विजयपुर । मोरङको केराबारी देखि सिंहदेबी जोड्ने १२ किलोमिटर सडक निर्माणका क्रममा ठेकेदार र प्राबिधिकहरुले मनोमानी ढङगले काम गरेको पाइएको छ । ठेकेदार कम्पनी गिताञ्जली कन्टक्सनले सडक निर्माण गर्दा सडकको ड्रेन आफुहरुको खेतियोग्य जमिनमा हालिदिएको भन्दै स्थानिय आक्रोशित भएका छन् । ठेकेदार र प्राबिधिकहरुले सडकको ड्रेन सर्वधारणको नम्बरी जग्गा र घरमा पुग्ने गरि ड्रेन बनाएका छन् । केराबारी सिंहदेवी सडकखण्डको साई डाँडामा निर्माण गरिएका डे«न सर्वधारणका जग्गामा छाडिएपछि खेतियोग्य जमिन र घरहरु जोखिमा परेका छन् ।स्थानिय जग्गाधनि राजु भण्डारीले ठेकेदार र जिल्ला समन्वय समितीका प्राबिधिकहरुको मिलेमतोमा सडकको ड्रेन आफुहरुको निजी घर तथा जग्गामा छोडेर आफुहरुलाई विस्थापित गर्न खोजेको आरोप लगाए ।
यो ड्रेन तत्काल ब्यबस्थित नगरिए हामी आन्दोलन गछौ उनले भने ‘कमिसनको लोभमा हाम्रो खतियोग्य जमिन र बास बस्ने घरमा ड्रेन हाल्न पाईदैन ।ड्रेनका कारण बर्खाको बेला पहिरोको जोखिम बढेको उनले बताए । यो ड्रेन तत्काल ब्यबस्थित भएन भने हामी गाउलेहरुले संघर्ष गर्नुको बिकल्प छैन भण्डारीले भने ।स्थानिय जग्गाधनि कुमार तामाङले पनि ठेकेदार र सरकारी प्राबिधिकहरुले मनपरि गरेको बताए । तामाङ टोलमा निजी जग्गा र घर तिर नै सोझ्याएर ड्रेन बनाउदा आफुहरु विस्थापित हुने खतरा रहेको उनको भनाई छ । खेतियोग्य जमिनमा ड्रेन खसाउनु जायज नभएको भन्दै उनले ठेकेदार र जिल्ला समन्वय समितीले तत्काल ड्रेन ब्यबस्थित गर्नु पर्ने बताए । गाउलेहरु त्यति बोल्न नजान्ने र सोझा भएको फाईदा उठाउदै ठेकेदार र प्राबिधिकहरुले कमिसन खान यस्तो गरेको उनको भनाई छ । ड्रेनको ब्यबस्थापन नगरिए गाउलेहरु आन्दोलनमा उत्रने उनको भनाई छ । बर्खा अगाडी नै ड्रेनलाई ब्यबस्थित गर्न उनले माग गरे जिल्ला समन्वय समिती र ठेकेदार कम्पिनी बिच आर्थिक वर्ष २०७१÷०७२ को असार मसान्तदेखी चार वर्षको समय अवधिमा कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो । तर ठेकेदार कम्पनीको सुस्तताले समयमा निर्माणकार्य सम्पन्न नभएपछि सात महिनाको म्याथ थप गरिएको थियो ।उक्त सम्झौता चालु आर्थिक वर्षको वैशाख मसान्तमा सकिदै छ ।उक्त सडकका लागि भ्याट बाहेक १६ करोड ६८ लाख निर्माण सम्पन्न गर्ने सम्झौता भएको जिल्ला समवन्य समिति मोरङका इन्जिनियर श्रवण चौधरीले जानकारी दिए । उनले सर्वसाधरणलाई समस्याहुने गरि कुनैपनि निर्माण कार्य नहुने भन्दै त्यस्तो भेटिए समस्या समाधान गरिने बताए । केही दिन अगाडी म आफै त्यो सडक हेर्न गएको थिएँ तर त्यस्तो समस्या भएको जानकारी पाएको थिइन,इन्जीनियर चौधरीले भने यदि यस्तो समस्या रहेछ भने म त्यस्तलाई हेर्छु । जिल्ला समन्वय समितीबाट उक्त आयोजना हेर्न तोकिएका सुपरभाईजर शिबशंकर चौधरीले भने स्थानियसँग छलफल गरेर नै ड्रेन बनाइएको बताए । कतैबाट बिरोध आएको थिएन,स्थानिय सँग सल्लाह गरेर नै ड्रेन बनाइएको हो उनले भने ।मोरङका जिल्ला समन्वय समितीका सभापती नरेश पोख्रेलले खेतियोग्य जमिनमा सडकको ड्रेन छोड्न नमिल्ने बतए । यो बिषयमा के भएको रहेछ म जानकारी लिन्छु उनले भने ।