रेती, जिल्लावार धनकुटाका अध्यक्षआनन्द सन्तोषी राई, माओवादी नेतातिलक प्रसाद राई, आदिवासीजनजातिमहासंघ धनकुटाका अध्यक्ष सन्जय सन्तोषी राई, नागरिक समाज धनकुटाका अध्यक्षद्रोर्ण प्रसाद गुराँगाई लगायतले आ–आफ्नो धारणा राखेका थिए । तस्विर नं.२ र ३÷ कार्यक्रममा सहभागीअन्य सरोकारवालाहरु तस्विर÷सन्तवीर लामा÷ब्लाष्ट